बैशाख १० गते, २०७२ बिहिवार 23rd April, 2015 Thu०७:३४:४६ मा प्रकाशित
दाङ– इन्टरनेट सिस्टमबाट बैंक खाताको रकम चोरी गर्ने गिरोहका \'मुख्य नाइके\'को आरोपमा प्रहरीले दाङका एक युवकलाई पक्राउ गरेको छ। बैंक खाताको रकम चोरी गर्ने गिरोहको नाइके रहेको आरोपमा लमहीका सञ्जय पौडेल पक्राउ परेका हुन्। उनलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिई केन्द्रीय अनुसनधान ब्यूरोलाई जिम्मा लगाइसकेको छ।
नागरिकमा खबर छ – ब्यूरोले केही दिन अघि बैंक खाताको रकम इन्टरनेटबाट चोरी गर्ने अभियुक्तको आरोपमा दाङकै जनक कार्कीलाई नियन्त्रणमा लिएको थियो। कार्कीको ठेगाना दाङ मात्रै उल्लेख गरिएको छ। कार्कीसँगको अनुसन्धानका क्रममा उनले आफू इन्टरनेट सिस्टमबाट रकम चोरी गर्ने गिरोहको सहयोगी मात्रै भएको भन्दै मुख्य नाइके मंगलबार पक्राउ परेका लमहीका पौडेल रहेको बयान दिए। कार्की कै बयानका आधारमा ब्यूरोले पौडेललाई नियनत्रणमा लिन लमही प्रहरीलाई पत्राचार गर्यो। ब्यूरोको पत्राचार अनुसार लमही प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
पौडेलले प्रहरीको प्रारम्भिक अनुसन्धानमा आफूले रकम चोरी नगरेको तर बैंक खाताको रकम चोरी गर्न सक्ने सफ्टवेयरको कारोवारी भएको स्वीकारेका छन्।लमहीमा \'रिहार इलेक्ट्रोनिक्सु पसल गरेका पौडेलले आफूले इन्टरनेटबाटै ह्याक गरेर बैंक खाताको रकम निकाल्न सकिने सफ्टवेयर बिक्री गरेको भएपनि आफूले रकम भने ननिकालेको बयान दिएका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनले \'बिट प्वाइन्ट\'नामक दुईवटा सफ्टवेयर अमेरिकाबाट खरिद गरि काठमाडौँमा ३० हजारमा बिक्री गरेको बयान दिएका छन्।
उनले यो सफट्वेयर मार्फत बैंकिङ सिस्टममा जान सकिने र बैंक खाताको रकम \'ट्रान्सफर\' गर्न सकिने सफ्टवेयर रहेको समेत बयान दिएका छन्। \'उसले बैंकको खाताको रकम ट्रान्सफर गर्न सकिने डेन्जर सफ्टवेयरको कारोवार गर्दो रहेछ,\' लमही प्रहरीका प्रहरी निरीक्षक लक्ष्मणबहादुर शाहीले नागरिकन्युजसंग भने \'यो सफ्टवेयरबाट बैंक खाताको पैसा निकाल्न सकिन्छ भनेर उ आँफैले स्वीकारेको छ।\' प्रहरीका अनुसार उनले प्रयोग गरेको सफ्टवेयर नेपालमा प्रतिबन्धित समेत रहेको छ। पौडेलले झण्डै दुई वर्ष अघि भारतमा आफूले कम्प्युटर सिक्ने क्रममा यो सफ्टवेयरको बारेमा सिकेको बताएका छन्।
झण्डै डेढ वर्षको भारत बसाइका क्रममा उनी बिट प्वाइन्ट नामक सफट्वेयरका बारेमा समेत पोख्त बनेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ। उक्त ज्ञान लिएपछि पौडेल भारतबाट घर फिरेको समेत खुलेको छ। भारत बसाइकै क्रममा अमेरिकाका एक व्यक्ति मार्फत आफूले दुईवटा सफ्टवेयर खरिद गरेको समेत प्रहरी समक्ष बयान दिएका छन्। \'अममेरिकाका एक व्यक्तिबाट यो सफ्टवेयर किनेर काठमाडौँमा बिक्री गरेको बयान दिएको छ,\' शाहीले भने \'यति खतरनाक मान्छेलाई समात्न सक्नु ठूलो सफलता हो।\' प्रहरीका अनुसार यो सफ्टवेयर इन्टरनेटबाटै खरिद बिक्री गर्न सकिन्छ। पौडेलले दिएको बयान अनुसार यो सफट्वेयर मार्फत कुनै पनि बैंकको खाता सम्म पुग्न सकिन्छ। अनि जुनसुकै खाताको रकम सोही बैंकको अर्को खातामा ट्रान्सफर गर्न सकिन्छ।
आफूलाई उक्त सफ्टवेयरको बारेमा ज्ञान भएको र बिक्री गरेको भएपनि यसको प्रयोगबाट आफूले रकम भने चोरी नगरेको पौडेलले बयान दिएका छन्। उनले आफूबाटै खरिद गरेको ब्यक्तिले आफ्नो \'सफट्वेयर अकाउन्टुदुरुपयोग गरेर रकम चोरी गरेको हुन सक्ने बताए। \' उसले आफूले बैंक खाताको रकम चोरेको छैन भनेको छ,\' शाही भन्छन् \'आफ्नो नामबाट कसैले गरेको हुन सक्छ भनेर बयान दिएको छ।\' शाहीले यो घटनालाई नेपालकै सम्भवतःपहिलो घटना भएको बताएका छन्। उता केहीदिन अघि पक्राउ परेका कार्कीले भने पौडेलनै यसको मुख्य नाइके भएको बयान दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: