Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

विचौलियाद्वारा बलात्कृत वर्तमान

मेरो बुवा किसान हुनुहन्छ । वहाँले गाउँमा उत्पादन गरेर स्थानीयमा १० रुपैयाँ प्रतिकिलोमा बेच्नुभएको गोलभेँडा मैले काठमाडौंमा १० रुपैयाँ प्रतिपाउमा किनेर खानुपर्छ । यहाँ प्रतिकेजीमा ४० रुपैयाँ चलखेल गर्ने को होला रु के यस्तो चलखेल गर्ने विचौलियाहरु केवल व्यापारी मात्रै हुन् रु के यस्तो विचौलिया गर्नेहरु कृषि क्षेत्रमा मात्रै छन् रु त्यस्तो होइन, व्यापारी हुनु र विचौलिया हुनु नितान्त फरक कुरा हो । उत्पादित वस्तुको मूल्य वा उपयोग कि त उत्पादकले पाउनुपर्छ कि त प्राकृतिक उपभोक्ताले । तर परिश्रमबिना नै दलालीको भरमा अनावश्यक लाभ लिन्छ भने एक पक्षको लागि बाँकी दुई पक्ष पीडित हुनुपर्ने बिडम्बनापूर्ण अवस्थाको सिर्जना हुन्छ । अंग्रेजीमा ‘ब्रोकर’ भनिने शब्द नेपाली मौलिक व्यवहारको कारण ‘दलाल’ बन्न पुगेको छ । दलाल आफैंमा नराम्रो शब्द होइन, तर हाम्रो आफ्नै व्यवहार र कार्यशैलीले गर्दा यो कामलाई नै नराम्रो रुपमा बुझ्न थालिएको छ । त्यसैले चलनचल्तीमा भन्न थालिएको छ कि फलानोले त फलानोको दलाली गरेर यो काम गर्यो । यसलाई अर्को शब्दमा विचौलिया पनि भन्ने गरिन्छ । अहिले विचौलियाहरुको बिगबिगि सामाजिक जीवनका हरेक आयामहरुमा बग्रेल्ती भेटिन्छन् । बजारदेखि समाज अनि कार्यालयदेखि राजनीतिमा बिचौलिया बिगबिगि विद्यमान छ यसले अन्तत्वगत्वा सिण्डिकेटिज्मलाई नै फाइदा पुर्याइरहेको हुन्छ । भर्खरै स्वास्थ्य क्षेत्रमा प्रकोपको रुप लिएको विचौलियाको बिगबिगि विरुद्धमा संघर्ष गरिरहेका डा।गोविन्द केसीले अनसन सक्याए । उनको अनसनपछि लहरो तान्दा पहरो थर्कन्छ भनेजस्तै स्वास्थ माफियाविरुद्धको लडाई प्रधानमन्त्रीको कुर्सीसम्म जोडियो । यसले स्वास्थ्य क्षेत्रमा पनि बिचौलियाको बिगबिगि छ, समस्या छ भन्ने पुष्टि गर्छ । यसैगरी शुल्क वृद्धिको विरुद्ध अहिले विद्यार्थी संगठनहरु चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेर संघर्षमा उत्रिने बताएका छन् । शिक्षा, स्वास्थ्य जस्तो संवेदनशील विषय त राज्यको दायित्व हुनुपथ्र्यो । बेलगाम उदारीकरणलाई रातो कार्पेट ओछ्याउने राजनीतिक दलहरुको नीतिका कारण शिक्षा, स्वास्थ्य जस्ता संवेदशीनल क्षेत्रहरु पनि अहिले माफियाहरुको हातमा छ । शिक्षा स्वास्थ्य जब निजीकरण र व्यापारीकरण मात्र होइन, सम्पूर्णरुपमा माफियाकरणको चंगुलमा फस्छ, तब यो श्रृंखलाविहिन घिसेपिटे आन्दोलन चलिरहन्छ । यो समस्या समाधान गर्न यस्ता विषयलाई रक्सी र चुरोटजस्तै व्यापारको वस्तु बनाउने योजनाकारहरुको नीतिमा आगो नलागएसम्म हुँदैन । तर यहाँ विद्यार्थी संगठनहरु पनि अर्को ढंगको विचौलियाको रुपमा रुपान्तरित हुँदैछन् । यहाँ बुझ्नै पर्ने कुरा के हो भने जब कुनै विषयमा विचौलिया जोडिन्छन्, त्यहाँ मौलिक अधिकार धरापमा पर्छ र शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता विषय जनताको अधिकार भन्दा नाफामुखी कम्पनीको व्यापार बढी बन्छ । सामाजिक संरचनाको आधार क्षेत्रमा जस्तै उपरिसंरचनाको एउटा महत्वपूर्ण तत्व राजनीतिमा पनि यतिबेला विचौलियाको बिगबिगी बढिरहेको छ । हाम्रा संस्थापनहरु कमजोर छन्, त्यसैले त संस्थाहरु कमजोर छन, अनि राष्ट्र पनि कमजोर भइरहेको छ, राष्ट्रियता कमजोर बनिरहेको छ । तपाईको केही काम गर्नुपर्यो रु ढिलासुस्ती भयो रु बिचौलियाको पुच्छर समाउनुस्, तत्काल काम बन्छ, तर इमान्दार बनेर प्रक्रियाको पछाडि लाग्नुस्, बर्षौ बित्न सक्छ । यो सामान्य कुरा मान्न सकिएला तर सचिवदेखि प्रधानमन्त्री मात्र होइन, राष्ट्रपति बन्न समेत स्वदेशी वा विदेशी विचौलियाको भर पर्नुपर्छ भने हाम्रो भविष्य कता गइरहेको होला रु यो गम्भीर प्रश्न हो । जनता वा जनताद्वारा चुनिएको प्रतिनिधि भन्दा कुनै गुप्तचर संस्था वा उनीहरुका स्थानीय प्रतिनिधिहरु बलियो हुने देशको नियतिको स्रोत भनेको नै विचौलिया संस्कार हो । राज्यको कानुनले तोकेको पद्धति र प्रणालीलाई कमजोर बनाउन विचौलिया प्रवृत्तिले महत्वपूर्ण भूमिका खेल्दछ । ढोका बन्द गरेर झ्यालबाट कारोबार गर्नु यो समस्याको मुल विशेषता हो । व्यवहारमा नैतिकहिनता र प्रस्तुतीमा उच्च नैतिकता देखाउने यो समस्या हरियो घाँसको हरियो सर्पजस्तो भयंकर हुन्छ । यो दास मानसिकताको उपज पनि हो र भ्रष्टाचारको जग पनि । यही महारोगले देशलाई सिध्याइरहेको छ । सुशासन र पारदर्शिताको उच्च नैतिकताको प्रवचन दिने तपाई हामीमा सत्ताको पहुँचलाई दुरुपयोग गरेर नियमविपरित काम गराउने प्रवृत्ति हुर्किएको छ कि छैन, हामीले विचार पुर्याउनै पर्दछ । किनकि पहुँचको आधारमा काम गर्दा इमान्दार र योग्यहरु अधिकारबाट वञ्चित भइरहेका हुन्छन् । बिहानभरी चियापसलमा बसेर देशमा प्रणाली पद्धति भएन भनेर कडा आलोचनामा उत्रिएका साथी दिउँसो फलानु काम गर्नुथियो, फलानु विभागमा तिमीले कोही चिनेका छौं र भनेर सोध्न आइपुग्छन् । सुक्ष्मरुपमा संस्कारको रुपमा रहेको हाम्रा यस्ता आनीबानीको समष्टिगत रुपले नै सिंगो देशको राजनीतिक परिदृश्यको कुरुप र भद्रगोल अवस्थाको प्रतिनिधित्व गर्दछ । भनिन्छ, राजनीतिक परिवर्तन रातारात सम्पन्न गर्न सकिन्छ । तर सांस्कृतिक परिर्वतन धेरै कठिन हुन्छ । यो आर्थिक परिवर्तनको जगमा अनवरत प्रयत्नपछि मात्र सम्भव हुनसक्छ । किनकी संस्कारको शासन भयंकर हुन्छ । यहाँ पत्रकार पुहँचको खेती गर्दै हिँड्छन्, व्यापारी दलको झण्डा बोक्दै । कर्मचारी सरकारी पहिरन लगाएर गैरसरकारी संस्थाको काममा व्यस्त हुन्छन् । नेताहरु राजनीतिको आडमा व्यापार गरिरहेका हुन्छन् । महिला हिंसाको विरोध गर्नेहरु आफैं हिंसाका कारक बनिरहेका भेटिन्छन् । भाषणमा नैतिकताका अनन्त फोहरा प्रवाह गर्ने हाम्रा व्यवहारहरु सोझो औलाले घिउ आउँदैन भन्ने मर्मद्वारा सञ्चालित छन् । अनि मञ्चमा सुनिने गुलिया मिठा भाषणले मात्रै देश कसरी बनाउन सकिन्छ रु प्रणाली र पद्धति स्थापित कसरी हुन सक्छन् रु विचौलियाहरु कसरी न्यूनिकरण हुन सक्छन् र श्रम गर्नेले आफ्नो श्रमको उचित मूल्य कसरी पाउन सक्छ ? लगभग डेढ वर्षअघि बेलायतमा कार्यरत अधिवक्ताहरुको नियमन गर्ने निकाय दि सोलिसिटर्स रेगुलेसन अथोरिटीले नियम उल्लंघन गर्ने करिब चार हजार पाँच सय सोलिसिटर प्राक्टिसिङ सर्टिफिकेट एकै साता रद्द गरिएको समाचार सार्वजनिक भयो । लाइसेन्स खारेजसँगै ति अधिवक्ताहरुलाई पुनः यो पेशामा आवद्ध हुन जिन्दगीभर बन्देज गरियो । यही कुरा हाम्रो देशमा भएको भए कतिदिन बन्दको आव्हान हुने थियो होला रु राज्यलाई आशंका लागेर छापा मार्दा नेपालका वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतको छटपटिसहितको प्रतिक्रियाले केही समय नेपाली अखबारका पानाहरु रंगिए र विद्युतीय माध्यममा समाचार र विचार प्रतिध्वनित भए । यहाँ बेलायतको जस्तो समाचार प्रकाशन प्रसारण गर्न नेपाली सञ्चार माध्यमले कहिले पाउने हो रु स्मरणीय छ, बेलायत सरकारको यो निर्णयसँगै करिब चालिस हजार पाउण्ड लगानी, ७ बर्षको अध्ययन र कडा मिहिनेत सकिएको छ । यस्तो निर्मम कारवाही गर्नसक्ने हैसियत र नैतिकता हाम्रोमा छ रु यो त केवल एउटा उदाहरण र सन्दर्भ मात्र हो । न्यायालयसँगै हाम्रो सामाजिक जीवनका हरेक आयामहरु मूल्य, मान्यता र संस्कारको अभावमा धरासायी छन् । विश्वासको खडेरीका कारण मरुभूमिकरण भइरहेका छन् । विधि, प्रकिया र पद्दति दिनदहाडै बलात्कृत छन् तर हामी भने बलात्कृत समयको चिच्याहटमा मनोरञ्जन लिँदै ‘भद्र र सभ्य’ नृत्य गरिरहेका छौं । समयको यो कुरुप परिदृश्य हेर्न यो देशका इमान्दार नागरिक बाध्य बनाइएका छन् । हाम्रो धर्मग्रन्थ गीतामा भनिएको छ, समयभन्दा पहिले र भाग्य भन्दा ज्यादा कसैलाई केही मिल्दैन । यहाँ भाग्य भनेर कर्मलाई संकेत गरिएको छ । यही समयभन्दा पहिले र भाग्य भन्दा धेरै खोज्ने प्रवृत्तिले नै हाम्रो भविष्यलाई ध्वस्त बनाइरहेको हुन्छ । समाज परिवर्तनको चाहना सबैलाई हुन्छ, तर नागरिकले आचारसंहिता उल्लंघन गर्दै परनिर्भर बन्ने भन्दा आत्मनिर्भर संस्कारलाई प्रोत्साहन गर्नुपर्दछ । आखिर एउटा असल नागरिक बन्न सके नै असल नागरिकहरुको सुन्दर देश बन्दछ । यसर्थ, विचौलिया संस्कारले हामीलाई पनि शासन गरिरहेको हुनसक्छ । आदतको दास बनिरहेको मानिसको रुपान्तरणको लागि समय लाग्न सक्छ । तर हामीमा दृढ इच्छाशक्ति र प्रतिबद्धता हुनु आवश्यक छ । आफ्नो शिक्षा, सिप, क्षमता र इच्छालाई प्राथमिकतामा राख्दै पारदर्शी विकल्प खोजेर नै हामीले सभ्य समाजको निर्माण गर्न सक्छौं । हामी कुसंगतमा हुन सक्छौं, हामी कुलतमा हुनसक्छौं । हाम्रो भविष्यको प्रकाश हामीले नै छेकिरहेका हुनसक्छौं । आजैदेखि विचौलिया संस्कारको विरुद्धमा उभिऔं । विचौलियाद्वारा बलात्कृत वर्तमानलाई बदलौं । आत्मनिर्भर बनौं । सभ्य र सुन्दर समाज निर्माणमा अगाडि बढौं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies