११ वर्षको बच्चाको तौल १९१ किलोः खाना खुवाउँदा नै टाँट पल्टिए परिवार
कार्तिक ९ गते, २०७४ बिहिवार 26th October, 2017 Thu१४:२४:४८ मा प्रकाशित
आवश्यकता भन्दा बढी खाएमा बिरामी भइन्छ भन्ने धेरैलाई थाहा छ । तर बिरामी नै खाना खानु पर्ने भएपछि परेन त फसाद ?
अहिले ११ वर्षीय आयराका बा आमालाई यही भएको छ । संसारकै मोटो बच्चा भनिरे चिनिने सोमान्त्री बस्ने आयराका बुवाआमा छोरालाई खाना खुवाउँदैमा गरीब भएका छन् ।
सोमान्त्री इण्डोनेशियाका हुन । अहिले उनको उमेर ११ वर्ष पुगेका छ । तर, उनको तौल भने १९१ किलो पुगेको छ । यो भनेको कल्पना पनि गर्न नसकिने तौल हो । तौलकै कारण न उनी स्कूल जान सक्छन्, न साथीभाईसँग खेल्न नै ।
पाँच जनाको खाना एक्लै
इण्डोनेशियन मिडियामा प्रकाशित समाचार अनुसार, उनलाई अब भने बस्न समेत अप्ठ्यारो परेको छ । उनको हेरचाहका लागि मात्रै दुई जना को ड्यूटी लागेको हुन्छ ।
उनका बुवाका अनुसार, सोमान्त्राले पाँच जनाले खाने बराबरको खाना एक्लै खाने गर्छन् । खाना ढिला भयो या पाइएन भने रुने कराउने उनको बानीले झनै हैरान छन् परिवारका सदस्यहरु ।
राति पनि खानुपर्ने
अचम्म त के छ भने सोमान्त्रालाई दिउँसो खाएर मात्रै पुग्दैन । उनको खानामा माछामासु, तरकारी, चामल, दूध र कोल्ड ड्रिङ्क्स आदि हुने गर्दछ । सोमान्त्राका बाब आमाले उनको तौल बढ्न थालेपछि डाक्टरहरुसँग समेत सल्लाह गरे । त्इसपछि उनको डाइटमा कमी गरिएको छ । साथै उनलाई दैनिक कसरत पनि गर्न लगाइएको छ । दुई सय किलो बढी तौल पुगिसकेका उनी अहिले भने १९१ किलोमा झरेका हुन ।
कपडा नै भेटिन्नन बजारमा
अर्को समस्या उनले लगाउने लुगाको छ । सामान्यतः ११ वर्षका बच्चाका लुगा त उनको हात खुट्टामा समेत अट्दैनन् । यस्तोमा उनको साइजका कपडा त पाउने कुरा नै भएन । अहिले दुई तीन जनालाई पुग्ने कपडा किनेर उनको घरमा नै कपडा सिलाउने काम गरिएको बताइन्छ ।
खाना किन्दैमा हैरान
पाँच जनाको खाना एक्लैले खाने आयराको परिवारलाई अब उनलाई खाना खुवाउने सबैभन्दा ठूलो चिन्ता लाग्ने गरेको छ । हरेक पटक हेरचाहका लागि मानिस चाहिने र खाना चाहिने भएपछि छाक टार्नसमेत उनीहरु गारो पर्ने अवस्थमा पुगेका छन् । न त उनीहरु काममा नै जान पाउँछन् ।
चिकित्सकहरुले भने यसरी मोटापा बढ्दै गएपछि आयराको स्वास्थ्यमा गम्भीर समस्या देखा पर्न सक्ने बताइरहेका छन् । खानाकै कारण उनको मृत्यु समेत हुन सक्ने चेतावनी केही चिकित्सकले दिएका छन् ।
समाचार अनुसार, सानो छँदा भएको अपरेशन पछि उनको तौल असमान्य तरिकाले बढ्न थालेको हो । यो विषय चर्चामा आएपछि अहिले संसारका बिभिन्न कुनाबाट आयराको स्वास्थ्यका बारेमा चासो लिन थालिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: