Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

चुनाव जित्न माअोवादीले दियो यस्तो निर्देशन

\"\"काठमाडाैं, १८ जेठ ।  नेकपा माओवादी केन्दले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पार्टीका पक्षमा जनलहर ल्याउन आवश्यक गृहकार्य गर्न सिंगो पार्टी पंक्तिलाई निर्देशित गरेको छ । जतिसुकै मेहनत गरेर पनि माओवादी केन्द्रलाई उल्लेख्य ढंगले विजयी गराउन लागिपरेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताएकी छिन् । प्रवक्ता भुसालले कुराकानी गर्दै पहिलो चरणको स्थानीय निर्वाचनमा सोचेजस्तो लहर सिर्जना नभएपनि दोस्रो चरणमा भने आम जनतालाई माओवादीका एजेण्डा बुझाउ गाउँ–टोल तहदेखि नै प्रचार अभियान तीव्र पार्न पार्टीले निर्देशन दिएको छ । ‘हरेक केन्द्रिय नेताहरुलाई आ–आफ्नो क्षेत्रमा खटिन पार्टीले निर्देशन दिएको छ ।’ भुसालले भनिन्, ‘पहिलो चरणको निर्वाचन भएका क्षेत्रका नेताहरुलाई समेत नजिकका प्रदेश र तहमा गएर प्रचारमा खटिन भनेका छौं ।’ माओवादीले पहिलो चरणको निर्वाचन सम्पन्न भएका क्षेत्रका नेताहरुलाई दोश्रो चरणको निर्वाचन हुने स्थानमा गएर चुनावी अभियानमा सहभागि हुन निर्देशन गरेको हो । पहिलो चरणको निर्वाचनमा माओवादी केन्द्रले संख्याको हिसावले कम तहमा जितेको भएपनि मतका आधारमा भने एमाले कांग्रेसको बराबरीमा जनताले मत दिएको उनले बताइन् । दोस्रो चरणको निर्वाचनमा भने मत संख्या दुवैमा उल्लेख्य वृद्धि गर्ने लक्ष्य रहेको भुसालको भनाई थियो । पहिलो चरणको निर्वाचनमा एमालेसँग तालमेल गर्दा उसले कतिपय स्थानमा धोका दिएकाले दोस्रो चरणको निर्वाचनमा भने रणनीतिक महत्वका आधारमा स्थानीय अवस्था हेरेर तालमेल गरिने उनले बताइन् । ‘नीतिगत हिसावले केन्द्रिय तहबाट कांग्रेससँग तालमेलबारे छलफल चरिरहेको छ, तर स्थानीय तहमा जहाँ जोसँग तालमेल गर्दा जित्न सकिन्छ त्यही पार्टीसँग तालमेल गरिनेछ ।’ माओवादी केन्द्रको नेतृत्वमा सरकार भएको अवस्थामा र सरकारले समेत लोकप्रिय काम गरेको बेला चुनावमा भने माओवादीका पक्षमा जनलहर पैदा नभएकोमा माओवादी केन्द्रले गम्भर समिक्षा गरेको भुसालले बताईन । कतिपय अवस्थामा देशैभरी सुदृढ संगठन निर्माण नभएकाले समस्या भएपनि जनतामाझ नेता तथा कार्यकर्तालाई अभियानकै रुपमा परिचालन गर्न सकिए दोश्रो चरणको निर्वाचन हुँदै प्रदेश र केन्द्रको चुनावमा माओवादी पहिलो शक्ति हुन गाह्रो नभएको उनको दावी थियो । भुसालले पार्टीका सबै तह र तप्कालाई चुनावमा होमिन, जनतामाझ पार्टीका एजेण्डाहरुलाई पुर्याउन, जनताको विश्वास जित्न र विरोधीहरुको भ्रम चिर्नका लागि निर्देशन दिइएको समेत बताईन । हामीले जति राम्रो काम गरेपनि बिरोधीहरुले संगठितरुपमा भ्रम छरेको कुराले समेत चुनावमा असर पर्ने भएकोले अहिले देखि नै जनताको पक्षमा इमान्दार भएर खटिन सके पहिलो हुन सकिने उनको विश्वास थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending