Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

'मेरो खुसी ५६ सेकेन्डमै खोस्यो महाभूकम्पले'

काठमाडौं, यही वैशाखमा दुई वर्ष भयो डेरा सारेको उनले। गोंगबुमा महिनौं खोज्दा पनि डेरा नपाएपछि सुरिलो पाँचतले घरको भुइँतलामा डेरा सरेका थिए, टुकबहादुर सुनार। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ– पछिल्लो समय काठमाडौंमा डेरा पाउन सहज छैन। त्यही भएर डर लाग्दालाग्दै पनि उनी साढे तीन आनामा बनेको पाँचतले घरको भुइँतलामा डेरा सरेका थिए। नो परिवार सुखी परिवारु थियो उनको( पत्नी, एक छोरा र एक छोरी। नेपाली समाजमा एक छोरा र एक छोरीलाई जैविक रूपमा मात्रै होइन सामाजिक र सांस्कृतिक रूपमा पनि खुसी र सुखी परिवार मानिन्छ। तर उनको यो खुसी ५६ सेकेन्डमै खोस्यो शनिबारको महाभूकम्पले। न्युरोडको बाराही ज्वेलर्समा काम गर्दै आएका उनी शनिबार बिदा भए पनि विवाहको लगनको कामले कारखाना गएका थिए। कारखाना पुगेर काममात्रै के थालेका थिए उनले भूकम्पले देशै हल्लायो। भूकम्प रोकिन नपाउँदै सबैभन्दा पहिला पत्नीको मोबाइलमा फोन गरे उनले। तर प्यारी पत्नीको स्वर सुन्न आतुर टुकबहादुरले \'तपार्इंले डायल गर्नुभएको नम्बरमा अहिले सम्पर्क हुन सकेन कृपया केही समयपछि पुनस् प्रयास गर्नुहोला\' भन्ने आवाजमात्र सुने। टेलिकमले भनेजस्तै धेरैपटक उनले पुनः प्रयास गरे। तर पत्नीको आवाज उनले सुन्न पाएनन्। फोन नलागेपछि उनी हतारहतार न्युरोडबाट हिँडेर डेरामा गए। जब डेरा भएको घरको हालत देखे, उनी सडकमै लडे। \'शनिबारदेखि आजमात्रै मैले होस पाएको छुु, तीनदिने काजकिरिया गर्न तयार भएर बसेका टुकबहादुरले शुक्रबार दिउँसो अन्नपूर्णसँग भने, \'मेरो पीडा र मैले भोगेको दुसख व्यक्त गर्ने कुनै शब्द नै छैन, म को हुँ, के गर्दै छु, के भएँ अझै पनि सपनाजस्तै लागिरहेको छ, अझैसम्म पत्याउनै सकेको छैन त्यो घटना।\' त्यो पाँचतले घर पूरै ध्वस्त छ। तर पनि उनले विश्वास गरेका छैनन्, ६ वर्षको छोरा निश्चल, १४ वर्षीया छोरी नेहा र ३५ वर्षीया पत्नी शर्मिला त्यही घरमा थिचिएका छन् भनेर। \'बाहिर कतै गएका छन्, आउलान् कि भनेर दायाँबायाँ धेरैपटक हेरेुं, उनले भने, \'तर कोही आएनन्, कहिल्यै नआउने गरी गएँ, मलाईमात्रै किन बचाएका होलान्।\' ध्वस्त घरको भुइँतलामा डेरा भएकाले उनले भग्नावशेषका सबै प्वालबाट चिहाउन थाले, छोरा, छोरी र पत्नीलाई। पत्नीलाई कपडाले नै चिने उनले। त्यसपछि उनी होसमा आउनै सकेनन्। उनको सानो परिवारका साथै मामा घर आएका भान्जा दीपेन्द्र र भतिजा प्रकाश पनि सोही घरमा थिचिएका थिए। उनीहरू पनि कहिल्यै नफर्कने गरी गए। पत्नीको स्वर सुन्‍न आतुर टुकबहादुरले फोनमा \'कृपया केही समयपछि पुनस् प्रयास गर्नुहोलाु भन्‍ने आवाजमात्र सुने। उनको पत्‍नीको आवाज सधेका लागि बिलाइसकेको थियो। गोंगबुचोकबाट करिब चार सय मिटर गणेशथान जाने बाटाको दाहिनेपट्टि अहिले बाटो हिँड्ने जोकोहीले पनि केहीबेर अडिएर भगनावशेष भएको सो घर हेरेर लामो सास फेर्छन्। त्यही घर हो जसले टुबहादुरको सबै खुसी खोस्यो र एक्लो बनायो उनलाई। पूरै परिवार गुमाएर एक्लो बनेका टुकबहादुरले वरिपरिका घर सग्लै रहँदा पनि आफैं बसेको घर किन भत्कियो भन्ने खोजबिन गर्न थालेका छन् अहिले। उनी न सिभिल इन्जिनियर हुन् न भूगर्भविद्। काठमाडौंका उच्च घरानाकाले ठूलाठूला पार्टीमा पहिरिएर आफ्नो सुन्तरता प्रदर्शन गर्छन्। उनलाई कति आनामा कति तले, कुन प्रविधिबाट कस्तो सिमेन्ट र डन्डी प्रयोग गर्नुपर्छ घर बनाउँदा भन्ने वैज्ञानिक ज्ञान पनि थाहा छैन। तर महानगरपालिकाजस्तो ठाउँमा पाँचतले त्यसमा पनि साढे तीन आनामात्रै जग्गामा पिल्लर नहाली घर बनाउन हुँदैन भन्ने सामान्यज्ञान भने छ उनलाई। \'सुरुमा हामीलाई पनि थाहा थिएन, तर अहिले बुझ्दा त्यति अग्लो घरमा पिलरै हालेको रहेनछु, उनले डेरा सरेकोमा पछुताउँदै भने, \'यो कुरा पहिला नै थाहा पाएको भएँ मेरो परिवार बचाउन सक्थें की।\' सरकारले काठमाडौं उपत्यकामा पिल्लरबिनाको घर बनाउन अनुमतिनै दिँदैन। घर बनाउनुअघि नक्सा पास गर्नुपर्छ। नक्सा पास गर्न जग्गाअनुसार कति तले कस्तो घर बनाउने भन्ने सबै कागजात नगरपालिकामा बुझाउनुपर्छ। तर १७ जनाको ज्यान लिएको सो घर महानगरपालिकाले तोकेको मापदण्डविपरीत बनेको रहेछ( बिनापिल्लर। घरधनी लक्ष्मण श्रेष्ठले भाडा खानकै लागि मापदण्ड पूरा नगरी पाँच तला ठडाएका रहेछन्। \'ज्यानमारा घरबेटीले धेरै परिवारलाई टुहुरो बनायो\' पीडैपीडामा टुकबहादुरले आक्रोश पोखे, \'यति ठूलो शोकलाई न भौतिक र आर्थिक क्षतिपूर्तिले राहत दिनसक्छ न कानुनले न्याय नै दिन सक्छ।\' टुकबहादुरका परिवारसहित सोही भवनमा पुरिएर १७ जनाले ज्यान गुमाए। तर अझै चारजनाको शव निकाल्न सकिएको छैन। पिलरै नहाली यो घर कसरी बन्यो भनेर स्थानीयले खासखुस गर्न थालेपछि घरधनी अहिले सम्पर्कमा छैनन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE