Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

भूकम्पमा ज्यान गुमाउनेका परिवारलाई ३ लाख राहत दिइओसः एमाओवादी

काठमााडौं, विनासकारी भूकम्पले हजारौंको ज्यान लिएको बिहीबार छैठौँ दिन प्रमुख प्रतिपक्षी दल एमाओवादीले प्रति मृतक ३ लाखका दरले परिवारलाई राहत उपलब्ध गराउन सरकार समक्ष माग गरेको छ । बिहीबार एमाओवादी संसदिय दलको कार्यालय सिंहदरवारमा पत्रकार सम्मेलनको आयोजना गरी उसले भूकम्प पिडितहरुका लागि राहत प्याकेज सहित प्रकृति हेरी आवासको क्षति हुने परिवारलाई ५ देखि १० लाख नगद उपलब्ध गराउन माग गरेको छ । महाभूकम्पमा सहयोग गर्ने मित्रराष्ट्रहरुलाई आभार तथा धन्यवाद दिँदै उसले मित्रराष्ट्रबाट आएको सहयोगको उचित व्यवस्थापन गर्न सरकार समक्ष आग्रह गरेको छ । प्रमुख विपक्षी दल एमाओवादीले उद्धार, राहत र तात्कालिन पुनस्थापनाको कामलाई प्रभावकारी, पारदर्शी र विभेदरहित तल्याउन सरकारको नेतृत्वमा केन्द्र जिल्ला र स्थनिय तहसम्म सर्वदलीय संरचना बनाउनु पर्नेमा जोड दिएको छ । उसले भूकम्प पिडितहरुको उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउन आकास्मिक र छोटो समयका लागि व्यवस्थापिका संसदको बैठक बोलाउन माग गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पुननिर्माणको योजनालाई अगाडि बढाउन केन्द्रीय पुननिर्माण आयोगको समेत गठन गर्नुपर्ने बताए । ‘हामीले राष्ट्रमा भएको क्षतिलाई पुननिर्माण गर्न केन्द्रीय पुननिर्माण आयोगको गठन गरिनु पर्छ भन्ने ठान्छौं ।’– उनले भने । उनले पत्रकारहरुसँग घाइते तथा अपाङहरुलाई एक लाख दिइनु पर्ने धारणा राखे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending