बैशाख ४ गते, २०७२ शुक्रवार 17th April, 2015 Fri१५:१२:१८ मा प्रकाशित
एकातिर देशको भूगोलभित्र हराएर पनि देशभित्रै रहनुको पिडामा सिङ्गो देशलाई थाप्लोमा बोकेर जाजरकोटको पुरै बस्ती रोगले आक्रान्त भएर गाँउमा दिनदिनै एकोहोरो शंख बजिरहदा बृद्ध शुशिल सरकार काठमाडौँमा बसेर उत्ताउलो हाँसो हाँस्छ । कारण सुदुरलाई दुख्दा पनि उ हाँसेर आफ्नो उपस्थिति जनाईरहेको छ । उसलाई सरकारको उपस्थिति जो जनाउनु छ ।
अर्कोतिर सधै शक्तिमा रहनका लागि जेसुकै गर्न तयार हुने सामन्त सुर्यबहादुर थापा काजीको मृत्यु उत्सबमा सार्बजानिक बिदा घोषणा गरेर सरकार तोप सलामी दिन कम्मर कसेर लागेको छ । थापा काजीको मृत्युको शोकमा आँशु बगाउनेहरुले कहिल्यै पनि जाजरकोटमा गाँउ नै सोत्तर हुँदा पनि पिडाबोध गर्न सकेनन् । हिजो प्रजातन्त्रबादीहरुलाई जेलमा कोचेर पञ्चायति ब्यबस्थाको बुट बजार्ने थापाकाजीहरु गणतन्त्रबादी नेताहरुको नजरमा एकाएक राम्रा बन्न पुग्छन् ।
के मान्छेहरुले बाँचुन्जेल गरेका पापहरु मरेपछि पखालिन्छन वा मान्छेहरुले गरेका नकरात्मक कुरा शोकको बेलामा ओझेलमा पर्छन् ? जाजरकोटमा अकालमा थुप्रै मान्छेहरुको मृत्यु हुँदा असामयिक नबन्ने उनिहरुलाई ८८ बर्षमा भएको थापाकाजीको मृत्यु असमायिक बन्न पुग्छ । छिन्ताङ काण्ड घटाएका सुर्यबहादुर थापा लोकतन्त्रबादी नेताहरुको नजरमा कुशल नेता बनिरहन्छन् । त्यो बेला उनिहरुको राजनितीक दर्शनप्रति प्रश्न उठाउन मन लाग्छ । तर उनिहरु त्यसको लायक पनि छन झै लाग्दैन ।
आफुलाई प्रजातन्त्रबादी नेता भन्नेहरुको थापाकाजीप्रतिको मोहलाई हामीले कसरी बुझ्ने ? गिरिजा जिउदो छँदा लाउडाकाण्डको उपनामले चिनिने उनि मृत्युपछि सबै चोखियो कि कसो ? कि अहिलेको नेताहरुलाई आफुले गरेको गल्ति पनि पछि चोख्याउन पर्छ भन्ने भयले उनिहरु मृत्युपछि सबैलाई राम्रो भन्ने अभियानमा लागेका हुन् ? हैन भने उनिहरु किन मिति पुगेर मान्छेको मृत्यु हुँदा पनि यति धेरै शोकाकुल बनेको अभिनय गरिरहेका छन् । के उनिहरुलाई पनि मृत्युपछि राम्रो बन्ने भुत चढेको छ ? मान्छे मरेपछि उसले गरेका राम्रा कामहरुको मात्र किन चर्चा हुन्छ ? यसको जवाफ यी नेताहरुसँग छ कि छैन । जाजरकोटमा बस्ति पुरै सोत्तर हुँदा किन यिनिहरु मौन रहन्छन् ।
के जाजरकोट यो देशमा पर्दैन ? कि खाली खुट्टाले देश थाप्लोमा बोकेर हिड्ने सुदुरका मान्छेहरु यो देशका नागरिक हैनन् ? हिजोको एक समयमा मान्छेका नाककान काटेर भुगोलको परिधि एक बनाउने समयमा सुदुरले तत्कालिन शाह बंशका बिरुद्ध उचालेको बिद्रोहको झण्डाको बदला लिन उनिहरुले सुदुरलाई बेवास्ता हुन ? नेपाल एकिकरण प्रक्रिया देखि पञ्चायति व्यबस्था हुँदै बिभिन्न प्रजातान्त्रिक आन्दोलनहरुमा सुदुरले बगाएको रगतको हिसाब किताब खोज्नु पर्ने हो कि होईन ? कि त्यहि आन्दोलनको बदला उनिहरुको गाँउ पुरै बिरामी हुँदा पनि उपचार नदिएको हो ? यि र यस्ता थुप्रै प्रश्नहरुले सुदुरको चित्र देखाउदै सिङ्गो जाजरकोट सरकारसँग उपचार र जवाफ खोजिरहेको छ । के यहाँ राजनितिक दलका नेता र सरकार यसको जवाफ तयार छ ?
बाँचुन्जेल अनेक आरोप लगाउने नेताहरु मान्छेको मृत्युपछि स्तुतिगानको लाईनमा अग्रभागमा उभिन तछाडमछाड गर्छन । के मृत्युपछि उसले गरेका नकरात्मक कामको बारेमा चर्चा गर्नु हुँदैन । हुन्छ भने किन कसैले गर्ने शाहस गर्दैन । महायज्ञमा हेलिकप्टर रिजर्भ गरेर दान बक्सन पुग्ने नेताहरु बस्ति पुरै मृत्युकुरेर बसेको बेला किन औषधीका डिब्बाहरु बोकेर सुदुर पुग्न सक्दैनन् । कारण उनिले नेतालाई चन्दा दिन सक्दैनन् । वा भनौ न चन्दा बिना पार्टी चल्दैन । आडैमा बसेको मान्छेको मृत्यु हेरेर बसेका कलिला बालबालिकाहरु के सोच्दै होलान ? आफ्नो अभिभाबक उपचारको अभाबमा गुमाएपछि ,अनि उनिहरुले किन सहयोग गर्ने जिवनभर सरकारलाई आफ्नो सम्झेर ?
जाजरकोट कहिले भोकसँग लड्छ , कहिले रोगसँग लड्छ, कहिले राज्यसँग लड्छ । कहिले खाना नपाएर मान्छे मर्छन ,कहिले नाना नपाएर बच्चा मर्छन ,कहिले जिवनजल नपाएर सामुहिक चिता बन्छ , कहिले औषधी नपाएर बस्ति पुरै मृत्यु कुरेर बस्छ । के उनिहरुको दुखमा मलाम लगाउने यो देशमा सरकार छैन । नेता छैन कि उनिहरु यो देशका नागरिक हैनन ?
कुनै ब्यापारीले लगाएको महायज्ञमा चन्दा दिन हेलिकप्टर च्याटर गर्ने नेताहरु बिरामी जाजरकोटको उपचारका लागि एक रुपयाँ आफ्नो तर्फबाट दिन सक्दैनन् । बरु थापाकाजीहरुको मृत्युलाई श्रद्धान्जली दिन पुष्प गुच्छा किन्न तछाडमछाड गर्छन ।
अखिर देश त सधै सत्ताको रसपानमा भुल्नेहरुको मात्र रैछ । जाजरकोटमा खाना, नाना र छानाको समस्या सामान्य हो । उनीहरु भीरका बाटोमा जिन्दगीका पदचाप नापेर दिनदिनै मृत्युसँग लडिरहेका हुन्छन् । तर, मृत्युले यो पटक पूरै सुदूरलाई सताइरहेछ । अहिले जारकोटका मान्छेहरु छिटोभन्दा छिटो मर्नका लागि प्रार्थना गरिरहेछन् । सरकार उनिहरुको ईच्छा पुरा गर्न दिनदिनै शोक बक्तब्य निकालिरहेछ । त्यो ठाँउमा न सरकार पुग्छ ? न कुनै पार्टीका नेता पुग्छन् ? कारण त्यहाँ बस पुग्दैन । खाना गतिलो पाईदैन । जनताको गुनासो सुन्नुपर्छ । त्यो उनिहरुको धर्मभित्र पर्दैन । उनिहरुलाई त काठमाडौँ मात्र देश हो झै लाग्छ । ठुला ब्यापारीहरुको गुलामी गर्नु उनिहरुको धर्म हो । कारण उनिहरुले दिएको चन्दाबाट पार्टी चल्छ । यो सब दृश्य हेर्दा लाग्छ यो देशमा गरिवहरुलाई न बाँच्ने अधिकार छ न मर्ने अधिकार छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: