Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

सडकमा थुप्रिएको फोहर उठाउन सुरु

काठमाडौं, काठमाडौं महानगरपालिकाले सडकमा थुप्रिएको फोहर बुधबारदेखि उठाउन सुरु गरेको छ । शनिबार गएको प्रलयकारी भूकम्पका कारण महानगरपालिकाले फोहर व्यवस्थापनमा नियमितता दिन नसक्दा सडकमा सङ्कलन भएको फोहर व्यवस्थापन हुन सकेको थिएन । त्यसैगरी भूकम्पको त्रासले अस्तव्यस्त बनेको काठमाडौंको जनजीवन तथा सुरक्षाका लागि खुला ठाउँमा बनाइएका शिविर आसपास क्षेत्रबाट पनि फोहर जथाभावी थुप्रिएको थियो । सडकमा जम्मा भएका फोहरले दुर्गन्ध फैलाउँदै जान थालेकाले बटुवा तथा पैदलयात्रीलाई समस्या परेको थियो । टुँडिखेलमा सुरक्षाका लागि शिविर बनाएर बसेका सर्वसाधारणबाट जम्मा भएको फोहर भने महानगरपालिकाले व्यवस्थापन गरिसकेको र अहिले घरघरमा थुप्रिएको फोहर भने व्यवस्थापन गर्न बाँकी रहेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका वातावरण व्यवस्था महाशाखाका प्रमुख रवीनमान श्रेष्ठले समयमा फोहर व्यस्थापन नभए वातावरण तथा मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले त्यसको व्यवस्थापन गर्न लागिएको बताए । उनले बौद्ध, जोरपाटी, नयाँबानेश्वरलगायतका स्थानबाट करिब एक हजार मेट्रिक टन फोहर उठाएर टेकुस्थित फोहर सङ्कलन केन्द्रमा जम्मा गरिएको बताए । काठमाडौँका विभिन्न सडकमा जम्मा भएको सम्पूर्ण फोहर व्यवस्थापनको कार्य सम्पन्न गर्न तीन-चार दिन लाग्ने बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: