Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

भूकम्पले फेर्‍यो सहरिया युवाको दैनिकी

काठमाडौँ, घरमा ढलेको सिन्कोसमेत नउठाउने ललितपुर कुमारी पाटीकी नेहा शाक्यको आजभोलि दैनिकी फेरिएको छ ।

शाक्य गत शनिबार गएको विनाशकारी भूकम्पका कारण घाइते भएका बिरामीको उपचार भइरहेको वीर अस्पतालको ट्रमा सेन्टरमा बिरामीको सेवामा दिनहुँ तल्लीन छिन् ।

जेम्स स्कुक धापाखेलमा विज्ञान विषयमा कक्षा ११ मा अध्ययरत शाक्य यतिखेर घरमा बसेर टिभी हेर्नुभन्दा दुःख पीडामा परेका बिरामीको सेवा गर्नु नै महानता ठान्दै अस्पतालका श्ययामा खटिएकी हुन् ।

\'घरमा टिभीमा समाचार हेर्दा असाध्यै पीडा भयो । यसरी बस्नुहुन्न, सेवा गर्नुपर्छ भन्ने भाव जागेकाले आफैँ यहाँ बिरामीको सेवा गर्न आएकी हुँ । यसरी बिरामीको सेवा गर्न पाउँदा आफूलाई गर्व लागेको छ\'–ट्रमा सेन्टरमा स्वयम्सेवा गर्दै आएकी शाक्यले भनिन् ।

बागबजारकी अनिशा खड्गीले घरको काम त परै जाओस् चिया पकाउने र आफ्ना सानातिना कपडासमेत धुने गरेकी थिइनन् तर भूकम्पको विपत्तिका घडीमा पीडित बिरामीको सेवा गर्न पाउँदा आफूलाई निकै भाग्यमानी ठानेकी छन् । घरमा बसेर बिचरा भन्नुभन्दा अस्पताल आएर सेवा गर्न पाउँदा आफूलाई भित्रैदेखि सन्तुष्टि मिलेको उनले सुनाइन् ।

भर्खरै प्रवेशिका दिएर फुर्सदमा बसेका गोल्फुटारका अभिदया गुरुङ भूकम्पमा परी घाइते भएका बिरामीको उपचारमा सहयोग गर्न पाएकामा मक्ख छन् । \'घरमा ढलेको सिन्को पनि उठाइन्नथ्यो । अहिले यहाँ आएर सबैखाले काम गरिँदैछ । नयाँ अनुभवसँगै रमाइलो लागेको छ\'–भुइँसफा गर्दै गरेका उनले भने ।

उनीहरुजस्तै सयाैँ युवा अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा बिरामीको सेवामा दिनहुँ खटिने गरेका छन् । स्वतःस्फूर्त रुपमा बिरामीको सेवा गर्न आएका सुकिलामुकिला युवा अस्पतालको भुइँ सफा गर्ने, रगतका टाटा पुछ्ने, औषधि ओसार्ने, बिरामीको रिपोर्ट, एक्सरे ओसार्नेलगायत काम गर्दै आएका छन् । कतिपय बिरामीका कुरुवा आफन्तसमेत नभएकाले त्यस्ता बिरामीका लागि सबैखाले काम गरेको धापाखेलकी सदीक्षाले बताइन् । अस्पतालका चिकित्सक र नर्सको सहयोगी व्यवहारले उनीहरुमा नयाँ उत्साह बढेको रहेछ, जुन शब्दमा व्यक्त गर्दै थिए । पब्लिक युथ क्याम्पसमा बिबिए अध्ययनरत सानो झ¥याङका विपीन वज्राचार्य र महाबौद्धका विपश्वी ताम्राकार अस्पतालका बिरामीको खानेकुरा ल्याउने र बिरामीको हेरचाहमा खटिरहेका छन् । दुई सयभन्दा बढी यस्ता युवा स्वतःस्फूर्त रुपमा अस्पतालमा स्वयम्सेवीको काम गरिरहेको वीर अस्पतालका निर्देशक प्रा डा स्वयम्प्रकाश पण्डितले जानकारी दिए । पालैपालो गरी सयौँ युवाले दिनहुँ स्वयम्सेवी काम प्रभावकारी रुपमा गरिरहेको जनाइएको छ ।

वीर अस्पतालमा ९०० भन्दा बढी बिरामीले उपचार गरिहेका छन् । सुविधासम्पन्न नर्भिक, बी एन्ड बीजस्ता निजी अस्पतालबाट बिरामी सिफारिस गरी ट्रमा सेन्टर पठाइने गरेको निर्देशक पण्डितले बताए ।

उपचारका लागि २०० चिकित्सक, १७० नर्स र १०० पारामेडिकल कर्मचारी दिनहुँ खटिने गरेको उनले बताए। काठमाडौँ उपत्यकासहित भूकम्पप्रभावित १४ र अन्य जिल्लाका बिरामीको समेत सेन्टरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending