Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

तत्कालै ढल्दैछ कोइराला सरकार !

काठमाडौं, प्रधानमन्त्री एवम् कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष खड्गप्रसाद ओलीबीचको झगडा उत्कर्षमा पुगेको समाचार छ । संविधान नबनाएर सत्ता मात्रै ओगटिरहने दाउमा कांग्रेस लागिपरेको भन्दै एमालेले तत्कालै सरकारबाट हटेर कोइराला नेतृत्वको वर्तमान सरकारलाई तत्काल ढालिदिने भित्री निर्णय लिइसकेको जानकारी प्राप्त भएको छ । संविधानसभामा सबैभन्दा ठूलो दल भए तापनि कांग्रेससँग सरकार बनाउन चाहिने संख्याभन्दा लगभग आधा मात्रै हैसियत छ । त्यसैले कांग्रेस नेतृत्वको सरकार मूलतः एमालेकै भरमा बनेको हो । कोइराला नेतृत्वको वर्तमान सरकार बन्नुअघि नै एमाले–कांग्रेसबीच कोइराला सरकारको आयु जम्मा एक वर्षको मात्रै हुने ‘तमसुक’ त्यतिबेलै भइसकेको थिो । सम्भवतः कोइराला सरकारले एक वर्ष काट्दानकट्दै संविधान बनिसक्ने र संविधान नबने पनि एक वर्षलगत्तै कोइरालाले सत्ताबाट हटेर ओलीका लागि ठाउँ खालि गरिदिने ‘भद्र सहमति’ दुई पार्टीबीच भएपछि मात्रै त्यतिबेला सार्वजनिक ढंगको औपचारिक सहमति भएको एमालेका एक नेताले खबरडबलीलाई बताए । क्यान्सरजस्तो प्राणघातक रोगको गम्भीर बिरामी रहेका कोइराला र ओलीबीच आफूहरुको जीवनको कुनै ठेगान नभएको भन्दै एकाध वर्षभित्र दुवैले पालैपालो सत्ता चलाएर राष्ट्रको कार्यकारी प्रमुख बन्ने अवसर हासिल गर्ने र इतिहासमा नाम लेखाउने ‘भद्र सहमति’ दुई नेताबीच व्यक्तिगत तवरमै समेत भएको ती नेताले बताए । ‘भद्र’ तथा ‘औपचारिक’ दुवै सहमतिमाथि भर परेर ०७१ माघ ८ को आसपासमै सत्ताको बागडोर सम्हाल्न पूरै तम्तयार बनेका ओली त्यतिबेला छाँगाबाट खसेजस्तो भए, जतिबेला कांग्रेसले संविधान बनाउने कुरालाई अल्मल्याइराखेर अरु एक–दुई वर्ष बित्दासम्म पनि सत्ताको नेतृत्व ओली र एमालेलाई नदिने खेल खेलिरहेको कुराको गुह्य थाहा पाए । कांग्रेसको यस्तो मनशाय र व्यवहार बुझेपछि ओली रिसले आगो भएका छन् । र, संविधान बने बनोस्–नबने नबनोस् अनि भावी सरकार जसको पोल्टामा परे पनि परोस् तर कोइरालालाई अब निमेषभर पनि सत्ताको नेतृत्वमा चाहिँ बस्न दिन्नँ भन्दै ओली बुरुक्क उफ्रेका छन् । उता ओलीले जतिसुकै घुर्की, फुर्ति र धम्की दिए पनि नगल्ने र नयाँ संविधान नबनी कुनै हालतमा सत्ताको नेतृत्वका एमालेलाई नसुम्पने निष्कर्ष कांग्रेसले निकालेको छ । ‘एमाले र ओलीजीहरुलाई राष्ट्रको निकास तथा नयाँ संविधान चाहिएकै होइन रहेछ, जसरी हुन्छ– प्रधानमन्त्रीको कुर्सी खालि गराउनु र त्यहाँ आफू पुग्नुमा मात्रै उहाँहरुको एकोहोरो ध्यान देखिन्छ’, कोइरालानिकट एक कांग्रेस नेताले भने– ‘ओलीजीहरु बाधक नबनिदिएको भए माघ ८ मै बनिसक्थ्यो संविधान । संविधान बनेपछि राष्ट्रपति–उपराष्ट्रपति, सभामुख–उपसभामुखसहित सरकार पूरै फेरिने सहमति त छँदै छ नि ।’ सत्ताको नेतृत्वमा आफैं बसेर पनि निर्धारित समयमा संविधान नबनाउने त तपाईंहरु नै होइन र भन्ने खबरडबलीको जिज्ञासामा ती कांग्रेस वरिष्ठ नेताले भने– ‘त्यो हुनुपर्थ्यो, सकिएन । हामी पनि पानीमाथिको ओभानो बने पन्छिन त मिल्दैन, पन्छिँदैनौं पनि । तर, तपाईंले यथार्थता बुझ्ने प्रयास गर्नुभयो भने संविधान बनाउन नदिने एमाले नै हो भन्ने कुरा सजिलै बुझ्न सक्नुहुन्छ ।’ ‘त्यत्रो लडाइँबाट आएको एमाओवादी र संविधानसभा बाहिरका अरु शक्तिहलाई धेरथोर सहमतिमा नल्याई कसरी बन्छ संविधान ?’ प्रतिप्रश्न गर्दै ती नेताले भने– ‘हामी सबैले धेरथोर त्याग गरौं, सहमति गरौं, निकास निकालेर संविधान बनाऔं र मुलुकलाई संक्रमणकालबाट मुक्त पारौं भनेर धेरै प्रयास गरेको हो कांग्रेसले । तर, माओवादीको नाम सुन्नासाथ उतर्सेर भाग्ने, बैठकमै नआउने र आइहाले पनि माओवादीका कुरा सुन्नै नसक्ने अनि कांग्रेस र एमाओवादी मिलेर हामीलाई सिध्याउने भए भनेर बच्चा झैं झस्कने को हो ? कांग्रेस हो ? होइन, ओलीजीहरु नै हो ।’ संविधानसभाको दोस्रो निर्वाचनमा लगभग बराबरजस्तै हैसियत प्राप्त गरेका कांग्रेस र एमालेबीच सत्ता भागबन्डाको विषयमा उतिबेलै चर्को झगडा परेको थियो । एमालेलाई पनि बराबरी हैसियतको प्रमुख पार्टीका रुपमा जनताले उभ्याइदिएपछि राष्ट्रपति र प्रधानमन्त्री दुवै पद कसरी कांग्रेसलाई दिन सकिन्छ भनेर दुई पार्टीबीच चर्केको झगडा अहिले फेरि बल्झिएको हो । भदौमा महाधिवेशन घोषणा गरेका कांग्रेस सभापति सुशील कोइरालाले प्रधानमन्त्रीको ‘पावर’ मा महाधिवेशन प्रभावित गराएर फेरि जित्ने आफ्नो इच्छा लुकाएकै छ्रनन् । त्यसलगत्तै दसैंतिहारजस्ता लामा चाडपर्व र बिदा आउने र हिउँदमा पनि संविधान लेखनको काम पूरा हुन नसक्ने बताइसकेको छ । छिटोभन्दा छिटो भएछ भने पनि २०७३ सालको जेठसम्म नयाँ संविधान बन्न सक्ने सम्भावना छ र नयाँ संविधान नबनी कुनै हालतमा कोइरालाले सत्ता नछाड्ने पक्कापक्की छ । कांग्रेसको यही मनोभावना र अप्रत्यक्ष खुलासा समेत बुझेपछि एमाले अध्यक्ष खड्गप्रसाद ओलीले संविधान घोषणा गर्ने नयाँ समयतालिका तत्काल सार्वजनिक गर्न दबाब दिए । ओलीको यो दबाबलाई कांग्रेस र प्रधानमन्त्रीले टेरपुच्छर नलगाएपछि ओली एमालेलाई सरकारबाट निकालेर कोइराला सरकार ढालिछाड्ने निष्कर्षमा पुगेको स्रोतको दावी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy