Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

दुई तिहाई नपुग्ने भएपछि संशोधनलाई थाँति राखेर मन्त्रीपरिषद् विस्तारमा लागे देउवा

\"\"काठमाडौं, २७ असार । संविधान संशोधनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको भर नहुने देखिएपछि विधेयकलाई मतदानमा तत्काल नलाने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीपरिषद् विस्तारमा  जुटेका छन् । यसअघि संविधान संशोधन गरेर मात्र मन्त्रीपरिषद् विस्तार गर्ने योजनामा रहेका प्रधानमन्त्री देउवा अहिले संशोधन पक्षमा राप्रपाभित्रै दुई फ्याक देखिएपछि तत्काल संशोधनलाई मतदान प्रक्रियामा नलाने भएका हुन् । केही दिनअघि बसेको राप्रपाको संसदीय दलको बैठकले संविधान संशोधनको पक्षमा निर्णय लिन नसकेपछि सरकारले प्रतिपक्षको सहयोगबिना दुई तिहाई मत पुर्‍याउन नसक्ने निष्कर्षमा पुगेको बालुवाटार स्रोतले जानकारी दिएको छ । राप्रपा एक ढिक्का नभएपछि संशोधनका लागि दुई तिहाई पुग्न कठिन रहेको छ । मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागबण्डा टुग्याउन कांग्रेस र माओवादी केन्द्रबीच गठित कार्यदललाई जिम्मेवारी दिइएको छ । कार्यदलमा कांग्रेसबाट नेताद्वय विमलेन्द्र निधि र रमेश लेखक रहेका छन् । त्यस्तै माओवादी केन्द्रबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र नेता वर्षमान पुन रहेका छन् । कार्यदलले आजैदेखि मन्त्रालय भागबण्डा मिलाउन काम शुरु गरेको स्रोतले खबरडबलीलाई जानकारी दिएको छ । पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता विमलेन्द्र निधिले संविधान संशोधनमा एमालेले समर्थन नगर्ने र दुईतिहाई नपुग्ने भएपछि संशोधन प्रस्ताव हाललाई अगाडि न बढ्ने भन्दै ट्वीट नै गरेका छन् ।  

संविधान संशोधनमा एमालेले समर्थन न गर्ने र दुईतिहाई न पुग्ने भएपछि उक्त संशोधन प्रस्ताव हाललाई अगाडि न बढ्ने भो।यसबारे आजै राजपा संग बैठक छ।

— Bimalendra Nidhi (@BimalendraNidhi) July 11, 2017
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending