Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

हत्यारालाई कारबाही माग गर्दै एमालेले गर्यो मार्तडी बन्द

\"\"बाजुरा, ६ असार ।  स्थानीय तहको निर्वाचनको मनोनयन दर्ताका लागि छेडेदह गाउँपालिकामा नारा जुलुसमा भएको नेपाली काँग्रेस र नेकपा एमाले कार्यकर्ताबीच भएको दोहोरो झडपमा परी मृत्यु भएका हंसबहादुर रावतको दोषीलाई कारबाही माग गर्दै एमालेले आज सदरमुकाम मार्तडी बन्द गराएको छ । मङ्गलबार जिल्ला प्रशासन कार्यालय बाजुरामा रावतको हत्या गर्ने काँग्रेस कार्यकर्तालाइ कारबाही गर्नका लागि प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाएको दोेस्रो दिन बिहानदेखि नै बजार बन्द गरेको एमाले बाजुराले जनाएको छ । मनोनयन दर्तामा गएका बेला रावतलाई ढुङ्गा हानेर हत्या गरेको भन्दै आज जिल्लाका मार्तडी, कोल्टीलगायतका बजार क्षेत्रमा बन्द गर्दै आन्दोलनका कार्यक्रम गर्ने एमाले बाजुराका प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिएका छन् । उनले रावतको हत्या गर्नेलाई कारबाही प्रक्रिया नहुञ्जेलसम्म आन्दोलन जारी रहने बताएका छन् । यता नेपाली काँग्रेस बाजुराले पनि मङ्गलबार नै नेपाली काँग्रेसका नेता धनराज पण्डितको नेतृत्वमा एक टोलीले रावतको हत्या नगरेको र आफैँ दमको रोगी भएकाले बेहोस भई मृत्यु भएको दाबी गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको नेपाली काँग्रेस जिल्ला सभापति कविराज पण्डितले बताएका छन्। रावतको हत्या नभई बेहोसमा मृत्यु भएकाले राजनीतिक प्रश्रय दिएर आन्दोलन गर्नु व्यर्थ भएको पण्डितको भनाइ रहेको छ । पण्डितले निर्दोषी छेडेदह गाउँपालिकाका प्रमुखका उम्मेदवार नरबहादुर रावत, नेपाली काँग्रेसका नेता पदमबहादुर रावत र देवबहादुर रावतलाई रिहा गर्न माग गरेको बताए । हत्याको आरोपमा पक्राउ परेका तिनैजना रावतलाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको नेपाली काँग्रेस बाजुराले जनाएको छ । काँग्रेसले बुझाएको ज्ञापनपत्रमा घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको पत्रमा उल्लेख गरिएको काँग्रेसले जनाएको छ । बजार बन्दसँगै आन्दोलन तयारी भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ । आन्दोलनमा बजार तोडफोड र तनावग्रस्त हुने भएकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोली बजारमा पठाइएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिउका छन् । रासस –––––––––
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending