चितवन, राजधानी र जाजरकोटमा स्वाइन फ्लुका कारण बिरामीको मृत्यु हुँदै गर्दा भयावह रुपमा फैलिएको यो रोगबाट यहाँका बासिन्दा भने बच्न सफल भएका छन् ।
गत माघ दोस्रो सातादेखि फैलिन थालेको यो सङ्क्रमण फागुन अन्तिमसम्म पुग्दा ज्यादै भयावह भएको थियो । क्रमशः बिरामीको सङ्ख्यामा कमी आएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसी स्वास्थ्य परीक्षणका लागि आउने बिरामी दैनिक २५/३० जनाबाट घटेर हाल तीन/चार जनामा झरेको बताएका छन् ।
पहिलेका नमुनाका कारण सङ्ख्या थपिँदै गए पनि सङ्ख्यामा निकै कमी आएको छ । जिल्लामा उपचारका लागि आएकामध्येबाट नमुना परीक्षणका लागि पठाइएकाबाट १८५ जनामा स्वाइन फ्लु प्रमाणित भएको छ । अठार जनाको नतिजा आउन बाँकी छ । तीमध्ये १५६ सङ्क्रमित चितवनकै रहेको केसीले बताउनुभयो । भरतपुर अस्पतालका डा भोजराज अधिकारी जिल्लामा मृत्यु नभएको, थप उपचारका लागि पठाउनु नपरेको र पुनः परीक्षणका लागि आउँदा बिरामी राम्रो निको भएको बताउँछन् ।
जिल्लामा आउने स्वाइन फ्लुका सम्भावित बिरामीको स्वास्थ्य परीक्षण भरतपुर अस्पतालमा मात्र हुँदै आएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विजय पौडेल सरुवा रोग नियन्त्रण र व्यवस्थापनमा भरतपुर अस्पताल सक्षम भएकै कारण बिरामीको मृत्यु हुन नपाएको बताउँछन् ।
जिल्लामा समुदायको चेतनास्तर बढी भएको र सरुवा रोगसँग लड्न सक्ने प्रतिरक्षा शक्ति चितवनका बासिन्दामा बढी भएकाले पनि उपचार सहज भएको उनले बताए । यसअघि डेङ्गो, निमोनिया जस्ता रोग नियन्त्रणमा पनि चितवन सफल भएको उनको भनाइ छ । अस्पतालमा मेडिकल विभागमा मात्र १३ र बाल विभागमा चार अनुभवी विशेषज्ञ चिकित्सक हुनु, चिकित्सक र स्वास्थ्यकर्मीलाई एक हप्तासम्म स्वाइन फ्लु रोगका विषयमा प्रशिक्षण दिइनु, अस्पतालमा सघन उपचार कक्ष हुनु, विशेषज्ञ चिकित्सकमा सरुवा रोग नियन्त्रणसम्बन्धी अनुभव हुनु, बिरामी रोगका बारेमा बुझाउन सक्नुलगायत कारण मानवीय क्षति नभई रोग नियन्त्रणका क्रममा ल्याउन सकेको मेडिकल सुपरिटेन्डेन्ट डा पौडेलले बताए ।
कुनै पनि सरुवा रोग सुरुमा चितवनमा देखिने गरेको र सरकारी अस्पताललाई सक्षम बनाउन सक्दा जनताले लाभ लिन सक्ने उहाँले बताए। छिमेकी देशबाट चितवन हुँदै आवतजावत बढी हुने र चितवनसहित सीमा क्षेत्रमा रहेका जिल्लाबाट बिरामी सुरुमा भरतपुर अस्पताल आउने क्रम पनि बढी छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख नरहरि चापागाईं प्रचार अभियान व्यापक बनाएपछि सुरुकै अवस्थामा बिरामी अस्पताल आउनाले पनि उपचार पद्धति सहज बनेको बताउँछन् । शङ्का लाग्नासाथ बिरामी आउनाले समयमा नै उपचार सम्भव भएको बताउँदै उनले अस्पताल, चिकित्सक, स्वास्थ्यकर्मी, सर्वसाधारणलगायत सरोकार भएकाहरुको संयुक्त प्रयासका कारण पनि रोग नियन्त्रण गर्न सफल भएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...



प्रतिकृया लेख्नुहोस्: