Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

त्रिपालमुनि घरजम

काभ्रे, मोटरसाइकलबाट ओर्लेर बेहुला नारायण तिवारी महादेवस्थान मन्दिर छिरे । छेवैको घरबाट बेहुली अमिता नेपाल सर्यासक सर्या क हिंड्दै आइन् । अमिता त दुलही भेषमै सजिएकी थिइन् । नारायण भने ज्याकेट, जिन्स पाइन्ट र स्पोर्टस् सुजमा ठाँटिएका थिए । शनिबारको भुइँचालोमा उनका सबै लुगाफाटा काभ्रे महादेवस्थान– ४ स्थित घरमा पुरिएका थिए । त्यसो त अमिताको घर पनि कहाँ सद्दे थियो र ? आजको कान्तिपुर दैनिकमा बसन्त बस्नेत लेख्छन् – बेहुलाबेहुलीले मायाको चिनो साटे । पुरोहित शम्भुप्रसाद गुरागाईंले मन्त्र पढ्दै आशिष दिए । बिहेका सबै रीत पुर्यासएपछि अमिता र नारायण भुइाचालोपछिको नयाँ जीवनमा प्रवेश गरे । महाभूकम्पले सर्वाधिक क्षति गरेको सिन्धुपाल्चोकसँग जोडिएको यो गाविस स्वयंका कुनै घर सद्दे छैनन् । भलै जीवनको नोक्सानी खासै भएन । भत्केका घरभित्र पुरिएका सम्पत्ति, यो दृश्य बिर्साउने गरी अहिलेसम्म कतैबाट कुनै राहत पुगेको छैन । दुलहीकी काकी लीलाले भनिन्, ‘जे नहुनु भइगयो, घरैमा धुमधाम बिहे गराउने रहर थियो, दुवै पक्षको घर भत्किएपछि मन्दिरमा आइयो ।’ बुधबार बिहे हुने छिनोफानो भूकम्पअगावै भइसकेको थियो । जब घरै उठाउने गरी जमिन थर्कियो, नारायणले पहिले आफ्ना परिवार सुरक्षित भएनभएको टुंगो गरे । घर र धनमालबाहेक अरु सबै ठिकठाक छन् भन्ने पक्का भएपछि वडा नं ३ मा रहेको अमिताको घरतिर कुदे । सबैभन्दा पहिले अमिताकै उद्धार गरे, त्यसपछि अरुको । अमितालाई भने यी सब घटनाको कुनै पत्तो भएन, किन र ? ‘लौ, म त होसमै थिइनँ नि,’ बेहुली अमिताले अप्ठेरो मान्दै सुनाइन्, ‘पछि पो सबै कुरो बुझियो ।’ बिहेमा दुवैपक्षका गरी १८ जना जति जन्ती थिए । भाइको बिहेका लागि मन फुकाएर तयारी गर्दैगरे पनि भुइँचालोले सर्वनाश गरेको बेहुलाका दाजु बद्रीले खिन्न हुँदै बताए । जेहोस्, बिहे सकियो । बेहुलाले बाइक स्टार्ट गरे । बेहुली शर्माउँदै पछाडि बसिन् । बिहेको पहिलो रात कहाँ बित्नेछ भनी यो जोडीलाई प्रश्न सोध्नु निरर्थक हुन्थ्यो । किनकि भूकम्पले भत्किएको घरछेउ टाँगिएको पालमा दाम्पत्य जीवनको सुरुवात हुने निश्चित थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending