Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

यसरी अड्कियो माओवादी एकता

काठमाडौं, तीन माओवादी पार्टीका दोस्रो तहका नेताले सुरु गरेको पार्टी पुनर्गठन अभियान निष्क्रिय भएको छ। आजको अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ–पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एमाओवादी, मोहन वैद्य नेतृत्वको नेकपा(माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका दोस्रो तहका नेताले पार्टी पुनर्गठन अभियान सुरु गरेका थिए। ‘पार्टी एकताका लागि शीर्ष तहमा वार्ता चलिरहेका बेलामा अर्को अभियान किन चलाउनुपर्‍यो र ? ’ नेकपा (माओवादीका उपाध्यक्ष सीपी गजुरेलले भने, ‘साथीहरू भावुक भएर लाग्नुभयो। हाम्रो पार्टीको बैठकले त्यस्तो अभियानको योजना बनाउलाजस्तो लाग्दैन।’ वैद्य नेतृत्वको माओवादी बैठकले दोस्रो तहको नभई शीर्ष तहको पार्टी एकता वार्तालाई मात्र औपचारिकत दिने निर्णय गरेको छ । पुनर्गठन अभियानले जारी गरेको प्रतिबद्धतामा नयाँ कार्यदिशा बनाउनुपर्ने र विगतका कमजोरीको जिम्मेवारी लिनुपर्ने बुँदाप्रति वैद्य नेतृत्वको माओवादीले अस्वीकार गरेको छ। ‘पार्टी एकताका लागि सञ्चालन गरेको पहल सकारात्मक छ। तर त्यो पार्टी लाइनअनुसार मिलेन। हामीलाई हाम्रो कार्यदिशा सही लागिरहेको छ’ गजुरेलले भने, ‘माओवादी आन्दोलन अहिलेको अवस्थामा पुग्नुमा एमाओवादीको नेतृत्वले गरेको कमजोरीले हो। माओवादी आन्दोलनका सबै नेताको कमजोरीले होइन।’ पार्टीको बैठकमा कतिपय नेताले पुनर्गठन अभियान सञ्चालन गर्ने कुलप्रसाद केसी र हितमान शाक्यले पार्टी लाइनविपरीत अभियान सञ्चालन गरेको भन्दै उनीहरूमाथि कारबाही गर्नुपर्ने मागसमेत गरेका थिए। उक्त अभियानमा एमाओवादीका जनार्दन शर्मा र नन्दकिशोर पुन थिए भने चन्द नेतृत्वको माओवादीका धर्मेन्द्र बास्तोला थिए। अघिल्लो महिना उनीहरूले संयुक्त कार्यक्रम गरेर माओवादी आन्दोलन पुनर्गठन अभियान सञ्चालन गरिएको घोषणा गरेका थिए। ‘पार्टी एकताका लागि हामीले शीर्ष तहमा सातवटा बुँदामा छलफल गरिरहेका छौं। ती बुँदामा सहमति भएमा पार्टी एकता हुन्छ, सहमति नभएमा कार्यगत एकता हुन्छ’ गजुरेलले भने। सात बुँदामा अधिकांश सैद्धान्तिक विषय छन् भने एउटा कार्यनीतिक छ। वैद्य र प्रचण्ड नेतृत्वमा दुवै पार्टीका पदाधिकारी रहेको वार्ता समितिमा छलफल हुँदा कार्यनीतिक विषयमा दुवै पार्टीका नेता एक ठाउँमा पुग्न सकेका छैनन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: