Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

चर्चा मिडियामाः अमानसिं अगाडि !

\"\"सिन्धुपाल्चोक, २७ वैशाख । मिडियामा अन्तर्वार्ता र प्रोइफाइल दिन भ्याइ नभ्याइ छ । विहानीको झिसमिसेमै होस या मध्येराति नै किन नहोस । अनि मतदातासँग भेटघाट गर्दै होस या रात्रीको समयमा उनको मोबाइलमा घण्टी बजिहाल्छ अनि प्रश्नको ओइरो नै लाग्ने गर्छ । मतदातासँग एजेण्डासहित मत नि माग्ने कि अन्तर्वार्ता नि दिने, समय मिलाउन गाह्रो परेको छ – माओवादी केन्द्रबाट चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर पदका उम्मेदवार अमानसिं तामाङलाई । हुन पनि जिल्लाबाट प्रकाशित कुनै पनि पत्रपत्रिका उनको प्रोफाइल र अन्तरर्वार्ताबाट अछुतो छैनन् । जिल्लाबाट प्रकाशित हुने साप्ताहिक पत्रपत्रिका, दैनिक मात्र हैन अनलाइन खबरपत्रिका र विद्युतीय सञ्चार माध्यमको पहिलो रोजाइ तामाङ हुने गरेका छन् । अरु पार्टीको मेयर उम्मेदवार भन्दा ढिला उम्मेद्वारको रुपमा चयन भएका तामाङ ‘नोमिनेशन’ दर्ताको साँझदेखि नै मिडियामा व्याप्त छन् । माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका तामाङले छुटाछुटै पत्रिकामा पाँच पटक भन्दा बढी त अन्तर्वार्ता नै दिइसके । हरेक पत्रिकाले उनको राजनीतिक र सामाजिक प्रोफाइल प्रकाशन गर्दै आएको छ । एमाले, कांग्रेस, राप्रपालगायत अन्य उम्मेदवार भन्दा तामाङ बढी मिडियामा छाउनुमा उनीसँग १० बर्षे जनयुद्धको एउटा आन्दोलन त जोडिएको छ नै, त्यसपश्चात पनि उनी अन्य उम्मेदवारको तुलनामा स्वच्छ छविका छन् । जनताको काम गर्नमा कुनै पार्टीको छाप नलगाउने खुबीकै कारण चौतारा–साँगाचोकगढी नगरपालिकामा रुचाइएको उम्मेदवारमध्ये अग्रस्थानमा तामाङ छन् । जिल्लाबाट एक दैनिक र ९ वटा साप्ताहिक प्रकाशन हुँदै आएको छ । त्यस्तै पाँच रेडियो प्रशारणमा छ । सबैखाले मिडिया कुनै न कुनै दलसँग निकट रहेको छ । यसअघिका निर्वाचनहरुमा आफू निकट दलका उम्मेदवारका मात्र चर्चा गर्ने पत्रपत्रिकाहरुले यो स्थानीय तहको निर्वाचनमा भने तामाङको खुलेरै चर्चा गरेको पाइन्छ । माओवादी केन्द्रसँग निकट मानिने पत्रपत्रिका मात्र हैन, कांग्रेस, एमाले दलसँग निकट मानिएका पत्रपत्रिका पनि तामाङका पक्षमा खुलेरै लागेका छन् । ‘हाम्रालाई हैन राम्रालाई चुनौं’ भन्ने व्यापक आवाज उठिरहेको बेलामा मिडियामा तामाङको मात्र चर्चा हुनुले निश्चय पनि तामाङ राम्रो उम्मेदवार भएको प्रमाणित गर्दछ । मिडियाले तामाङको पक्षमा यसरी साथ दिनु भनेको तामाङको जीत सुनिश्चित हुनु मात्र हैन, तामाङको राजनीतिक, सामाजिक, बौद्धिक र कार्य क्षमताको पनि सम्मान गरेको हो नेकपा (माओवादी केन्द्र)चौतारा साँगाचोकगढीका इञ्चार्ज युवराज दुलाल शरदले खबरडबलीसँग भने । दुलालले माओवादीप्रति जनताको विश्वास बढेका कारण पनि मिडियाले सकारात्क भूमिका खेलेको दावी गरे । यस विषयमा जिल्लाबाट प्रकाशित हुने ओखरेनी साप्ताहिकका समाचार संयोजक किशोर बुढाथोकीले पत्रकारले आफ्नो कर्म र धर्म निर्वाह गरेको घुमाउरो उत्तर दिए । नगरपालिकाका उपमेयर उम्मेदवार जानुका पराजुलीको चर्चा पनि कम चुलिएको छैन । तीन नगरपालिका र ९ गाउँपालिका रहेको जिल्लामा उपप्रमुख उम्मेदवार मध्य पराजुलीकै चर्चा पत्रपत्रिकाले गरेको पाइन्छ । मतदातसँगको भेटघाट पश्चात बाँकी समय मिडियाको अनुरोधमा मिडियालाई दिने गरेको पराजुलीले बताइन । त्यसोत पाका मेयरका उम्मेदवार तामाङ र युवा उपमेयरकी उम्मेद्वार पराजुलीको टिम यतिखेर चौतारा साँगाचोकगढी नगरपालिकामा चर्चित पनि छ । चौतारा जस्तो परिचित र शक्तिशाली नगरको उम्मेदवार भएर मात्र यो टीम चर्चित भएको भने हैन, न कि माओवादी केन्द्रका उम्मेदवार भएर नै हो । बाउ पुस्ता र छोरीपुस्ताको यो अभूतपूर्व सहकार्यलाई नगरबासीले नयाँ फ्युजनको रुपमा हेरेका छन् । उनीहरुले यो टिमबाट बेहद अपेक्षा पनि राखेका छन् । एउटा घरपरिवारलाई समृद्ध बनाउन बाउ–छोरीको जुन भूमिका हुन्छ, त्यस्तै भूमिकाको आशा नगरबासीको छ । हुन पनि २०३६ सालदेखि राजनीतिक यात्रा गरेका तामाङ र त्यो भन्दा सात वर्षपछि जन्मेकी पराजुलीको यो एउटा स्वर्णिम स्वरुप हो । जुन स्वरुपले अवश्य पनि नगर विकासका लागि नयाँ प्रारुप कोर्ने नै छ । १८ वर्षको लक्का जवानीमा राजनीतिक यात्रा सुरु गर्ने तामाङ र १३ वर्षकै कलिलो उमेरमा विद्यार्थी जीवनबाटै राजनीतिमा पाइला सारेकी पराजुलीको सहयात्रा भने दस वर्षिय जनयुद्धबाटै सुरु भएको हो । दस वर्षिय जनयुद्धमा आ–आफ्नै मोर्चा सम्हालेका यी दुबै योद्धा यसपटक चुनावी मोर्चामा छन् । यसअघि पनि जनप्रतिनिधि भएर विकास, निर्माणमा अनुभव बटुलिसकेका अनुभवी, पाका, बेदाग तामाङको युवा जोश, इच्छाशक्ति अनि नयाँ भिजन, नयाँ सोच, ग्रामिण विकासमै माष्टर गरेकी र केही गर्ने हुटहुटी बोकेकी पराजुलीको टिमले निश्चय पनि समृद्ध नगरपालिका निर्माणमा कुनै कसर बाँकी नराख्ने चौताराका कुमार श्रेष्ठले बताए । हो, मिडियामा जिल्लाका सबै उम्मेदवारलाई पछि पार्दै अघि बढेका तामाङ र पराजुली जनमतको ¥याङिगमा भने कुन स्थानमा पर्ला, त्यो भने मतगणनापछि मात्र थाहा हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending