Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

रासायनिक विषादीमुक्त खानीटार गाउँ

\"\"तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुंगाको खानीटारका अगुवा कृषक चन्द्र तिवारीले बालीनालीमा कुनै पनि रासायनिक मल र विषादी प्रयोग नगर्दा पनि उहाँका खेतबारीमा टमाटर, अकबरे खुर्सानी, केरा, स्याउ, सुन्तला, कागती लगायत फलफूल तथा तरकारी बाली राम्रैसंग फष्टाएका छन् । थोरै जमिनमा पनि उनले अरुलेभन्दा धेरै तरकारी तथा फलफूल फलाउँदै आएका छन् । तिवारीले उत्पादन गरेका तरकारी र फलफूलले मूल्य पनि राम्रै पाएको छ । ७ वर्षअघि रासायनिक मल र विषादीको प्रयोग छाडेर प्राङ्गारिक उत्पादन गर्ने अभियानमा लागेका उनले अहिले आफ्नो माटो, घर र गाउँलाई नै प्राङ्गारिक बनाएका छन् । प्राङ्गारिक खेती गरिरहेका उनले बारीको डिलमा मौरीका घार राखेका छन् । प्राङ्गारिक वस्तुको प्रयोगले महको माग पनि राम्रै भएको छ । आफूले थालेको प्राङ्गारिक उत्पादन, प्राङ्गारिक भान्सा र प्राङ्गारिक गाउँको अभियान अहिले सार्थक बन्दै गएको तिवारी बताउँछन् । उनी भन्छन्, “छिमेकीले पनि सुरुमा केके न गर्ने भइस् भने, एक÷दुई वर्ष उत्पादन पनि राम्रो भएन तर त्यसपछि राम्रो उत्पादन हुन थाल्यो ।” अहिले तिवारीले तरकारी, फलफूल र अलैँची खेतीबाट वार्षिक कूल रु सात लाखभन्दा बढी आम्दानी गरिरहेका छन् । रासायनिक मल र विषादी प्रयोग नगर्ने कृषक तिवारीका मल र विषादी पनि प्राङ्गारिक भएकाले उत्पादन प्राङ्गारिक हनुका साथै माटो बिग्रने र त्यो उत्पादन खाने मान्छेको स्वास्थ्यमा पनि असर नगर्ने भएकाले उनले थालेको ‘ प्राङ्गारिक उत्पादन, प्राङ्गारिक भान्सा र प्राङ्गारिक गाउँ’को अभियान गाउँभरि फैलिएको छ । उनकै सिको गरेर स्थानीय जापान कन्दङ्वाले पनि प्राङ्गारिक खेतीमै आकर्षित भएका छन् । “चन्द्र दाइले गरेको देखेर त्यस्तै गर्ने उद्देश्यले काम थालेको हुँ, अहिले मैले पनि कागती, अकबरे, टमाटर, च्याउ आदि खेती गरेको छु”– कन्दङवाले भने, तिवारीकोे उदाहरणीय काम देखेर जापान जस्तैः गाउँका युवराज कन्दङवा, प्रेम उप्रेती, मदन कन्दङवा र लक्ष्मी कन्दङवा पनि प्रभावित भएका छन् । उनीहरुमध्ये धेरैले गत वर्षबाटै आफ्नो जमिनमा अकबरे, कागती र अलैँची खेती लगाएका छन् । सबैको एउटै स्वर छ, अब गाउँमै व्यावसायिक रूपले प्राङ्गारिक खेती गरेर पैसा कमाउने । यी र यस्तै गाउँका ३१ जना युवालाई समेटेर खानीटार बहुउद्देश्यीय कृषक समूह बनाएको तिवारीले बताए । सामान्य लेखपढ गर्नुभएका तिवारीले गाउँलाई प्राङ्गारिक उत्पादन हुने गाउँका रुपमा चिनाउन थालेको अभियान सार्थक बन्दैछ । करिब ३५ घरधुरी रहेको खानीटार गाउँका अधिकांश घरधुरीले रासायनिक मल र विषादीको प्रयोग गर्न छाडेका छन् । आफूले देखेको सपनाजस्तै अबको गाउँको सबै कृषिजन्य उत्पादन प्राङ्गारिक हुने भएपछि कृषक तिवारी पनि दंग छन्। “मेरो सन्देशमूलक अभियान सफल हुन लागेकाले म पनि खुशी छु, उनले भने। रासायनिक मल र विषादीले कोही व्यक्तिलाई बेखुशी बनाएको उनको तर्क छ । विषादी भनेको विष नै हो, आफैँले खाने चीज बीजमा विष छर्न नहुने कृषक तिवारी बताउँछन् । अहिले गाउँका युवाले लगाएको खेतीसँगै प्राङ्गारिक मल बनाउने र प्रयोग गर्ने अभ्यास शुरु भएको छ । उनीहरुले जिल्ला कृषि विकास कार्यालय र देउराली सोसाइटी नामक गैरसरकारी संस्थाको सहयोगमा प्राङ्गारिक मल बनाउने, व्यावसायिक खेती तथा बजारीकरण कसरी गर्ने, भन्ने सम्बन्धमा तालीम र प्रशिक्षणसमेत लिएका छन् । अब अकबरे, तरकारी, फलफूललगायत बाली विशेष खेती प्रविधिसम्बन्धी तालीम आवश्यक रहेको युवा कृषक जापान कन्दङवाको भनाइ छ । रासायनिक विषादी प्रयोग नगर्ने गरेका उनीहरुले गाउँघरमै पाउने वनस्पति जस्तैः धतुरो, अदुवा, लसुन, बेसार, निमपात, घ्युकुमारी, सुर्ती, टिमुर, बोजो, तितेपाती, असुरो र सिस्नु आदिको मिश्रण गरेर जैविक विषादी बनाउने गरेका छन् । त्यसरी बनाएको विषादीले नै बाली नालीमा लाग्ने रोग किराको निदान गर्ने गरेको कन्दङवाले बताए ।रासायनिक मलको सट्टामा भने उनीहरुले गोठे मल प्रयोग गर्छन् । गोठे मलले नपुगे स्याउला र घाँसपातबाट पनि प्राङ्गारिक मल बनाएर प्रयोग गर्ने गरिएको स्थानीय बताउँछन् । “रासायनिक बस्तु अब प्रयोग नै नगर्ने हो, कृषक कन्दङवा भन्छन्, “हामी प्राङ्गारिक उत्पादनको स्वाद चखाउने नमूना गाउँ बनाउन चाहान्छौँ ।” गाउँका युवा मिलेर प्राङ्गारिक उत्पादन गर्ने, गाउँलाई घरबासका रुपमा विकास गरी पर्यटकको गन्तव्य बनाउने लक्ष्य राखेका यी युवालाई सरकारी निकायबाट भने कुनै सहयोग छैन । गाउँमा व्यावसायिक कृषिका लागि लगानी गर्ने रकम कुनै निकायबाट सहयोग भए आफूहरुलाई राहत मिल्ने उनीहरु बताउँछन् । गाउँमुनि निर्माणाधीन मध्यपहाडी लोकमार्ग छ । सडक भएर पाँचथरको फिदिम, इलाम र झापासम्म यहाँको कृषि उत्पादन निकासी हुन थालेको छ । सडकको पहुँच राम्रो भएकाले पनि गाउँमा प्राङ्गारिक उत्पादन गर्नसके बजारको कुनै समस्या नहुनेमा स्थानीय सन्तोष कन्दङवा बताउँछन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending