घाँसको डोको नफाल्दै वा काँधको कोदाली नओराल्दै जनयुद्धपछि बनाइएकी जीवनसंगिनी प्रचण्ड सरकारका पालामा जन्मिएको सन्तानको भविश्यप्रति करिवकरिव असम्भव रहेको आकांक्षा प्रक्षेपण गर्छिन् । ऊ यो सम्भव छैन भन्न सक्दैन । हिजो हजारौंका फौजले नखाएको सातो सन्तानको प्रेम र संगिनीका राता आँखाले खाइदिन्छ । लल्याकलुलुक हुँदै भित्र पस्यो, अभावको भोजन अमिलो बन्छ । निलौं, निल्न सकिँदैन, ओकलौं, ओकल्न मिल्दैन ।प्रचण्ड सर्वत्र तारो बनेका छन्, बाहिरदेखि भित्रसम्म । बेलाबेलामा उनकै भित्रबाट छिर्की हान्नेहरुको लामै लाइन छ । सबभन्दा बढी पीडा त आफन्तले नै दिन्छन् । पुराना केही बाक्लो दाल खाने अपेक्षामा बाहिरिएकाको रुवावासी एक उदाहरण मात्र हो । हो, प्रचण्डलाई मन पराउनेहरु बिहान उठेर मेलामा जाने, दिउँसो ठेला घचेट्ने र केही लाख चर्को ब्याजमा लिएर विदेश जानेहरु नै हुन् । यसो हुँदा नै उनी वर्गपक्षधरतामा चोखो देखिन्छन् । उनको पक्षमा चोकमा कोही भेटिँदैनन्, न त पत्रिका पसलमा न त चिया पसलमा । १० रुपैयाँको पत्रिका किन्ने उनका सर्मथकको ल्याकत छैन । भए पनि राजधानीबाट प्रायोजित रुपमा ११ नं का अक्षरमा छापिएका अक्षर फुटालेर तिनको अर्थ निकाल्ने औकात राखिँदैन । चोकको चिया पसलमा हिजो बुर्र्जुवा शिक्षा बहिस्कार गरेको एक अधबैंसे युवाले पत्रिकाको प्रयायोजित हावाको प्रतिउत्तर दिन सक्दैन । ऊ भिडको छेउमा ठिङ्ग उभिन्छ, ओली–भाषका पत्रिकाको टाउके अक्षर फुटाल्छ र तिनको आदर्शका रुपमा रहेको प्रचण्डको तस्बिरमाथि शंकाका विरुप धर्साहरु कोरेर फर्किन्छ । घाँसको डोको नफाल्दै वा काँधको कोदाली नओराल्दै जनयुद्धपछि बनाइएकी जीवनसंगिनी प्रचण्ड सरकारका पालामा जन्मिएको सन्तानको भविश्यप्रति करिवकरिव असम्भव रहेको आकांक्षा प्रक्षेपण गर्छिन् । ऊ यो सम्भव छैन भन्न सक्दैन । हिजो हजारौंका फौजले नखाएको सातो सन्तानको प्रेम र संगिनीका राता आँखाले खाइदिन्छ । लल्याकलुलुक हुँदै भित्र पस्यो, अभावको भोजन अमिलो बन्छ । निलौं, निल्न सकिँदैन, ओकलौं, ओकल्न मिल्दैन । त्यसै सुकेका हुन् र ? अर्को वाणी आँखाका डिलमा आँसु छल्काउँदै पोखिन्छ । के प्रतिउत्तर गर्नु ? यो सारा जिन्दगीको आधा हिस्सा त उनै हुन् भनेर चिसिनुको विकल्प रहँदैन ।
जुलुसमा पुग्यो– जुलुस साँघुरिएकै छ । जुलुसमा जो छन्, तिनले चिन्दैनन् । आफूलाई जुलुसमा अगाडिअगाडि दौडिएर भोको बाघ झैं डुक्रिन मन छ । अगाडिकाले भाटा लगाउलान् कि भने झैं गर्छन् । पछाडि जा भन्ने आदेश आइहाल्ला कि भन्ने आतंकले सडक किनारामा लुरुलुरु हिँडनुको विकल्प बनाइदिँदैन ।थाहा छ– आज जुलुस छ, प्रचण्डको आह्वानमा हुने । भित्रदेखि मन उम्लिएर आउँछ, उफानिँदै सडकमा पुग्न मन लाग्छ । जाऊँ बेलुकीको चिन्ता छ, नजाऊँ जिन्दगीको प्रतिबद्धता जल्छ । हतारहतार काममा गयो, आधा काम सक्यो र जुलुसमा पुग्यो– जुलुस साँघुरिएकै छ । जुलुसमा जो छन्, तिनले चिन्दैनन् । आफूलाई जुलुसमा अगाडिअगाडि दौडिएर भोको बाघ झैं डुक्रिन मन छ । अगाडिकाले भाटा लगाउलान् कि भने झैं गर्छन् । पछाडि जा भन्ने आदेश आइहाल्ला कि भन्ने आतंकले सडक किनारामा लुरुलुरु हिँडनुको विकल्प बनाइदिँदैन । जुलुसलाई कि पुलिसले निमोठ्छ, कि दुस्मनले गिज्याउँछ । विश्वास नभएपछि प्रीतवाद नहुँदो रहेछ । मजदुरजस्तो देखिएपछि सम्मान पनि पाइँदो रहेनछ । अनि हिजो सम्झेर थकथकाउनुको विकल्पै नहुने । जुलुस पछिको सभामा पनि कुनै ज्यान नै छैन । न हाइहाइ, न साइसाइ–सुइसुइ । नेताका बातमा नभएको दमले उत्साह स्वतः कम हुन्छ । अनि नआएको भए पनि हुने भन्दै काममा फर्क्यो । हिजो नमस्कार गर्ने ठेकेदारदे पहिल्यै हाजिर काटेर बसेको हुन्छ । केही करायो, केही चिच्यायो । कामबाट अलग्गिनु अनिवार्य बन्छ । हिसाब गर्यो– २ घन्टाको ५० रुपैयाँ बुझ्यो । अनि झोक्र्याउँदै चोकमा उभ्भियो ।
जुलुसलाई कि पुलिसले निमोठ्छ, कि दुस्मनले गिज्याउँछ । विश्वास नभएपछि प्रीतवाद नहुँदो रहेछ । मजदुरजस्तो देखिएपछि सम्मान पनि पाइँदो रहेनछ । अनि हिजो सम्झेर थकथकाउनुको विकल्पै नहुने । जुलुस पछिको सभामा पनि कुनै ज्यान नै छैन । न हाइहाइ, न साइसाइ–सुइसुइ । नेताका बातमा नभएको दमले उत्साह स्वतः कम हुन्छ ।घर जान मन छैन, चिया पसलमा कुरा सुन्न सकिँदैन । कुरो प्रचण्डकै छ । उनको कारण भएको यत्रो परिवर्तनमाथि अर्काकी बुहारीको ढोकाबाट दस पटक समातिएको पाँसुले दादाले आक्रमण गर्छ । भन्छ– प्रचण्डका दसदसवटा घर छन् । दसवटै भएका भए किन भाडामा बस्थेहोलान् भनेर चित्त बुझाउन खोज्यो, उनको वरिपरी रहिरहने केही आकारहरुका कारण यो तरिका पनि फितलो सावित हुन्छ । फलानो उस्तो, ढिस्कानो यस्तो, चोकमा गफ यिनै छन् । कुराको चुरो मओवादी नै हुन् । माओवादीलाई कोरिया गए पनि सुख छैन, खोरिया फाँडे पनि सुख छैन । चोकमा कसैको डनगिरीको कुरो चल्दैन । न त सुशील र केपीको उपचार खर्चमा गएको राष्ट्रको पाँच करोडको हिसाबकिताब खोजिन्छ । चोकका विद्वानहरुको भागमा जाजरकोटको महामारी र सरकारी उदासिनता उजेलिँदैन । बरु जनतालाई ऋण बोकाउँदै राष्ट्रको पैसोमा मृगौला फेरेका र जिब्रो पोलेकाहरुको दीर्घजीवनको भजन गुन्जयमान हुन्छ । कन्सिरीका रौं ताते पनि र प्रतिवादको रहर हुँदाहुँदै पनि तर्क नजानेर प्रतिवाद गरिँदैन । साँझले छोप्दै गरेपछि घर सम्झियो । छाक सम्झियो । चामल छैन, तेल छैन, सबैभन्दा ठूलो कुरो सन्तानको भागमा गुलियो छैन । पचास रुपियाँले केही आउँदैन । अँ, केही नआए पनि केही केही आउँछ । चालीस रुपियाँको दुई गिलास रक्सी रित्यायो, कमजोर ज्यान ज्यादा हल्लिन्छ । जति हल्लाए पनि यसले जीवनसंगिनीका अगाडि उभिने आँट दिन्छ । दस रुपैयाँको चक्लेट किन्यो र घर पुग्यो । नजानिँदो रुवाबासी चल्छ । कुरो उसले पनि बुझेकै छ । सन्तान चक्लेटले सुत्छे, आफू अत्यासले सुत्यो । सुत्दै गर्दा पनि एक पटक फेरि प्रचण्डलाई सम्झियो । उनी के गर्दै होलान् ? उनलाई निद आउँदो वा होइन ! यत्रा श्रापहरु र अपेक्षाहरुका बीचमा उनको मुटु कसरी धड्किँदो हो । खै, ज्यानले केही भेऊ पाएकै होइन । जे होस्, उनलाई एक पटक भेटन मन छ । तर, यो जञ्जाल र उनको घेराको अवरोधबीच.... खै, भेट हुन्छ कि हुँदैन ! थाहा छैन ।
प्रतिकृया लेख्नुहोस्: