Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

सरकारले अझै पूर्णता पाएन्, प्रधानमन्त्रीले सम्हाले २२ मन्त्रालय

\"\"काठमाडौं, ६ असार । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएको करिब दुई साता वितिसक्यो । तरपनि देउवाले मन्त्रीमण्डललाई पूणर्ता दिन सकेका छैनन् । प्रधानमन्त्रीमा निर्वाचित भएको दुई साता वितिसक्दा पनि देउवाले अहिलेसम्म ७ जना मन्त्री नियुक्ति गरेका छन् । देउवाले २२ वटा मन्त्रालय सम्हालेका छन् । जसको कारण देउवालाई भार त थपिएको छ नै, अनि मन्त्रालयबाट हुने राजनीतिक निर्णय र कामकाजमा पनि समस्या देखिन थालेको छ । दैनिक कामकाजमा कुनै समस्या नरहेपनि पुनर्संरचनाको बेला मन्त्री भएमा सहज हुनेछ । पूर्व प्रशासकहरुले भने मन्त्री नभएको कारण देखाउदै मन्त्रालयमा गरिनुपर्ने अन्य काममा पनि ढिलाई गर्ने प्रवृत्ति बढ्न सक्ने बताएका छन् । सरकारलाई पूर्ण आकार दिने जिम्मेवारी पाएका सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुले भने मन्त्रिमण्डल विस्तारको काम स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि मात्रै हुने जनाएका छन् । आफुले पद तथा गोपनीयताको शपथ लिने दिन सातजना मन्त्री चयन गरेका उनको जिम्मामा अहिले रक्षा, भौतिक पूर्वाधार, सामान्य प्रशासन लगायतका २२ वटा मन्त्रालय छन् । जुन मन्त्रालयहरुले मन्त्रीस्तरबाट गर्नुपर्ने निर्णयका लागि प्रधानमन्त्रीलाई खोज्दै हिड्नुपर्ने अवस्था रहेको कतिपय मन्त्रालयका एक सचिवले जानकारी दिए । पुनर्संरचनाको काम भइरहेको अवस्थामा मन्त्रालय गाभ्ने र कमर्चारीको मिलान जस्ता काम प्रभावित भएको उनीहरुको भनाइ छ । यसैको मार खेप्नेमा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसी त्यस्तै मध्येका एक हुन् । उनले भने ‘केही नीतिगत कुराहरु, अनुदानका कुराहरु, केही बजेट वृद्धिका कुराहरुलाई पनि राजनीतिक तहको मन्त्री हुंदो हो त त्यसमा अलि जोड पुग्थ्यो भन्ने हामीलाई महसुस भएको छ । दैनिक रुपमा मन्त्रालयबाट हुने कामकाज भने नियमित जस्तै भैरहेको उनको भनाइ छ । मन्त्रालयमा मन्त्री नहुँदा राजनीतिक रुपबाट हुनुपर्ने पहल नहुने र मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्रीले समय नदिने जस्ता समस्या आउने पूर्व प्रशासक द्वारिका ढुङगेलले बताए । दैनिक रुपमा मन्त्रालयबाट हुने कार्यसम्पादनमा पनि मन्त्री नुहनु एउटा बहाना हुने उनले बताए । ढुङगेलले भने ‘नियमित रुपमा काम गर्नलाई, जनतालाई सेवा दिनलाई कुनैपनि रुपमा असर पर्दैन । तर मूल कुरा काम नगरिदिने प्रवृत्ति हो । हामीमा के छ भने मन्त्री आएपछि गरौंला, पख्नोस् न, मन्त्री कहिले आउला, प्रधानमन्त्रीसंग भेट हुंदैन भन्ने मानसिकता छ ।’ हालसम्म प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका मन्त्रालयहरुमा छिट्टै मन्त्री तोक्ने सम्भावना देखिएको छैन् । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रबिच मन्त्रालयको बाँडफाँडको टुङगो लगाउन बनेको चार सदस्यीय टोलीले हालसम्म मन्त्रालयको भागबन्डामा समेत सहमति जुटाउन नसकेको टोलीमा रहेका कांग्रेस नेता बिमलेन्द्र निधिले बताए । उनले भने ‘टुङग्याइएको पनि छैन् । असमझदारी पनि भएको होइन् । अझै टुङगो लाउन बाँकी छ । निर्वाचनमा हामी ब्यस्त भएकोले त्यसपछि गर्ने सोच भएको हो ।’ पार्टीले पाउने मन्त्रालयको संख्याको टुङगो लागेपनि कुन मन्त्रालय कुन दलले पाउने भन्ने सहमति हुन बाँकी रहेको बताइएको छ । मन्त्रालयको टुङगो लागि सकेपछि पनि कसलाई पठाउने भन्ने र सतारुढ दलभित्रका गुट उपगुटलाई सन्तुष्ट पार्नुपर्ने अवस्थाले सरकारले पूर्ण आकार पाउन अझै ढिलाइ हुने अनुमान गरिएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending