Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

यस्तो छ जाजरकोट महामारीको रामकहानी

जाजरकोट, अर्छानी गाविस वडा नं ५ की सुस्मिता जैसीको मृत्युपछि जाजरकोटका विभिन्न गाउँमा फैलिएको महामारी नियन्त्रणमा आउनुको सट्टा सन्त्रास थप्दै गइरहेको छ । संक्रमण सुरु भएको पैंक गाविसमा बिरामीको संख्या घटे पनि मजकोट, जगातीपुर, अर्छानीको तम्तीलगायत गाउँमा फैलँदै गएपछि त्यहाँका स्थानीय झनै क्रसित बनेका छन् । प्रभावित गाउँमा डाक्टर पुग्न सकेका छैनन् । पुगेर शिविर सञ्चालन गरेका गाउँमासमेत औषधीको अभाव छ । पैंकमा मात्र १० जनाको मृत्यु भइसकेको छ । प्रकोप प्रभावित क्षेत्रमा औषधी र डाक्टर नपुग्दा रोग फैँलदै गएको स्थानीय बताउँछन् । हालसम्म जिल्लामा तीन हजार बढिकोे उपचार गरिए पनि विभिन्न गाउँका ४ हजार भन्दा बढी बिरामीले उपचार पाएका छैनन् । महामारीबाट सबैभन्दा बढी प्रभावित टालेगाउँ, अर्छानी, जगतीपुर, मजकोटलगायत गाविसमा अहिलेसम्म सरकारी डाक्टर नपुगेको स्थानीय कालीबहादुर रावतले बताए । यहाँ स्वास्थ्य संस्थामा औषधी अभाव उस्तै छ । बिरामी औषधी किन्न मेडिकल धाउन बाध्य छन् । टालेगाउँ–२, जिन्ताउनकी मालिका शाही एक घण्टा हिँडेर स्वास्थ्य संस्था पुगे पनि त्यहाँ डाक्टरको पुर्जीअनुसार सबै औषधी नपाएको हुँदा मेडिकलबाट औषधी किने र खाने सल्लाह दिइएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘उपचारको आशले स्वास्थ्य संस्था आएँ तर औषधी मेडिकलबाट किन्नू भन्ने पुर्जी थमाएर पठाए ।’ विभिन्न निकायले सञ्चालन गरेका स्वास्थ्य शिविरमा पनि सामान्य अवस्थाका बिरामी मात्र आइरहेका छन् । गम्भीर प्रकृतिका बिरामी गाउँमै अलपत्र हुँदा स्वास्थ्य संस्था र शिविरसम्म आउन नसेकेको स्थानीयको गुनासो छ । अर्छानी–१, डाँडाराभौताका मधुकर जैसीले सिकिस्त बिरामी भएकाको बिरामीहरु अस्पतालसम्म जान नसक्ने बताएका छन् । सामान्य बिरामीले मात्र औषधी र उपचार पाएको उनले बताए । ‘गाउँमा दिनदिनै बिरामीहरु सिकिस्त हुने अवस्था बढ्दो छ तर डाक्टरहरु प्रभावित क्षेत्रमा पुगेकै छैनन्,’ उनले भने, ‘सिकिस्त बिरामी स्वास्थ्य शिविरसम्म पुग्न नसकेको कारण स्थिती झन् नाजुक बनेको छ ।’ गाउँमा एक–दुई दिन शिविर गरेर केहि नहुने भन्दै पूरै गाविसलाई पुग्ने औषधिसहित डाक्टर परिचालन गर्नुपर्ने धारणा व्यक्त गरे । पैंकमा जिल्ला अस्पताल, जाजरकोटका डा. विभान्त शाह नेतृत्वको टोलीले शिविर चलाइरहेको छ भने अर्छानीमा मिसन अस्पताल, चौरजहारीका डा. सुमन राई नेतृत्वको टोली एक दिने शिविर चलाएर सदरमुकाम फर्किएको छ । त्यसैगरी, नेपाली सेनाका डा. प्रणय कार्की नेतृत्वको टोली टालेगाउँका तीन ठाउँमा दुई दिने शिविर चलाएर फर्किएको छ । कार्की र राईले एक हजारभन्दा बढी बिरामीको उपचार गरे पनि गाउँमा संक्रमित संख्या दिनहु बढिरहेको छ । शनिबार अर्छानीमा नौ जना बिरामीमा स्वाइन फ्लुको लक्षण देखिएपछि नमुना संकलन गर्न नेपाली सेनाका डाक्टर अनिल डंगोलको टोली आइतबार त्यसतर्फ गई नमुना संकलन गरेको प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले बताए । सेनाले महामारी प्रभावित क्षेत्रमा शनिबार केही औषधी पु¥याएको बस्नेतले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयमा औषधी माग गर्दा पनि समयमा आपूर्ती नहुने अर्छानी स्वास्थ्यचौकीका इन्चार्ज कृष्णबहादुर रोकायाको गुनासो छ । उनले अहिले स्वास्थ्य चौकीमा १५ प्रकारका औषधी पनि नरहेको र भएका पनि थोरै मात्रामा रहेको बताए । गाउँमा बदलिएको मौसम र फोहरका कारण झाडापखालाको सम्भावना बढेको सेनाका डाक्टर प्रणय कार्कीले बताए । उनले अहिले प्रकोप फैलनुको कारण पनि सरसफाइको कमी र मौसममा भएको फेरबदल नै भएको बताए । गाउँमा फैलिएको रोगको प्रकोप हेर्दा यो समयमा झाडापखाला र हैजा हुन सक्ने धेरै सम्भावना बढेको उनले बताए । शनिबार जगातीपुरका स्थानीयमा ज्वरो आउने, रुघा लाग्ने, टाउको दुख्ने र हातखुट्टा झम्झमाउने समस्या देखिए पनि स्वास्थ्यकर्मी त्यहाँसम्म नपुगेको स्थानीय बासिन्दा केशवप्रसाद आचार्यले बताए । यस गाउँमा सयभन्दा बढी सर्वसाधारण महामारी संक्रमित भएको उनले जानकारी दिए । यता नायकवाडाको वडा नं ८, ९ मा बिरामीको संख्या ह्वतै बढेको स्थानीयले बताएका छन् । यहाँ कार्यरत डाक्टर गुणनिधी शर्मा विरामी परेर सदरमुकाम फर्केपछि यहाँ अहिले कुनै पनि स्वास्थ्यकर्मी नभएको बताइएको छ । सदरमुकामबाट तीनदिन पैदल हिँडेर जान सकिने ठाउँमा अहिले बिरामी बढेपनि स्वास्थ्यकर्मी छैनन् । धुम, ताँसीबाट नायकवाडाको स्वास्थ्य चौकी सिलीगीचार पुग्न पाँच घण्टा लाग्ने गरेको स्थानीय आकाश नेपालीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy