Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

उद्दार नगर्ने विदेशी सेनालाई फिर्ता गर्न कांग्रेसमा माग

काठमाडौं, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले भूकम्पमा परेकालाई उद्दार नगर्ने विदेशी सेनालाई तत्काल फिर्ता गर्न माग गरेका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ– शनिबार बसेको केन्द्रीय समिति बैठकमा सरकारले एक देशलाई उद्दार राहतमा लगाउने र अर्कोलाई वास्तै नगर्ने प्रवृत्ति ठीक नभएको भन्दै उद्दारमा संलग्न बाहेक विदेशी सेना र हतियार तत्काल फिर्ता गर्न सदस्यहरुले माग गरेका हुन् । कांग्रेस नेतृ सुजाता कोइरालाले उद्दारका नाममा भिन्न प्रसंग र विषयमा सेना र हतियार आउन नहुने भन्दै आएकालाई तत्काल फिर्ता गर्न प्रधानमन्त्रीसमेत पार्टी सभापति सुशील कोइरालालाई आग्रह गरिन् ।
२५ हजारले घर मर्मत नहुने र एक हजार पाँच सय ६० वटा इँटामात्र किन्न पुग्ने भन्दै सहयोग रकम बढाउन माग
‘भूकम्पको उद्दारबाहेक अन्य विषय र प्रसंगमा आएका विदेशी सेना र हतियार फिर्ता गर्नुपर्छ । अन्यथा यो मुलुकको सार्वभौमसत्ता र राष्ट्रिय एकतामा आँच आउन सक्छ ।’ बैठकमा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारले घोषणा गरेको २५ हजारले घर मर्मत नहुने र एक हजार पाँच सय ६० वटा इँटामात्र किन्न पुग्ने भन्दै सहयोग रकम बढाउन माग गरे । नेता शेरबहादुर देउवाले काठमाडौं र भक्तपुरकै सिडिओ सरकारी निर्देशनको प्रतिक्षमा रहेको भन्दै अन्य जिल्लामा राहत र उद्दार कसरी हुन्छ भन्दै प्रश्न तेर्साए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending