Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

एउटै पदमा फरक पार्टीबाट दाजुभाइ भिड्दै

\"\"धनगढी, २९ जेठ । आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिका–३को वडाध्यक्ष पदमा सहोदर दाजुभाइ फरक राजनीतिक दलका तर्फबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । नेकपा (माओवादी केन्द्र)ले बलबहादुर ऐरलाई र नेपाली कांग्रेसले उनका दाइ राजबहादुर ऐरलाई वडाध्यक्ष पदको उम्मेदवार तोकेको हो । एकै घरपरिवारका दाजुभाइले दुई फरक राजनीतिक दलबाट वडाध्यक्षमा टिकट पाएपछि परिवार, आफन्त, इष्टमित्रहरु कसलाई मत दिने भन्नेबारे अन्योलमा छन् । कांग्रेसबाट टिकट पाएका राजबहादुरले भने – “यस्तो अवस्थामा घरमा रहेका मत नबाँडिइकन जता गएपनि एकलौटी जान्छ ।” “दाइ वा भाइमध्ये एकजनाले उम्मेदवारी छोड्नुपर्छ भन्ने छलफल घरपरिवारमा चलिरहेको र आफू जेठो भएकाले भाइले छोड्नु उचित हुने सल्लाह सबैले दिएको दाजु राजबहादुरले बताए । एउटै आमाका सन्तान भए पनि फरक विचार र सिद्धान्त भएकाले फरक सपना र योजना बनाएर चुनावी दौडमा उत्रिएको उनीहरुको भनाइ छ । बलबहादुरले झन्डै ४५ दिनअघि नै नेकपा ९माओवादी केन्द्र०बाट वडाध्यक्षको टिकट सुनिश्चित गरी आफ्नो चुनावी दौडमा होमिएका छन् । “दाइले टिकट पाएमा आफूले नउठ्ने मनःस्थिति पहिल्यै बनाएको थिएँ, बलबहादुरले भने – दाइले डेढ साताअघिमात्र टिकट पाए पनि अब आफूले छोड्न सक्ने सम्भावना छैन, धेरै अगाडि बढिसकेँ ।” चुनावको मिति नजिकिँदै जाँदा उम्मेदवारहरुले मत माग्न घरदैलो अभियानलाई तीव्रता दिएका छन् । गर्मी बढ्दै गएसँगै चुनावी सरगर्मी पनि ह्वात्तै बढेको छ । चुनावी सरगर्मीका बीच यतिबेला टोल र बस्तीका निजी घरमा विभिन्न दलका झन्डा टाँग्ने प्रतिस्पर्धा पनि बढेको छ । खासगरी ग्रामीण क्षेत्रका घर घरमा पार्टीका झन्डा र चुनाव चिह्न अङ्कित ब्यानर झुड्याउने रोचक प्रतिस्पर्धा देखिएको छ । “एउटा पर्टीको मान्छे आएर घरमा झन्डा टुङ्ग्याउँछ, स्थानीय श्यामराज चौधरीले भने – लगत्तै घरमा पुग्ने अर्को पार्टीको मान्छेले आफ्नो पार्टीको झन्डा टाँगीहाल्छ ।” जोसुकैले घरमा झन्डा टाँगे पनि विरोध कसैको नगर्ने सहमति घरपरिवारका सदस्यमा बनेको छ । कैलाली जिल्लामा एक उपमहानगर धनगढी, छ नगरपालिका र छ गाउँपालिकासमेत १३ स्थानीय तहमा हुने निर्वाचनमा मुख्य प्रतिस्पर्धा काँग्रेस, एमाले, माओवादी केन्द्र, नेपाल फोरम लोकतान्त्रिक र राप्रपाका बीच हुन लागेको मतदाताको विश्लेषण छ । गएको संविधानसभाको निर्वाचनमा कैलाली क्षेत्र नं १ र ३ बाट तत्कालीन फोरम लोकतान्त्रिकका उम्मेदवार, क्षेत्र नं २ बाट एमालेका उम्मेदवार, क्षेत्र नं ४ बाट माओवादी केन्द्रका उम्मेदवार र क्षेत्र नं ५ र ६ बाट काँग्रेसका उम्मेवार विजयी भएका थिए । स्थानीय तहको चुनावमा होमिएका सबै उम्मेदवार आ–आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै मतदातालाई आकर्षित गर्न आकर्षक नारा र योजना सुनाउन थालेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending