Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

सर्नेभन्दा नसर्ने रोगको जोखिम उच्च

\"\"काठमाडौं । पछिल्लो समयमा नेपाली समाजमा सर्नेभन्दा नसर्ने रोगको जोखिम उच्च हुँदै गएको छ । विश्व स्वास्थ्य संगठनले सन् २००० मा गरेको सर्वेक्षणअनुसार सर्ने रोग ७० प्रतिशत र नसर्ने रोग ३० प्रतिशत रहेकामा अहिले नसर्ने रोग बढेर ६० प्रातिशतभन्दा माथि र सर्ने रोग घटेर ४० प्रतिशतभन्दा तल झरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अस्पतालका बहिरङ्ग सेवामा सेवा लिन पुगेका बिरामीमध्ये ८१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोेत केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा नसर्ने रोग रोकथाम गर्न विशेष कार्यक्रम सञ्चालन नगरिए भयावह हुन सक्ने जानकारी दिइयो । मुटु, मिर्गौला, क्यान्सर, मधुमेह, रक्तचाप तथा श्वासप्रश्वासजस्ता रोगी पछिल्लो समय बढिरहेका छन् । शहीद गंगालाल हृदय रोग केन्द्रको अध्ययनमा १८ वर्षमाथिका वयस्कमा उच्च रक्तचाप २३ प्रतिशत रहेको छ । अर्कोतर्फ कूल मृत्युको ५१ प्रतिशत कारण नै नसर्ने रोग बनिरहेको छ । कुपोषण, मातृ तथा शिशुमृत्यु, सडक दुर्घटना तथा चोटपटकले हुने मृत्युको प्रतिशत ४९ मात्र छ । सर्ने तथा नसर्ने रोगबाट मृत्युका यी तथ्यांकले स्वास्थ्य सेवामा गम्भीर असर पार्नेसमेत विज्ञले जनाएका छन् । विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एशिया क्षेत्रमा नसर्ने रोगविरुद्ध सामूहिक रुपमा लड्न रणनीतिसमेत तयार गरेको छ । स्वास्थ्य मन्त्रालयले समेत नसर्ने रोग नियन्त्रण गर्न नीति बनाई कार्यान्वयनसमेत गरिराखेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies