Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सुन्दर महानगर बनाउने माओवादी केन्द्रको प्रतिबद्धता

\"\"काठमाडौ, २५ वैशाख । ललितपुर महानगरपालिकामा नेकपा ९माओवादी केन्द्र०का तर्फबाट नगरप्रमुख र उपप्रमुखका उम्मेदवारले प्रचारप्रसारको क्रमलाई तीव्र पारेसँगै आफ्नो प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेका छन् । माओवादीका तर्फबाट नगरप्रमुखका उम्मेदवार दिनेश महर्जनले स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा प्रमुख जोड दिने बताउनुभयो । उहाँले ललितपुरका विभिन्न स्थानमा १५ श्ययाको अस्पताल बनाउने र निःशुल्क उपचारको प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विपन्न परिवारका बालबालिकालाई निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्ने, खानेपानीको समस्या समाधान गर्ने, व्यवस्थित सहरीकरण, सफा र सुन्दर शहर बनाउनेलगायत आफनो योजना रहेको बताउनुभयो । “ललितपुर महानगरलाई पाँच वर्षभित्रमा ठूलो परिवर्तन गर्छौं”, उहाँले भन्नुभयो, “जसको नीति उसकै नेतृत्व भन्ने एजेन्डाका साथ जनतामाझ गएका छौँ,” महर्जनले भन्नुभयो । ललितपुर महानगरभित्र जातीय छुवाछूत, सामाजिक विभेदको अन्त्य गर्ने योजना रहेको भन्दै उहाँले ऐतिहासिक ललितपुर, पाटन तथा अन्य क्षेत्रको एकीकृत विकास गर्ने योजना रहेको बताउनुभयो । भौतिक पूर्वाधार निर्माणमा जोड दिएको माओवादी केन्द्रले पहिलो पटक उपमहानगरबाट महानगरमा प्रवेश गरेको ललितपुरलाई व्यवस्थित बनाउनु नै पहिलो सर्त रहेको महर्जनको भनाइ छ । महानगरभित्र उचित ढल निकासको प्रबन्ध गर्ने, जमिनमुनिको पानीको उचित प्रयोग गर्दै रिचार्ज गर्ने प्रणालीको विकास गर्ने, फोहोरबाट बिजुली ग्यास निकाल्ने र कम्पोस्ट मल कारखाना स्थापना गरी कृषि क्षेत्रको विकासमा जोड दिने महर्जनका योजना छन् । यस्तै ढलको पानी प्रशोधन गरेर मात्रै नदीमा खसाल्ने प्रणालीको विकास गरिने प्रतिबद्धतामा उल्लेख गरिएको छ । ललितपुर महानगरपालिकालाई पूर्णरुपमा स्मार्ट सिटी बनाउने आफ्नो पार्टीको योजना रहेको महर्जनले बताउनुभयो । ललितपुर धुलोमैलोमुक्त, फोहोरमैलामुक्त बनाउने योजना अगाडि सारिएको छ । महानगरमा निःशुल्क वाइफाईको व्यवस्था तथा ज्येष्ठ र गरिबीको रेखामुनि रहेका नागरिकलाई जीविकोपार्जन गर्नसक्ने गरी आजीवन भत्ताको व्यवस्था गरिने महर्जनले जानकारी दिनुभयो । स्वास्थ्य सेवा आम नागरिकलाई सहज एवम् सर्वसुलभ बनाउने, महिला तथा युवालाई स्वरोजगारका लागि अभिप्रेरित गर्ने, निःशुल्क तालिम तथा अन्य सीपमूलक प्रविधि हस्तान्तरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । यस्तै उपप्रमुखका उम्मेदवार हसिना शाक्यले अन्य राजनीतिक दलको भन्दा आफ्नो पार्टीको व्यावहारिक र वस्तुनिष्ठ योजना अगाडि सारिएको बताउनुभयो । “हामीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना अगाडि सारेका छौँ । सरकारले अगाडि सारेको उज्यालो नेपालको अभियानलाई थप व्यावहारिक रुपमा अगाडि बढाउनेतर्फ नै हामी केन्द्रित छौँ,” उहाँले भन्नुभयो । अत्यधुनिक सिटी हल निर्माण गर्ने, सबै वडाका मुख्य स्थानलाई वाइफाई जोन बनाउने, युवाका लागि स्वरोजगार कार्यक्रम ल्याउने, सुरक्षाका लागि चोकचोकमा सिसी क्यामरा जडान गर्ने, खोलानाला सफाइ तथा पार्क निर्माण गर्ने, बालबालिका र वृद्धवृद्धाका लागि मनोरञ्जनस्थल निर्माण गर्नेजस्ता योजना माओवादी केन्द्रका उम्मेदवारले अगाडि सारेका छन् । ललितपुर महानगरका लागि कुल १६७ जनप्रतिनिधि चयन हुनेछन् । त्यसका लागि २६० मतदान केन्द्र तोकिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending