Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

भकम्पमा परि काठमाडौंमा धनकुटाका ७ को ज्यान गयो, काठमाडौंमा ज्यान गुमाउने पूर्वेली बढ्दो

धनकुटा, शनिबार आएको भुकम्पमा परि काठमाडौंमा धनकुटाका ७ जनाको ज्यान गएको पुष्टि भएको छ । धरहरा चढ्ने क्रममा परेवादिनका सिंगापुर पुलिसमा कार्यरत ४३ वर्षीय याम बहादुर तुम्बाहाम्फे र उनका १५ वर्षीय भाञ्जा सञ्जु लिम्बूको ज्यान गएको स्थानीय सिधुवा बजारका व्यवसायी केदार श्रेष्ठले बताए । लिम्बू छुट्टी मनाउन नेपाल आएका थिए । आइतबार नै उनको सिंगापुरका लागि उडान थियो । त्यसैगरी उनीसँगै घुम्न गएका उनका साथी सिंगापुर पुलिस मै कार्यरत तेह्रथुमको ओख्रेका पीताम्बर तिगेला, उनकी भतिजी कौशीला लिम्बू, छोरा प्रवास लिम्बू र उनकी नाम नखुलेकी श्रीमतीको ज्यान गएको परेवादिनका युवा बलदिप राईले बताए । यसैगरी धनकुटा पोल्टी व्यवसायी संघका अध्यक्ष धनकुटा नगरपालिका-८ सान्ताङका अगेन्द्र आठपहरीयाको पनि काठमाडौंमा ज्यान गएको संघका धनकुटा उपाध्यक्ष मुना कट्टेलले बताए । निर्माण व्यवसायी समेत रहेका आठपहरीया काठमाडौं जाने क्रममा भुकम्प जाँदा त्रिभुवन विश्वविद्यालयको गेटले ट्याक्सी भित्रै किचेर ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ । यस्तै,  शनिबार गएको भुकम्पमा परि पूर्वका धेरै जनाको राजधानीमा ज्यान गएको छ । काठमाडौ घुम्न गएका झापा बाहुनडाँगी(६ का मनिषा रिजाल, नाम नखुलेका उनका श्रीमानको धरहरा चढ्ने क्रममा शनिबार ज्यान गएको छ । यस्तै दमक(१२ का उमेश लामिछानेको पनि धरहरा चढ्ने क्रममा ज्यान गएको स्थानीय शेरबहादुर बस्नेतले जानकारी दिए । अमेरिकामा रहेकी श्रीमतीले भिसा पठाएपछि लामिछानेले आइतबार बेलुका अमेरिका जाने टिकट लिएका थिए । त्यसैगरी, मोरङको पथरी शनिश्चरेको स्थित मिलन चोक माइती भएकी मथुरा तिम्सिना काठमाडौंमा ज्यान गएको उनका बुबा एकराज तिम्सिना ‘राजन’ ले बताए । सुनसरीको धरान घर भइ हाल बस्दै आएका घनश्याम अग्रवालको शनिबारको भुकम्पमा छिमेकीको पर्खालले किचेर काठमाडौंमा ज्यान गएको छ । उनका भाइ पवन घाइते भएको नेपाल(भारत मैत्री संघका केन्द्रीय सदस्य राजु अग्रवालले जानकारी दिए । यस्तै धरान(१५ का पीताम्बर तिगेला, उनकी श्रीमती बुधमाया लिम्बू, छोरा प्रवेग तिगेला, भतिजी कौशीला तिगेलाको सुनधाराको धरहरा चढ्ने क्रममा ज्यान गएको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies