एनसेलले ल्यायो नयाँ अफर : अब सुलभ दरमा डेटा, भ्वाइस र एसएमएसको कम्बो प्याक
आषाढ़ १ गते, २०७४ बिहिवार 15th June, 2017 Thu०९:०६:५९ मा प्रकाशित
काठमाडौं, १ असार । एनसेल प्राइभेट लिमिटेडले सुलभ दरमा गुणस्तर सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम आकर्षक साप्ताहिक ‘वान प्लान’ कम्बो प्याक ल्याएको छ । यस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले सुलभ दरमा भ्वाइस, डेटा, एसएमएस र योण्डर म्युजिक सेवाको मजा एकै प्याक मार्फत लिन सक्नेछन् ।
यहि बिहीबार (असार ०१) देखि लागु हुने वान प्लान प्याक एनसेलका सबै प्रिपेड र पोष्टपेड ग्राहकका लागि मान्य हुनेछ । यसका साथ–साथै यो योजना अन्तर्गत प्याक सुचारु गर्ने ग्राहकले एक हप्तासम्म योण्डर म्युजिक एपमा निःशुल्क अनलाइन गीतसंगीतको मजा लिन सक्नेछन् ।
वान प्लान योजना अन्र्तगत, एनसेलका ग्राहकले आफ्नो आवश्यकता अनुसार वान प्लान १५०, वान प्लान ३०० र वान प्लान ५०० गरी तीन वटा प्याकहरु लिन सक्नेछन् ।
वान प्लान १५० प्याकमा ग्राहकले एक हप्ताको प्याक रु १५० मा लिएर ५०० एमबी डेटा, १०० मिनेट अन नेट टक टाइम र २०० वटा अन नेट एसएमएस सेवाको मजा लिन सक्नेछन् । त्यस्तै वान प्लान ३०० अन्तर्गत ग्राहकले रु ३०० मा १५०० एमबी डेटा, ३०० मिनेट अन नेट टक टाइम र ६०० वटा अन नेट एसएमएस पाउनेछन्् ।
त्यसैगरी, ग्राहकले वान प्लान ५०० अन्तर्गत मात्र रु ५०० मा ३००० एमबी डेटा, ६०० मिनेट अन नेट टक टाइम र १२०० वटा अन नेट एसएमएस सेवा प्राप्त गर्नेछन् । वान प्लान योजना अन्तर्गत कुनै पनि प्याक सुचारु गरेका ग्राहकले एक हप्तासम्म योण्डर म्युजिकमा निःशुल्क अनलाइन गीतहरुको मजा लिन सक्नेछन् । योण्डर म्युजिक एप १५,००० भन्दा बढि नेपाली गीतसंगीतहरु सहित २ करोड भन्दा बढि गीतहरु समावेश गरिएको डिजिटल म्युजिक लाइब्रेरी हो ।
उल्लेखित वान प्लान प्याकका शुल्कहरु सबै कर सहित हुन् र प्याक सुचारु भएको दिन देखि एक हप्ताको लागि मान्य हुनेछ ।
‘‘डेटाको साथै भ्वाइस र एसएमएस सेवाको बढ्दो मागलाई संबोधन गर्नका लागि हाम्रा ग्राहकहरु माझ यी कम्बो प्याकहरु ल्याउन पाउदा हामी खुसि छौ । यसले ग्राहकलाई थप लाभ प्रदान गर्नेछ,” कम्पनीका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।
वान प्लान प्याकले दिने लाभबाट फाइदा लिनका लागि ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी त्यसपछि अंग्रजी अंक ४ (फोर) थिचेर आफ्नो आवश्यकता अनुसारको प्याक सुचारु गर्न सक्नेछन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार प्याकहरु जति पटक पनि कुनै पनि वान प्लान प्याक सुचारु गर्न सक्नेछन् ।
प्याक अन्र्तगत प्राप्त सेवाहरु एक हप्ताको समयसिमा भित्रै प्रगोग गरी सक्नुपर्नेछ । यो अफर लागु भएको दिन देखि ३० दिनको लागि मान्य हुनेछ । थप जानकारीका लागि ग्राहकले १७१२३ मा कल गर्न सक्नेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: