केन्द्रीय सदस्य बधाई खादैमा व्यस्त भए तर ति केन्द्रिय सदस्यले कार्यकर्ता र जनस्तरमा पार्टी एकताको संदेश दिन र पार्टी ब्यबस्थापन गर्न पाएको जिम्मा चटक्कै बिर्सिदिए[caption id=\"attachment_142184\" align=\"alignleft\" width=\"250\"] लेखक[/caption] एकथरि कम्युनिस्ट (अहिलेका एमाले,माले ) हरु त्यों संबिधानको पक्षमा देखिए,भलै केहि गणतन्त्रमा जानुपर्छ भन्नेमा थिए भने,अर्काथरि कम्युनिस्ट(अहिलेका माओबादी ) हरु बिपक्षमा देखिए | अन्तत त्यो संबिधानको बिरुद्दमा लागेको एउटा तप्का माओबादीमा रुपान्तरित भयो, जसले दिर्घकालिन जनयुद्ध,सबिधान सभाबाट संबिधान र गणतन्त्रमा जान सकिने निस्कर्ष लिएर युद्दको तयारि गर्यो | जनयुद्द नेपाली भुमिमै,नेपालि अन्तर बस्तुमै जन्मिएको युद्द थिए | असमान राज्य नीति,छुवाछुत भेदभाव, संसदबादी दल र दरवारको असफल राज्य नीति र भारतीय हस्तक्षेपले जनताहरु आजित भैसकेको थिए | जनतामाझ एक प्रकारको लघुताभाष र हिनताबोध ले जरो गाड्न थालेको थियो | त्यहि समयमा माओबादी युद्दको आगो देशभरी सल्कदै थियो | युद्दको दौरानमा जे बाहिर देखिन्थे , जति बिबादहरु बाहिर देखिन्थे त्यति नै भित्र पनि थियो | माओबादी पार्टी भित्र बिभिन्न बिचार संघर्षहरुले जन्म लिए, फलत पार्टीभित्र बिभिन्न लाइन हरु देखा परे | अन्तत : माओबादीले शान्ति प्रक्रिया , संबिधान निर्माण र बहुदलीय प्रतिस्पर्धामा जाने नीति लियो | जसले गर्दा पार्टीको विधानमा संबैधानिक राजतन्त्र भएको कांग्रेस ,राजाबदी र गणतन्त्र बादीको मिश्रित समुह भएको एमालेलाई पनि गणतन्त्रको, र संबिधान सभाको बाटोतिर मोडिन महत्वपूर्ण योगदान गर्यो | २०६४ चैत्रमा संबिधान सभाको चुनाब भयो | माओबादीले अपेक्षा भन्दा बढी जित हासिल गर्यो | जसले माओबादी पार्टीभित्र नया उत्साह पैदा गरिदियो सँगसंगै पार्टी भित्र बिभिन्न घेराबन्दी , अबसरबादको जालो बिस्तारै फैलिन थाल्यो | प्रचण्ड नेतृत्वमा सरकार बन्यो , सरकारले जनमुखी कामहरु गर्दै थियो तर त्यो लामो समय रहन सकेन | माओबादीको जितको स्वाद चाख्न बिभिन्न अबसरबादीहरु लालायित थिए संगसंगै दक्षिण पनि माओबादीको उदय त्यति बिघ्न देख्न चाहदैनथ्यो | यस्ता कैयौ चुनौतीहरुलाई पार गर्न माओबादीलाई हम्मेहम्मे पर्यो | यो स्वाभाविक नै थियो किनभने युद्दको रापताप बाट आएको पार्टीलाई पुराना संसदबादी दलहरुलाई साथमा लिएर काम गर्न गाह्रो नै थियो | अझ अर्को प्रमुख समस्या त माओबादी भित्र देखिएको चरम बैचारिक संघर्षको थियो | सरकारबाट बाहिरीए संगै माओबादीले गरेको चरणबद्ध आन्दोलन , बन्द हडतालले माओबादीलाई बिस्तारै शहरमा अलोकप्रिय बनाउदै थियो किनभने यस अगाडी नै युद्दकालमा माओबादीले गरेका प्रमुख आक्रमणहरु सहरमै केन्द्रित थिए | यसले सहरका जनताप्रति माओबादी युद्दमा फेरी होमिने होकी भन्ने शंका उत्पन्न गरायो | माओबादीको प्रस्ट बाटो न कार्यकर्ताले ठम्याउन सके न त जनताले | अझ त्यो भन्दा बढी देशका बिभिन्न ठाउका कार्यकर्ता हरुमा नैराश्यता थप्ने काम यी चरणबद्ध आन्दोलनले गर्यो जुन कुराको समिक्षा माओबादी पार्टी भित्र हुन् सकेन | संबिधानसभा प्रति खासै चासो नराख्ने किरण र सकेसम्म शान्ति ,संबिधानको बाटोमा जानुपर्छ भन्ने प्रचण्ड ,बाबुराम बिचमा मतभेद देखापर्यो | जसले जनसेनाको उचित ब्यबस्थापन हुन् सकेन | पार्टी भित्र देखिएको दुइ लाइन संघर्षले जनसेनामा पनि केहि नैराश्यता र विभाजनको बिउ रोप्यो | यसै बिचमा बाबुराम बैधले धोबिघाट भेला गरि प्रचण्डलाइ अप्ठ्यारोमा पारे अन्तत बाबुराम सरकार प्रमुख बने | प्रचण्ड किरण र बाबुरामको नीतिलाई मिलाएर जाने प्रयत्न गर्दथे तर किरण बिद्रोह भन्दा अरु देख्दैन थिए यो बिबादको भयानक रुप शान्ति र संबिधान को बाटोमा हिडेको माओबादिमा देखा पर्यो | अन्तत २०६९ सालमा किरणले प्रचण्डलाइ समर्पण बादी र सम्झौता बादीको उपमा दिएर विद्रोहको बिगुल फुक्दै पार्टी फुटाए तर उनले बजाउन थालेको विद्रोहको बिगुल त्यति लामो समय सम्म टिकेन जुन बिगुल सुकाउने काम त्यहि भित्रका एक महत्वाकांक्षी नेता विप्लब ले गरे | बाबुरामको कार्यकालमा समायोजन त भयो तर न यो समायोजन माओबादीले सेनासंग गरेको बाचा अनुरुप भयो नत कुनै उल्लासमय नै बन्यो | बाबुरामले केहि जनमुखी काम र सेना समायोजन त गरे तर संबिधान सभा भने जोगाउन सकेनन | यस्ता बिभिन्न घटना ,पार्टी फुटको चक्रभ्युहमा फसेको माओबादी नेतृत्वले पार्टीको अवस्थालाई सहि मुल्यांकन गर्न सकेन | केन्द्रिय तहका र जिल्ला तहका नेताको हावादारी रिपोर्टिंगमा माओबादी नेतृत्व हौसियो , महत्वाकांक्षी २ तिहाइ बहुमत ल्याउने सपना देखेर सर्बोच्चको प्रधानन्यायधिसलाइ चुनाब गराउने साचो सुम्पने निर्णय गर्यो | शहर केन्द्रित नेताको विलाशी जीवनशैली ,अधिकतम युबा कार्यकर्ताको विदेश पलायन , सहरबजारमा माओबादीको अलोकप्रियता , पार्टी फुट र आफ्नै बिरुद्दमा लागेको किरण समुहको माओबादी पार्टीलाई ए.माओबादी नेतृत्वले नजरअन्दाज गर्यो | देशव्यापी चुनाबी सभामा भेला भएका जनताको उपस्थितिलाई आधार मानेर ए.माओबादीले बहुमतको सपना देख्यो जुन पुरा नहुने सपाना थियो,जो माओबादी वृत्तलाइ हेक्का नै भएन | जसले गर्दा माओबादिले अप्रत्यासित हार बेहोर्यो | संबिधान सभाबाट जनताले चुन्न पाउने कार्यकारी प्रमुख हुने साशाकिय स्वरुप लागु गराउन असमर्थ रह्यो | किरणले नया पार्टीको नेत्रित्व गर्न थालेपछि लालजोडी भनेर चिनिएका प्रचण्ड बाबुराममा पनि एक प्रचारको मतभेद त थियो नै तर पनि उनीहरु शान्ति र संबिधानको बाटोबाट बिचलित भएनन् | र संबिधान पनि जारि भयो तर त्यसबखत बाबुराम र प्रचण्ड बिचको विवादले उग्र रुप् लियो र फलस्वरूप लाल जोडीको सम्बन्ध विच्छेद भयो | प्रचण्ड जसरि पनि संबिधान जारी गर्नुपर्छ भन्ने पक्षमा भए बाबुराम १०० प्रतिशत सहमतिमा जारि गर्नुपर्छ भन्दै हिडे, अन्तत उनि पनि आफैले त्यति लामो समय गुजारेको पार्टीलाई भत्किएको घरको संज्ञा दिदै देशलाई समृद्द बनाउन नया शक्तिको आवश्यकता छ भंत्दै नया पार्टी खोल्न लागे | सैदान्तिक रुपमा उनले भनेका कुरा ठिकै भएपनि संक्रमणको गोल चक्करमा फसेको नेपालि राजनीतिक वृत्त मा यो ब्यबहारिक थिएन किनकि उनि स्वयं परिक्षण भैसकेका नेता थिए | जसले सरकारको नेतृत्व गर्दा समर्थन भन्दा बढी आलोचना झेल्नुपर्यो भलै केही दिर्घकालिन महत्वका कार्यहरु भने गरेरै छाडे तर पनि उनको नीति प्रति शंका नै रह्यो | जनयुद्द गर्नु अगाडी सरकार सामु उनले पेश गरेका ४० बुदा मध्ये ९ बुदा त भारत लक्षित थियो र उनको विधाबारिधि पनि नेपालको बिकासको प्रमुख बाधक भारतीय हस्तक्षेप हो भन्ने थियो तर उनको आकलन र ब्यबहार मा दरार देखियो | जबकि करिब अठार महिना सरकार प्रमुख रहदा सम्म पनि उनले भारत को बिरुद्दमा चुइक्क बोलेनन् बरु उनि नै भारत का एक बिश्वास पात्र बने , उनले अगाडी नै भनेका असमान सन्धि खारेजीको बारेमा आवाज नै उठाएनन् बरु उल्टै हतार हतार जस लिनलाइ बिप्प्पा सम्झौता गरे जसको सर्बत्र बिरोध भयो | यसरि अपेक्षा अनुरुप काम गर्न नसकेका बाबुराम नया शक्ति निर्माणमा त लागे तर उनले पार्टी ब्यबस्थापन लाई खासै महत्व दिएनन | प्राय आफ्नो हठ नत्याग्ने बाबुरामको नया शक्तिमा भलै केहि नया अनुहार त देखिए तर कार्यकर्ता लेभल सम्ममा त्यो बिरलै देखियो | उनको नया शक्ति केवल पुर्व माओबादीहरुको एक घटक जस्तो देखियो त्यसको परिणाम अझ स्थानीय तहको पहिलो चुनाब मै देखियो | बाबुराम आफ्नै जन्मथलो जहा बाबुराम अत्यधिक मतान्तरले बिजयी बनेका थिए त्यहि उनको पार्टी पराजित भयो अझ सहरी इलाकामा त एउटा गैह्र सरकारी संस्था जस्तो नारा बोकेको बिबेकशील पार्टीलाई जति पनि उनको पार्टीलाई जनताले पत्याइदिएनन् | यस्ता बिभिन्न चरणका पार्टी विभाजनले,अब्यबस्थित जनबर्गीय संगठनले थिलथिलो भएको माओबादीले स्थानीय तहको निर्बाचनमा आफ्ना आधार इलाकामा पनि लज्जास्पद हार बेहोर्यो | बादल लगाएत बिभिन्न घटकसंग पार्टी एकता गरेपनि मुख्य नेताको इलाकाबाट माओबादी नाराम्रोसंग पराजित भयो | पार्टी एकता बिबादरहित गर्नको लागि माओबादीले चार हजार भन्दा बढीलाइ पार्टी केन्द्रिय समितिमा बढुवा गर्यो जुन पार्टीको नीति र कार्यदिशा भन्दा उल्टो थियो | यो एकताले पार्टीको जिल्ला सदस्य बन्न काबिल कार्यकर्तालाइ पोलिट ब्युरो सम्म पुर्याइदियो | थप गरिएका केन्द्रीय सदस्य बधाई खादैमा व्यस्त भए तर ति केन्द्रिय सदस्यले कार्यकर्ता र जनस्तरमा पार्टी एकताको संदेश दिन र पार्टी ब्यबस्थापन गर्न पाएको जिम्मा चटक्कै बिर्सिदिए | दुध खान पल्केको बिरालो किन घर छाडेर जान्थ्यो भनेजस्तो शहरको आनन्दमा रमाई रहेका अधिकांश माओबादी नेता कार्यकर्ता संगठनको बास्तबिक धरातल बुझ्न गाउँ गएनन् अझ त्यो भन्दा अचम्मको कुरा त सहरमा बसेर कार्यकर्ता संगठित गर्न पनि असमर्थ भए | यसरि थोकथोकमा बिचालित नेता कार्यकर्ताबाट चुनाबमा जित देख्नु भनेको फलामको चिउरा चपाउनु जस्तै थियो | यस्ता ठुला साना कमजोरीले गर्दा नै माओबादिले चुनाबमा सोचेजस्तो नतिजा ल्याउन नसकेको हो | यदि यस्तै छलछाम पार्टी भित्र रहिरहने हो भने माओबादीले गोरखा , रुकुम रोल्पा जस्ता आफ्ना आधार इलाकाबाट अझै आफ्नो जनमत गुमाउने देखिन्छ | सहर बजारमा त माओबादिले ठुलै मेहनत गर्नु पर्ने देखिन्छ | हजारौको संख्यामा रहेको केन्द्रिय समिति बिघटन गरेर माओबादीले आफ्नो संगठन चुस्त दुरुस्त बनाउन सकेन भने मुलधारको राजनीतिमा आउन माओबादीलाई मुस्किल नपर्ला भन्न सकिन्न |
प्रतिकृया लेख्नुहोस्: