Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

खिमलालको आरोपः आर्थिक लाभ लिनेमा एमाले अगाडी

\"\"भक्तपुर, २९ जेठ । नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले सरकार र राजपाले दोस्रो चरणको निर्वाचन नगर्ने खेलमा लागेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै देवकोटाले सरकार दोस्रो चरणको निर्वाचन सार्न लागि परेको र त्यसलाई थप मलजल गर्दै राजपा समेत लागी परेको भन्दै दुवैको उद्देश्य संबिधानको स्विकार्यता नबढाउने र कार्यान्वयन नगर्ने उद्देश्य अनुरुप निर्वाचन नगर्ने र जनता र राष्ट्रलाई पीडा थप्ने खेलमा लागेको बताए । सत्ताका लागि लुछाचुँडी गर्ने भन्दा पनि पहाड छुट्याउन लागि परेकाहरुलाई सहयोग पुग्ने गरी दुई चरणमा निर्वाचन गरेको आरोप लगाउँदै सरकाले काम गरिरहेको उनले आरोप लगाए । उनले प्रधानमन्त्री र सरकार निर्माणको प्रक्रियामा आउने राजपा स्थानीय तहको निर्वाचनमा नआउँदा आफैलाई घाटा पुग्ने भएकाले एजेण्डा बचाउँदै निर्वाचनमा गएर त्यसलाई पूर्णता दिनु पर्नेमा जोड दिए । उनले सरकार र प्रतिपक्ष राष्ट्रको हितमा गरिने निर्णयमा नमिल्ने तथा आफूहरुलाई अकुत आम्दानी हुने कुराहरु जस्तै राष्ट्र बैंकमा रहेको अरवौं कालो धन र एनसिएलको कर लाभमा मिल्ने कुरामा सहमति गर्ने खेलमा लागेकै कारण सरकारले संविधान कार्यान्वयन भन्दा पनि सत्ता टिकाउने र आर्थिक लाभ लिने खेलमा लागेको बताए । उनले आर्थिक लाभको मामलामा एमालेसमेत सहभागी हुने गरेको बताए । उनले बहुदली लोकतन्त्रको अभ्यास भन्दा पनि केही दलहको अभ्यास भईरहेको भन्दै १७ सालमा महेन्द्रले दलमाथी प्रतिबन्ध लगाए जस्तै हाल प्रचण्ड सरकारले तीन दलिय सिन्डिकेट लागू गरेको बताए । उनले यसै गरि अगाडी बढ्दै जाने हो भने लोकतन्त्र सकिने र एक दलिय सिन्डिकेट देखा पर्ने बताए । आफूले नजित्ने अवस्था आएपछि भरतपुरमा आफ्नै आधिकारीक नेतृत्वबाट माओवादी केन्द्रले मतपत्र च्यात्न लगाएको भन्दै सत्तामा रहेका पार्टीले शक्ति र अर्थको सक्दो प्रयोग गरेता पहिलो चरणको निर्वाचनमा उनीहरुको सोच जस्तो नतिजा नआएको बताए । नयाँ शक्ति नेपाल एक वर्ष नुपग्दै ७० बर्ष पुरानो पार्टीहरुसँगको प्रतिस्पर्धामा उत्रिएको र चौंथो स्थान हासिल गर्न पुगेको भन्दै देवकोटाले चुनाव चिन्ह नपाउँदा र समाजबादी फोरमसँगको आफ्नो नीति मिलेकै कारण एकता हुने बताए । उनले हाल नेपाल सबैभन्दा कठिन मोडमा रहेको र बिदेशीहरुको क्रिडा स्थल बन्दै गएकाले एकथरि दक्षिण र अर्कोथरी उत्तरतर्फको पछि लाग्ने खेललाई बन्द गरी नेपालको सार्वभौमिकताको ख्याल गरि अगाडी बढ्न सत्ताधारी दलहरुलाई आग्रह गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending