Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

चुनावमा घात गर्नेलाई माओवादीले थाल्यो कारवाहिः तीन जना निस्कासित

\"\"काभ्रे, ४ असार । स्थानीय तह निर्वाचनमा पार्टी हित लागेको भन्दै नेकपा (माओवादी केन्द्र) काभ्रेले कारवाहि शुरु गरेको छ । माओवादीले जिल्ला सम्मेलन आयोजक समिति सदस्य मोहन गौतम र पनौती नगर संंयोजक जगन्नाथ गिरीलाई पार्टीको हित विपरित काम गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासित गरिएको जनाएको छ । माओवादी केन्द्र काभ्रेपलाञ्चोक जिल्ला ईञ्चार्ज हितबहादुर तामाङले आईतवार विज्ञप्ती जारी गर्दै स्थानीय तहको निर्वाचनको क्रममा पार्टी नीति, विपरित गैरपार्टी क्रियाकलाप गर्ने पार्टी नेता कार्यकर्ताहरुलाई कार्वाही गरेको जनाएको हो । कार्वाहीमा पर्नेमा पनौती नगर कमिटी सम्मेलन आयोजक कमिटी संयोजक जगन्नाथ गिरी, नेकपा माओवादी केन्द्र जिल्ला सम्मेलन आयोजक कमिटी सदस्य एवं रोशी गाउँपालिका वडा नं. ७ का मोहन गौतम र सोही वडाका वडा कमिटी सम्मेलन आयोजक कमिटी सदस्य रमेश न्यौपाने रहेका छन् । उनीहरुलाई स्थानीय तह निर्वाचनको लागि केन्द्रबाट निर्देशित निर्देशिकालाई उलंघन गरी पार्टीको आधिकारीक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएको र पार्टीलाई हराउने कार्यमा संलग्न रहेकाले पार्टी सदस्यताबाट समेत निष्कासित गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । गिरीले पार्टी नीति र निर्णय विपरित सार्वजनिक सञ्चारमाध्यमबाट बक्तब्यबाजी गरेको, आर्थिक अपार्दिशता रहेको, निर्वाचनको क्रममा पार्टी कमिटी र नेतृत्वलाई बेवास्ता गरी ब्यक्तिगत रुपमा विपक्षीहरुसंग अवैध साँठगाँठ गरेको र शंकास्पद तरिकाले परिचालित भएको एवं पार्टी र नेतृत्वको विरुद्धमा कपोलकल्पित, नमोगत र भ्रामक लाञ्छना सार्वजनिक रुपमा लगाउँदै हिडेकाले पनि पनौती नगरपालिकाका मत परिणाममा नकारात्मक प्रभाव पारेको जिल्ला ईञ्चार्ज तामाङद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यस्तै रोशी गाउँपालिका ७ कटुञ्जेका मोहन गौतमले पार्टी केन्द्रबाट निर्देशित निर्देशिकालाई उलंघन गर्दै पार्टीको आधिकारीक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएको र पार्टीलाई हराउने कार्यमा लागेकाले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाई उम्मेदवारी दिएकै मितिबाट कम्तिमा ६ महिनाको लागि साधारणसदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासित गरिएको जनाएको छ । गौतमसंगै निर्वाचनमा उनको समर्थक बनेका रमेश न्यौपालेलाई कम्तिमा ३ महिनाको लागि पार्टीको सबै जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्तीमा जनाएको छ । विज्ञप्तीमा पार्टीको नीति तथा निर्देशन विपरित काम गरेको पार्टी नेता तथा कार्यकर्तालाई पार्टीले गठन गरेको छानविन समितिको सिफारिस अनुसार कार्बाही गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending