Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

काठमाडौंलाई जाजरकोट किन दुख्दैन ?

भेरी अञ्चलको जाजरकोट पिछडिएको जिल्लामा पर्छ । राज्यको वर्गीकरण जस्तै अहिले ‘अज्ञात’ रोगका कारण ३० गाविस रहेको यो पहाडी जिल्ला झन् दर्दनाक दुखमा छ । अज्ञात भनिएको महामारीबाट तीन सातामा २५ जनाको मृत्यु भइसकेको छ । महामारी झन् फैलिरहेको छ तर, ४ हजारभन्दा बढीले अझै उपचार पाउन सकेका छैनन् । औषधीको चरम अभाव छ, रोग नियन्त्रणका लागि खटिएका सरकरका मन्त्री, कर्मचारी विदेश र देशको दौडाहमा छन् । सरकार प्रकोप नियन्त्रणको दावी गरिरहेको छ । तर, यसको ठीक उल्टो शनिबार थप तीन जनाले मुत्यवरण गर्न पुगे । केही ठाउँमा शिविर छन् तर, बिरामीहरु शिविरसम्म आउन सक्ने अवस्थामै छैनन् । अलिअलि पुगेको औषधी सदरमुकाम खलंगामा सीमित भएको छ ।
सिंहदरबारको शासन गर्ने सुशील कोइरालाले राज्यको करोडौं खर्च गरी निको भइसकेको क्यान्सरको फलोअप भन्दै पुनः लाखौ रकम बुझेको सार्वजनिक भइरहेको छ । यही बेला सामान्य एन्टिबायोटिकको अभावमा नागरिकले अनाहकका ज्यान गुमाउनुपर्दाको दुखद् अवस्थाले जनताप्रति राज्यको लापरवाहीलाई चरितार्थ गर्दछ ।
टाउको दुख्ने, सामान्य ज्वरो र हातखुट्टा दुख्ने जस्ता समस्या कम गर्ने सामान्य औषधी पुगेका छन् तर, महामारी रोकिने किसिमका एन्टिबायोटिक औषधीको अभावमा नागरिक अनाहकमा ज्यान गुमाउन विवश छन् । सँगै सिंहदरबारको शासन गर्ने सुशील कोइरालाले राज्यको करोडौं खर्च गरी निको भइसकेको क्यान्सरको फलोअप भन्दै पुनः लाखौ रकम बुझेको सार्वजनिक भइरहेको छ । यही बेला सामान्य एन्टिबायोटिकको अभावमा नागरिकले अनाहकका ज्यान गुमाउनुपर्दाको दुखद् अवस्थाले जनताप्रति राज्यको लापरवाहीलाई चरितार्थ गर्दछ । एउटा सामान्य कार्यक्रममा जान लाखौ खर्च गरी आधा दर्जन हेलिकप्टर चार्टर गरेर स्वइम प्रधानमन्त्रीको जम्बो टाली बाग्लुङ गएको विषय सेलाएको छैन । तर, जाजरकोटमा औषधीको चरम अभाव हुँदासमेत राज्यले दुई चारवटा हेलिकप्टर उडाउन लाचारी देखाइरहेको छ । जाजरकोटको पैंक गाविसमा बिरामी हुनेहरुको संख्या केही घटेको छ । पैंक गागिसमा मात्र १० जनाले ज्यान गुमाएका छन् । तर, जिल्लाका फरकफरक स्थानका  नायकवडा, अर्छानी, मजकोट, जगातिपुर जस्ता गाविसमा महामारी फैलिरहेको छ । शनिबार मात्र नायकवडामा २७ दिनकी नवजात शिशुसहित ३ जनाले ज्यान गुमाए । यसरी फैलिएको महामारी छिमेकी छिल्ला रुकुमसम्म पुगिसकेको छ । ८० जनाभन्दा बढी बिरामी पर्दा १२ जनाको अवस्था रुकुममा गम्भीर रहेको समाचार आइरहेको छ । तीन सातादेखि फैलिएको महामारीलाई मौसमी फ्लु र स्वाइन फ्लु भनिएको छ । तर, यसको पुष्टि गर्न राज्यले सकेको छैन । दुई लाख जनसंख्या रहेको जाजरकोटमा १५ वटा मात्र बेडको अस्पताल छ । महामारी बुझ्न गएका स्वास्थ्य मन्त्री खगराज अधिकारी बिरामीको अवस्था देखेर आत्तिदै फर्किए पनि उपचारको थप प्रभावकारी पहल गरेनन् । प्रधानमन्त्रीले बालुवाटार बोलाएर जानकारी माग्दा अधिकारीले गलत रिपोर्टिङ गरेको समाचार आएको छ । गत हप्ता नै बिरामीको परीक्षणका लागि नमूना संकलन गरेर ल्याएको रिपोर्टिङ प्रधानमन्त्रीलाई गरे पनि शनिबारमा हेलिकप्टरमार्फत स्वास्थ्यकर्मीको टोली नमुना लिन जाजरकोट पुगेको थियो । प्रधानमन्त्रलाई गलत रिपोर्टिङ गरेका उनले दोलखा पुगेर मिडियाले गलत प्रचार गरेको भन्दै रोग नियन्त्रणमा आइसकेको जिकिर गरे । जाजरकोट महामारी नियन्त्रणका लागि सरकारले बनाएको उच्चस्तरीय समितिका संयोजक मुख्य सचिव लिलामणि पौडेल यतिखेर पाकिस्तान भ्रमणमा छन् । उच्चस्तरीय समितिका संयोजक नै विदेश भ्रमणमा गएको भन्दै राजनीतिक दलका नेता र सामाजिक संजालमा सरकार गैरजिम्मेवार बनेको भन्दै तीव्र आलोचना भइरहेको छ । सीमित मात्रामा पुगेका डाक्टर र स्वास्थ्यकर्मी लामो समय काम गरेकोले थाकेको भन्दै सदरमुकाम खलंगा फर्किन थालेका छन् । महामारी क्षेत्रमा भएका थोरै स्वास्थ्यकर्मी पनि फर्कने र अरु नजाने हुँदा नागरिकले अनाहकमा ज्यान गुमाउन विवश छन् । सदरमुकाममा पुर्याइको औषधी पनि महामारी फैलिएका गाविससम्म पुग्न सकेको छैन । दिनभर हेलिकप्टरबाट औषधी र स्वास्थ्यकर्मी पठाउनुपर्ने भए पनि महामारी नियन्त्रणका लागि खटाइएका सरकारी उच्च अधिकृत अर्कै गोष्ठिमा लागेका छन् । जाजरकोट खटाइएइका स्वास्थ्य निर्देशक डा. राजेन्द्र पन्त एनजिओको गोष्ठिमा भाग लिन नेपालगञ्ज पुगेबाट पनि राज्यको लाचारी र गैरजिम्मेवारीपना थप झल्किएको छ । प्रधानमन्त्री बालुवाटारको आरामदायी कक्षमा बसेर विज्ञप्ती मार्फत महामारी नियन्त्रणको लागि कडा निर्देशन दिन्छन् तर, आफू मातहतका मन्त्रीको गलत रिपोर्टिङमा औंला उठाउन सक्दैनन । सचिव, कर्मचारीको लापरवाहीमा बोल्न सक्दैनन् । नेतालाई कार्यक्रम उद्घाटनका लागि लाने हेलिकप्टरलाई जाजरकोट पुर्याउन सक्दैनन् । चार वर्ष अघि झाडापखाला जस्तो सामान्य स्वास्थ्य समस्या कारण तीन सय भन्दा जाजरकोटबासीले अनाहकमा ज्यान गुमाए थिए । फेरि यसपटक मौसमी फ्लुका कारण नागरिकले अनाहकमा ज्यान गुमाउँदासमेत राज्य जिम्मेवार बन्न सकेको छैन । जाजरकोट महामारीबारे प्रतिपक्षी पनि मौन छ । समग्रमा सत्ताको केन्द्र काठमाडौं मौन छ । काटमाडौंलाई जाजरकोट दुखेको छैन । कहिले दुख्छ त्यो पनि थाहा छैन ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: