Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

दिवंगत थापाप्रति श्रद्धाञ्जली र स्खलित कम्युनिस्ट नेताप्रति समवेदना !

हुन त समवेदना र खुशीका कुनै सीमा हुँदैनन् । कोही मानिस सीमाहरुमा बसिरहनुपर्छ कि पर्दैन ? मलाई थाहा छैन । तर, राजनीतिक विचारले अभिप्रेरित र विचारधारको यो वा त्यो नेतृत्वमा रहेका आम मानिसलाई त्यो छुट हुनुहुँदैन शायद ! सन्दर्भ पूर्वप्रधानमन्त्री तथा राप्रपाका नेता सूर्यबहादुर थापाको निधनपश्चात देखिएको समवेदनाको ‘सीमा’ को हो । उनको मृत्युमा उनका असल गुणहरुका बारेमा चर्चा गर्नुलाई सामान्य रुपमै लिनुपर्छ र हो पनि । दिवंगत थापा एक राजनीतिक चरित्र हुन् ।  उनको आफ्नै वर्गचरित्र अनुरुपको राजनीतिक लक्ष्य र उद्देश्य थियो । उनको आफ्नै राजनीतिक आदर्श थियो । सिद्धान्त र निष्ठा थिए । उनी अराजनीतिक र विशुद्ध समाजसेवी थिएनन् । एक राजनीतिक विचारद्वारा उत्प्रेरित राजनीतिका एक अगुवा थिए । भलै, उनी दरबारसँगको ‘टसल’ का कारण पछिल्लो समय ‘उदारवादी’ देखिन्थे । उनको ‘उदारता’ वास्तविक ‘राजनीतिक चरित्र’ थिएन, केवल समय र परिवर्तनको बाध्यात्मक मोड मात्रै थियो । निरंकुश राजामध्यका चर्का ज्ञानेन्द्रले शाषन चलाएका दिन पुरुषलाई कपाल काट्न र महिलालाई कपाल नकाट्ने हुकुम जारी गरेका थिए । राजतन्त्रको गद्धी छोडेर हिडेका हुन् । जनताको तागतसँग घुडा टेकेर छोड्नु र खुशिले छोड्नु फरक हुँदैन ? यो संमवेदनाको परिभाषाले ज्ञानेन्द्रलाई पनि उदार भन्न उत्प्रेरित गर्छ । सारमा उनी एक चतुर राजनीतिज्ञ थिए । जीवनभर प्रजातन्त्र र लोकतन्त्रका विरुद्ध रहेका थापा ०४६ को परिवर्तनपछाडि  आएका परिवर्तनका बेगलाई बुझ्नेबाहेक परिवर्तनको लडाइँमा एक दिन पनि सामेल भएनन् । बरु उनी पञ्चायतकालमा आफूले खेलेको कुख्यात भूमिकाको दाग नमेटाएका एक खुङ्खार पञ्च थिए । सुखानी र छिन्ताङ हत्याकाण्डका खलनायक उनै हुन् । उनै पञ्च दिवङ्गत भएकै दिन जीवनभर लोकतन्त्र र प्रजातन्त्रको पक्षमा लडेका कम्युनिस्ट र कांगे्रसका नेताहरुको रोइलो सामान्य मानिसहरुलाई समेत पचाइनसक्नुको भयो । को हुन् थापा ? के योगदान गरे देशका नाममा ? उनको सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनमा के रह्यो भूमिका ?मानिसका कुल गुणहरुमध्य राम्रा–नराम्रा दुवै गुणहरुको चर्चा हुन्छ नै । तर राम्रा गुणहरु बढी की नराम्रा बढी छन् भनेर छुट्याइनु पर्छ की पर्दैन ? यो पंक्तिकारको बुझाइमा उनी नेपालको राजनीतिक इतिहासका एक जानकार खलनायक हुन् । त्योभन्दा बढी उनका कुनै योगदान मुलुकका नाममा छैनन् । जाजरकोट र जुम्ला शोकमा छ  । जाजरकोटी र जुम्ली जनता ‘स्वाइनफ्लु’ र ‘सिजनल फ्लु’ को निवारण गर्न सक्ने चक्कीको खोजीमा छन्। तर, परिवर्तनका नायकहरु थापाको शोकमा ‘शोकाकूल’ छन् । यी नायकहरुको उत्ताउलो समवेदना जाजरकोटको रोगसँग होइन, थापाको शवसँग हुनु केवल राजनीतिक चरित्र या आदर्शको दुर्घटना मात्रै हो वा स्खलन ? यो समयले बताउला । तर यो पंक्तिकार थापाको मृतात्मा र कम्युनिस्ट नेताको आदर्श–स्खलनलाई सँगसँगै समवेदना प्रकट गर्न चाहन्छ । प्रश्न समवेदनाको होइन, विचार र राजनीतिको हो । थापा ‘उदारवादी’ हुन्, त्यो उनको स्वभाव हो । थापा लोकतन्त्रवादी या प्रजातन्त्रवादी होइनन्, त्यो उनको राजनीति हो । यहाँ मुख्य सवाल एक राजनीतिक नेताले अर्को राजनीतिक नेतृत्वको राजनीतिलाई केन्द्रमा राखेर दृष्टिकोण बनाउँछ कि बनाउदैन भन्ने हो । एउटा कम्युनिस्ट नेताको ‘अभिभावक’  या ‘आदर्श पात्र’ अर्कै वर्गको खलनायक पञ्चायती शासक कसरी हुन पुग्यो ? समवेदनाका नाममा आफ्ना आदर्श, मूल्य र राजनीतिक मान्यतालाई तिलाञ्जली दिन मिल्छ कि मिल्दैन ? प्रत्येक रात ब्युँझँदा आँगनमा शब लडिरहेको जाजरकोटप्रति दुःखमनाउ गर्नसम्म एक शब्द खर्च नगर्ने तर थापाको निधनमा कोकोहोलो हाल्ने कम्युनिस्ट नेताहरुको यो वैचारिक स्खलन हो । हामी कम्युनिस्ट कार्यकर्ताहरुले दिवंगत थापाप्रति श्रद्धाञ्जली दिँदै स्खलित कम्युनिस्ट नेताप्रति समवेदना प्रकट किन नगर्ने ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy