Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

रत्नपार्ककी यौन व्यवसायीको दारुण कथा

काठमाडौं, दुब्लो शरिर । प्याजी रङको हुक, रातो कुर्ताले उनको  शरिरको आवरणपत्र छोपिएको । झरीले रुझाउला भन्ने पीर सायद उनलाइ, हातमा छाता छ । रत्नपार्कमा मान्छेहरुको भिड उस्तै । पेटीमा राखिएका फुटकर खानेकुरामा उनका आँखा गडेका थिए । ठिक त्यसैबेला हामीले उनको पिछा गर्यौँ । आफ्नै शरिरको व्यापार गर्नेहरुसँगको संवाद दुस्कर थियो । पछि लाग्दा लाग्दाको हाम्रो हैरान । सायद उनी पनि हामीसँग हैरान थिइन् होला । उसैपनि हामीले उनीजस्ताहरुलाई पछ्याएको महिनौं भएको थियो । बिचमा सहजकर्ता खोजियो । उनै सहजकर्ताले भेटाए । तर बोल्न मानिन् । ...यादव । हामी आफैँले नामकरण गरर्यौ उनको नाम ‘सीता’ । इज्जतको शहरमा सक्कली नाम नभन्नु भनिन् उनले ।
होटलमा काम लगाइदिन्छु भनेर लिएर गएका मलाई । यस्तो काममा लगाउँछन् भनेर मैले सपनामा पनि सोचेको थिइनँ । मलाई कोठामा थुनियो । ताल्चा लगाइयो । भित्र दुईजना केटाहरु थिए, म निसास्सिएँ । मैले उनीहरुसँग हार गुहार गरेँ । उनीहरुलाई केहि नराम्रो नगर्न अनुनय गरेँ । त्यतिबेला मलाई बचाउन कोही पनि आएनन् ।
मान्छेहरुको नाङ्गो आँखाले उनलाई कतै ज्यामी काम गर्ने महिलाको रुपमा देख्छ होला । तर नाङगो हेराइसँग उनको पेसा मेल खाँदैन । [caption id=\"attachment_13830\" align=\"alignleft\" width=\"350\"]\"fille photo. google[/caption] श्र्रीमानले छोडेपछि बलात्कार पाँच वर्ष अघिसम्म सीताको जीवन फरक ट्र्याकबाट दौडिरहेको थियो । निरज यादव उनको श्रीमान् थिए । प्रेम विवाह गरेकी उनी श्रीमानकै सहयोगमा जोरपाटीमा फलफुल बेच्थिन् । जब श्रीमानले उनलाई छाडेर सौता भित्र्याए तब सीताको जीवन अस्थिरतातिर धकेलियो ।  उनले बेच्दै आएको फलफूलको गाडा निरजले उठाएर लगे । ‘मेरो श्रीमानले छोडेपछि मसँग केहि पनि थिएन । फलफूल पनि बेच्न नसकेपछि मेरो यस्तै साथीहरुसँग संगत भयो ।’ सीताले आफ्नो जीवनको बदलिएको मोड बारे बोलिन् ‘एकजनाले मलाई काम लगादिन्छु भनेर सुन्धाराको एक होटलमा लग्यो । होटलमा यौन गतिविधि हुने रहेछ । मलाई होटलमा यस्तो हुन्छ भन्ने थाहा थिएन । ’ सुन्धाराको एक होटलमा भाँडा माझेर पैसा कमाउने अभिप्सा बोकेर होटल छिरेकी उनी  पहिलो दिनमै दुई जना केटाहरुको जबरजस्त सिकार बनिन् । होटलको कामबाट पैसा कमाउने सपना पहिलो दिनमै इज्जतसँगै लुटिएपछि उनी ठूलो पिडामा परिन् । ‘त्यतिबेलाको कुरा सम्झँदा मेरो आँखा अहिले पनि रसाउँछ ।’ विगत प्रति दुःखी हुँदै उनी भन्छिन्, ‘होटलमा काम लगाइदिन्छु भनेर लिएर गएका मलाई । यस्तो काममा लगाउँछन् भनेर मैले सपनामा पनि सोचेको थिइनँ । मलाई कोठामा थुनियो । ताल्चा लगाइयो । भित्र दुईजना केटाहरु थिए, म निसास्सिएँ । मैले उनीहरुसँग हार गुहार गरेँ । उनीहरुलाई केहि नराम्रो नगर्न अनुनय गरेँ । त्यतिबेला मलाई बचाउन कोही पनि आएनन् ।’ पैसाको दम्भमा यौनको भोग गर्न आएका उनीहरुमा दयामाया भन्ने किन हुन्थ्यो । उनीहरुले निर्ममता पूर्वक सीताको शरिर भोग गरे । ‘उनीहरुको अगाडि म धेरै रोएँ । अहिले त बिरामी भएर दुब्लाएको छु त्यतिबेला त ज्यान पनि सलक्क परेको थियो ।’ उनलाई त्यो दिनमा बोलेका आफ्नै शब्दहरुले झट्कारिरहन्छ, ‘भाइहरु यसो नगर न मलाई, भन्दा पनि उनीहरुले मलाई छोडेनन् ।’ सीतालाई ठूलो पिडा त्यतिबेला भयो जतिबेला उनले सोहि होटलमा आफूलाई पाँच हजारमा बेचिएको थाहा पाइन् । उनीमा त्यतिबेला प्रतिरोधको भाव आएको थियो । कोठाबाट बाहिर निस्केपछि उनले होटल साहुनीलाई कुट्नि ।
ज्यामी काम गर्न गयो ३०० भन्दा बढि दिँदैनँ । त्यसले दुई छाक टारौँ कि कोठा भाडा तिरौँ ?
त्यस्तो अन्याय हुँदा पनि किन सहनु भयो ? हाम्रो जिज्ञासामा उनले भनिन्, ‘पुलिसकोमा जान्छु सोचेको थिएँ तर आफ्नै बेइज्जत हुने हो कि भन्ने लाग्यो  । पुलिसले ‘तँ आफै त्यस्ती थिइस् र त त्यहाँ गइस् नि’ भनेर आफूलाई नै हकार्ने हो कि भन्ने पनि डर भयो । पुलिसहरुले म होटलमा गएको कुरा मात्र देख्छन् । मलाई त्यहाँ कसरी पुर्याइयो, के भनेर लोभमा पारियो भन्ने कुराहरु उनीहरुले न त हामीलाई सोध्छन् न त उनीहरुलाई यी कुराहरु बुझ्नु नै छ ।’ उनले त्यो दिन पछि होटल लाइनमा काम गर्दिन भनेर प्रण गरिन् । आफै प्रति पछुतो गरेर शहरमा पेट पाल्न मुस्किल थियो । त्यो घटनापछि उनको दैनिकी चल्न निकै गाह्रो भयो । ‘ ज्यामी काम गर्न गयो ३०० भन्दा बढि दिँदैनँ । त्यसले दुई छाक टारौँ कि कोठा भाडा तिरौँ ? उनले आफ्नो दुस्कर जिन्दगीको पोल खोल्दै भनिन्,  ‘के गरौँ नगरौँको अवस्थामा पुगेँ ।’
बरु केहि खाँदिन यस्तो काम त गर्दिनँ भनेर त्यहाँबाट निस्किएँ
  [caption id=\"attachment_13832\" align=\"alignleft\" width=\"350\"]\"file file photo.google[/caption] शहरको मुस्किल दैनिकी नै उनको जीवनको फरक ट्र्याक बन्यो ।  उनकै उमेरका साथीहरुले उनलाई शरिर बेच्ने ठाउँ देखाए, ‘साथीहरु थिए, उनीहरुले रत्नपार्क जाऔँ भन्थेँ । उनीहरुले मलाई के काम गर्छौ भनेर सोध्थे, मैले केहि पनि गर्दिनँ भन्दा रत्नपार्क हिँड् भन्थे ।’ आफन्तविहिन उनले सोचिन्, ‘मेरो यो संसारमा कोही पनि छैन, उनीहरुले यस्तो गर्दा हुन्छ, म पनि गर्छु । तीन वर्ष अघि क्षेत्रपाटीमा रहेको मेरो कोठाबाट एकदिन रत्नपार्क गएँ ।’ रत्नपार्क आएको पहिलो दिन उनलाई निकै डर लागेको थियो । समाजले अवैध भनेको पेसाको पहिलो ड्युटी थियो त्यो दिन । उनको मन कामेको थियो । ‘सुरुको दिनमा त डराएर भागेँ ।’ उनले आफ्नै पेसाको सुरुवाती दिनतिर लगिन्, ‘बरु केहि खाँदिन यस्तो काम त गर्दिनँ भनेर त्यहाँबाट निस्किएँ ।’  भोलीपल्ट निकै आँट गरेर आउनुपरेको थियो ।’ जीवन बेचिएको पहिलो दिन भोलिपल्ट उनको आँटमा एक ग्राहकले साथ दिए । त्यो दिनको पहिलो ग्राहक राम्रै परेको थियो । ‘मैले १५ सय भनेको थिएँ । जाउँ दिदि भन्यो । उसले पहिला नै पाँच सय दिएको थियो । होटलको कोठा भाडा पनि आफैले तिर्यो र मलाई १५ सय दियो ।’ पहिलो ग्राहक प्रति हार्दिकताको भाव देखाउँदै उनले भनिन्, ‘पैसा पाइसक्दा पनि म निकै कामिरहेको थिएँ । त्यो केटा गइसकेपछि म काम्दै त्यहाँबाट भागिहालेँ । त्यसपछि सोचेँ अब यहि काममा लाग्छु ।’ यौन व्यवसाय सुरु गरेको पहिलो दिनमा परेको असल ग्राहककै कारण सीतालाई उत्साहित बनायो । ‘संसारमा कोहि पनि छैन भनेर निरास बनेकी म आफैमा केहि गर्न सक्छु भन्ने आँट पनि आयो ।’ घट्दै आफ्नै जीवनको भाउ यतिबेला सीताको रेट एक हजार रुपैयाँ हो । एक हजारमा उनी कसैको यौनको प्यास मेटाउन तयार हुनुपर्छ । औषतमा हर दिन तीनजना ग्राहक उनले पाएकी हुन्छिन् । उमेर छँदा उनको रेट १५ सय थियो । ओरोलो लागेको बैंस र उमेरसँगै उनको रेट पनि अहिले झरेको छ । ‘ दैनिक तीन, चारजना मानिसहरु हुन्छन् । कोठा आफैँले रोज्ने हो र भाडा आफैँले दिने हो । सबै खर्च कटाएर महिनाको २०–२५ हजार जोगाउन सक्छु । उनी भन्छिन्, ‘युवा वा बुढा सबै उमेरका केटाहरु आउने गर्दछन् । कर्मचारी, पुलिस, नेता सबै आउँछन् । ’ उनलाई आफ्नो पेसा सबैले हेप्ने दर्जाको भन्ने ज्ञान छ । ‘यो पेसा नै सबैले हेप्ने हो । निकै होच्याएर बोल्छन् । आफैले प्रयोग गर्छन् तर पनि उनीहरु नै हेप्छन् । यस्तो भन्ने मानिसहरुलाई पनि म आमा बुवाको नाम लिएरै गाली गर्छु ।’ उनी आफ्नो पेसा प्रति अपमान गर्नेहरुलाई भन्छिन् । र पनि दुख दिनेहरु छन् आफूले गर्दै आएको पेसा उनी आफैलाई गाह्रो लाग्छ । ‘यो गाह्रो हुने काम हो । तल्लो पेट दुख्छ । आफ्नै ख्याउटो शरिरप्रति इंगित गर्दै उनी  भन्छिन,  ‘केहि खायो भने वाकवाकी लाग्छ, बिरामी हुन्छु ।’ उनीहरुलाई प्रहरीले देख्यो भने निकै दुःख दिन्छन् ।  दिउँसो बस्न पाउने भएपनि बेलुका ६ बजेपछि भने लखेटिहाल्छन् । ‘एकचोटी म ६ बजेतिर यहाँ बसेको थिएँ । पुलिसले सरासर आएर एक लौरो हिर्कायो । अहिलेसम्म पनि यस्तो दाग छ ।’ नाडीको घाउको खत देखाउँदै उनले भनिन्, ‘यसको उपचारको लागि मेरो ३० हजार सिद्धियो ।’ [caption id=\"attachment_13833\" align=\"alignleft\" width=\"350\"]\"photo. photo. google[/caption] आफ्नै पेसा प्रति उनलाई वितृष्णा पनि छ । ‘मरो परिवार भएको भए म कहाँ यस्तो हुन्थेँ र ?’ उनको प्रश्न छ, ‘समाजले घृणा गर्ने  पेसाको रहर कसलाई हुन्छ र ? समाजमा यौन व्यवसायीलाई हेर्ने दृष्टिकोण माथी उनको विरोध छ । ‘केटा मान्छेले हेर्ने आँखा त्यहि हो । कसैले सोझो मनले हेर्दैन । उनी भन्छिन् ‘ग्राहकहरु कोहि पसल गर्दिन्छु आऊ भन्छन् । कसैको विश्वास लाग्दैन । आज पसल गर्दिन्छ । भोली दुई चार महिनापछि छोड्यो भने के काम ?’ उनीसँग आउने ग्राहक केहीले उनलाई धेरै दुःख दिएका छन् ।  कोही यौन सम्बन्ध पश्चात्  पैसा नदिई भाग्ने गरेका छन् । कसैले पैसा चोरेर भागेका पनि छन् । सीताले आफ्नो पेसामा भएको एक घटना यसरी सुनाइन्, ‘अघिल्लो महिनाको मात्र कुरा हो । एउटा भर्खरैको केटो थियो, निकै राम्रो । सुरुमा हजार रुपैयाँ दियो । कोठाको भाडा पनि उसैले तिर्यो । मलाई के थाहा त्यो केटाको मनमा पाप थियो भनेर । म सधैँ दुईवटा लुगा लगाउँछु । पैसा भएको सुरुवाल छुट्टै राख्छु । उसले त्यो पैसा भएको सरुवाललाई याद गरिरहेको रहेछ । सुरुवालमा भएको हजार रुपैयाँको नोट कतिबेला चोरेछ । पछि थाहा पाउँदा म निकै रोएको थिएँ ।’ सीतालाई पत्रकारले पनि निकै दुःख दिएका छन् । त्यसैले उनी क्यामेराहरु देखि रिसाउँछिन् । पत्रकारले दिएको दुःखलाई उनले यसरी सुनाईन्, ‘एक दिन मेरो फोटो खिच्ने पत्रकारलाई मैले ढुङ्गा लिएर खेदेँ । कुराकानी गरेको भए ठिक हुन्थ्यो । एक, दुई वटा फोटो खिच्दा मैले केहि पनि भनिनँ तर मेरो पछि नै लागेर फोटो खिच्न थालेपछि ढुङ्गा उठाएर हान्छु भन्दा दौडियो ।’ उनको प्रश्न थियो,  ‘कसैलाई नसोधी फोटो खिच्न पाउँछ त ?’ उनलाई केटाहरु घटिया लाग्छन् । ‘एउटी राम्री महिलालाई बाटोमा हिँडेको देख्न सक्दैनन् । राम्री महिलाहरुसँग गइहाल्न पाए हुन्थ्यो भन्ने सोच्छन् ।’ पुरुषप्रति विस्मातको भावमा उनी भन्छिन्, ‘मलाई पुरुषहरु मनपर्न छाडेको छ ।’ उनलाई जीवनमा एउटा विहेले नै पुगेको छ । त्यसैले भन्छिन् ‘एक्लो जीवन नै ठिक छ । एक चोटी मन मरे पछि मर्यो ।’ एक कट्ठा जमिन उनी आफ्नो पेसाबाट आफ्नै उपचार गर्न सकेको प्रति खुसी छिन् । उनले तीन वर्ष यौन व्यवसाय गरेर सर्लाहीमा जमिन किनेकी छिन् । गोलबजार, सर्लाहीमा उनको एक कट्ठा जमिन छ । दुई महिना पछि उतै गएर पुरानै पेसा अपनाउने उनको सोच छ । ‘केहि थप पैसा जोगाएर पहिले गरिरहेको फलफूलको पसल खोल्छु । गाडा किन्छु र काम गर्छु । जब मलाई श्रीमान्ले छोडे तब गाडा पनि लगे ।’ उनी भन्छिन् ‘मसँग केहि गर्ने विकल्प नै थिएन । विष खान पैसा थिएनँ ।’ दैनिक चार ग्राहक राजधानीको क्षेत्रपाटीमा उनको बास छ । उनी भाडामा बस्दै आएकी छिन् । घरधनीलाई उनले आफूले ज्यामी काम गर्ने बताउँदै आएकी छिन् । ११ बजे उनी रत्नपार्क आउने गर्छिन् । दिन भरमा दैनिक चारजना ग्राहकको चित्त बुझाउनुपर्छ । बेलुका ६ बजे उनी आफ्नो कोठा फर्कने गर्छिन् । बिरामी पर्दा उनलाई घरबेटीले सहयोग गर्छन् । उनको जीवनमा धेरैले बिहेको प्रस्ताव गरे । ग्राहकहरुले विभिन्न प्रलोभन पनि देखाए । तर उनले उनीहरुको यौनको स्वार्थ उन्माद अभिव्यक्तिभन्दा अरु सोचिनन् । ‘धेरै आउँछन् कोही दुःखमा साथ दिने भन्ने पनि आउँछन् ।’ उनी भन्छिन् ‘ तर वास्तविक दुःख मैले पाएको हो, मेरो दुःखमा साथ दिनेहरु दुःखमा भेटिँदैनन् ।’ माया गरेर धेरै पैसा दिन्छु भन्नेहरुबाट उनले एक पैसा पनि बढि लिएकी छैनन् । ‘कसैको एक पैसा बढि लिएको छैन । बरु कतिले मेरै लुटेर भाग्छन् ।’ उनले भनिन, ‘मलाई अरुको एक पैसा पनि चाहिएको छैन ।’ विष खाएर मरुँ लाग्छ आफैले गरेको पेसाप्रति उनी धेरै दुःखी छिन् । कहिले उनलाई विष खाएर मरौँकी भन्ने लाग्छ । कहिले यो पेसा बेकार गरेछु जस्तो पनि लाग्छ । समाजले यो कामलाई बर्जित गरेको छ । उनी आफ्नो कामलाई सम्मान गर्नुपर्छ भन्दिनन्, ‘यो राम्रो हुँदै होइन ।’ सीताले आफैलाई जवाफ दिइन् ‘तर जिन्दगीमा यो पनि त काम होनी ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies