Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

देउवाको प्रस्ताव अोलीले ठाडै अस्वीकार गरेपछि प्रचण्डले गरे 'पुल'को काम

\"\"काठमाडौं, २७ असार । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको तीन दलको शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका लागि राखेको प्रस्ताव नेकपा एमालेले ठाडै अस्वीकार गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा अोलीले देउवाको प्रस्ताव ठाडै अस्वीकार गरेपछि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलाउनको निम्ति \'पुल\'को भूमिका निर्वाह गरेका छन् । संसदमा विचाराधीन संशोधन विधेयक पास गर्न सहयोगका लागि प्रमुख प्रतिपक्ष एमालेलाई आग्रह गर्दा ठाडै अस्वीकार गरेपछि प्रचण्डले दुई वटा विकल्प दिएका छन् । प्रचण्डको दुर्इ विकल्प यस्तो छ
  • दलहरुको सहमतिमै संविधान संशोधन प्रस्ताव बनाउने र पास गर्नेछ ।
  • अहिलेकै प्रस्तावलाई भोटिङमा लैजाने, सबैले परीणाम स्वीकार गर्ने, चुनावसम्म तेस्रो संशोधन प्रस्ताव होल्ड गर्ने र राजपालाई चुनावमा ल्याउन आवश्यक अन्य सबै माग पुरा हुनेछ ।
छलफलमा सत्तारुढ दलका नेताहरुले संसदमा दर्ता संशोधन विधेयकलाई प्रक्रियामा लगेर टुङ्गाएर चुनावमा जानुपर्ने आवश्यकतामा जोड दिँदै त्यसमा सघाउन प्रमूख प्रतिपक्षी दलका नेताहरुलाई आग्रह गरेका थिए । जवाफमा प्रमूख प्रतिपक्षी दल एमालेका नेताहरुले यथास्थितिमा संविधान संशोधन आवश्यक नरहेको धारणा राखेका थिए । बैठकमा संविधान संशोधन विधेयक, निर्वाचन क्षेत्र निर्धारण आयोग र तेस्रो चरणको स्थानीय तहको निर्वाचनबारे छलफल भएको माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ले जानकारी दिए । बैठकमा सहभागि एक नेताका अनुसार एमालेले चुनावसम्म संविधान संशोधन स्थगित गनुपर्र्ने अडान राखेको छ । बैठकमा प्रदेश र केन्द्रको चुनाव सकेपछि मात्र संशोधनबारे छलफल गर्न सकिने एमालेका नेताहरुले बताएका छन् । माओवादी नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा कुनै सहमति हुन नसकेपनि प्रचण्डले दुर्इ विकल्प दिएपछि राजपासँग छलफल गरेर फेरि तीन दलको बैठक बस्ने सहमति भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, एमाले नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुवास नेम्वाङ, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending