Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

पत्रकार महासंघको विवाद पहिलो बैठकबाटै सतहमा छताछुल्ल

\"\"काठमाडौं । नेपाल पत्रकार महासंघको नवनिर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकबाट नै विवाद शुरु हुन थालेको छ । शुक्रवार पदभार ग्रहण गरेकै दिन बसेको पहिलो बैठकदेखि नै महाधिवेशनमा गठबन्धन गरेका संगठनबीच विवाद शुरु भएको हो । हिजो शुक्रवार बसेको पहिलो बैठकमा सचिव रामप्रसाद दाहालले केन्द्रिय समितिमा रहेका सबै साथीले प्रकाशक, व्यवस्थापक, लगानीकर्ता र राजनीतिक दलको केन्द्रदेखि तल्लो तह कमिटिसम्म कुनैमा रहेको भए राजीनामाको घोषणा गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव बैठकमा विशेष प्रस्ताव अध्यक्ष गोविन्द आचार्यले सबै सामूह राखे अनि पारित पनि भयो । तर महासंघका महासचिव रेमेश विष्टद्वारा जारी विज्ञप्तिमा उक्त निर्णय भने समावेश गरिएन् । सचिव दाहालको उक्त प्रस्ताव पारित भएर पनि विज्ञप्तिमा समावेश नभएपछि पत्रकार महासंघको सदस्यता शुद्धिकरण र महासंघलाई श्रमजीवी पत्रकारको पक्षमा जान नदिने गम्भीर षड्यन्त्र भएको आरोप लगाएका छन् । \"\" सचिव दाहालले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेका छन् ‘नेपाल पत्रकार महासंघको नवनिर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकमा मैले अध्यक्ष गोविन्द आचार्यलाई लिखित प्रस्ताव गरेको थिए कि केन्द्रिय समितिमा रहेका सबै साथीले प्रकाशक, व्यवस्थापक, लगानीकर्ता र राजनीतिक दलको केन्द्रदेखि तल्लो तह कमिटिसम्म कुनैमा रहेको भए राजीनामाको घोषणा गर्ने । त्यसलाई उहाँले बैठकमा विशेष प्रस्ताव भनेर सुनाउनु भयो र पारित पनि भयो । विज्ञप्ति जारी गर्दा यो निर्णय मुसाले खाएछ । यो पत्रकार महासंघको सदस्यता शुद्धिकरण र महासंघलाई श्रमजीवी पत्रकारको पक्षमा जान नदिने गम्भीर षड्यन्त्र हो । तसथै अब महासंघमा रहेका श्रमजीवी पत्रकारहरुले आवाज बुलन्द गर्ने दिन आयो ।’ पत्रकार महासंघका अध्यक्ष गोविन्द अाचार्यले अान्तरिक रूपमा सहमति भएको खबरडबलीलार्इ बताए । \'अान्तरिक रूपमा माइनट नै गरेर सहमति गरेका हाैं । एक खालको सहमति गरेपछि सबै अान्तरिक कुरा बाहिर नल्याएको अाचार्यले स्वीकार गरे । यसै विषयमा बुझ्न खोज्दा सचिव दाहालले भने फोन उठाएनन् । पत्रकार महासंघको महाधिवेशनमा नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन प्रेस युनियन र नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालबीच गठबन्ध भएको थियो । अध्यक्ष आर्चाय प्रेस सेन्टरका हुन् भने सचिव दाहाल प्रेस युनियनका हुन् । महासंघले जारी गरेको पहिलो विज्ञप्ति \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending