Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

स्वास्थ्य अनुसन्धानको दायरा फराकिलो पार्नुपर्नेमा जोड

\"\"काठमाडौँ, ११ असार । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धानको दायरालाई फराकिलो पार्नुपर्नेमा जोड दिइएको छ । सरकारलाई परिषद्ले नीति तथा कार्यक्रम तर्जुमा, स्वास्थ्य अनुसन्धानमा नियमन तथा स्वास्थ्य अनुसन्धानको क्षमता अभिवृद्धिमा दुई दशकदेखि सहयोग गर्दै आएको छ । यहाँ आज आयोजित कार्यक्रममा परिषद्ले सञ्चालनमा ल्याएको वेब पोर्टलको उद्घाटन गर्दै स्वास्थ्य मन्त्रालयका सचिव किरण रेग्मीले परिषद्मा सङ्ख्यात्मक अनुसन्धानमा निकै वृद्धि भए पनि गुणस्तरीय अनुसन्धान प्रतिवेदनमा निकै थोरै मात्र उपलब्धि हासिल भएकाले गुणस्तरीय अनुसन्धानको दायरा फराकिलो पार्न परिषद्को ध्यान आकृष्ट गरेका छन् । उनले नेपाली अनुसन्धान, लेख आदि अन्तर्राष्ट्रिय क्षेत्रमा लगेर अनुभवको आदानप्रदान गर्नुपर्ने बताउँदै प्रयोगशाला तथा सम्बन्धित क्षेत्रमा गई गरिने अनुसन्धानलाई नयाँ आयाम थपेर व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन् । परिषद्का कार्यकारी अध्यक्ष डा अञ्जनीकुमार झाले परिषद्लाई बदलिँदो परिवेशमा स्वतन्त्र रुपमा काम गर्ने वातावरण तयार पार्नुपर्नेमा जोड दिए । परिषद्का मानार्थ अध्यक्ष डा मृगेन्द्रराज पाण्डे, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ विनोद श्रेष्ठलगायतले नेपालमा स्वास्थ्य क्षेत्रमा चुनौती थपिँदै गएकाले सरकारको विशेष ध्यान केन्द्रित हुनुपर्ने बताए। सङघीयतामा जाँदा परिषद्को ढाँचा तयार गर्न प्रतिवेदन तयार पारिएको, परिषद्ले गरेको राष्ट्रिय दीर्घ रोग सर्वेक्षणमा नसर्ने रोगका रोगीको प्रतिशत ६० भन्दा बढी रहेको, मानसिक स्वास्थ्य सम्बन्धमा इलाममा अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने काम भइरहेको जनाइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies