Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

बिर्तामोडमै जुट्यो करिब साठी लाख बढीको राहत

झापा, झापा उद्योग वाणिज्य सङ्घ र नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको अगुवाइमा भूकम्पपीडितका लागि रु २७ लाखभन्दा बढीको राहत सामग्री जुटेको छ । आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त राहत सामग्रीको विवरण सार्वजनिक गरियो । रु २७ लाख २४ हजार ४४२ मूल्यको राहत सामग्री गोर्खाका भूकम्पपीडितलाई प्रदान गरिने वाणिज्य सङ्घ बिर्तामोडका अध्यक्ष बलराम कार्कीले जानकारी दिए । जसका लागि तीन वटा मालबाहक ट्रकमा राहतसहितको टोली आज नै गोर्खातर्फ प्रस्थान गरेको छ । गोर्खामा भोलि सोमबार बिहान ती सामग्री वितरण गरिने बताइएको छ । रेडक्रस सोसाइटी बिर्तामोडका कार्यबाहक सभापति निर्मल भट्टराईका अनुसार एक हजार ३०० बोरा मन्सुली चामल, १०० बोरा आयो नुन, १४८ बोरा चिउरा, १०० कार्टुन बिस्कुट, १८ बोरा दालमोठ, ५०० थान त्रिपाल, ३०५ थान कम्बल, एक हजार कार्टुन चाउचाउ, २७२ थान मेट्रेस र १०० बोरा मटर राहतस्वरुप पठाइएको छ । भूकम्पपीडितका लागि उक्त राहत सामग्री मेची अञ्चलबाट गएको सबैभन्दा ठूलो परिमाणको भएको बताइएको छ । वाणिज्य सङ्घ र रेडक्रस बिर्तामोडको अगुवाइमा अन्य २२ वटा संस्थाको समन्वय र सहयोगबाट उक्त सामग्री जुटाइएको रेडक्रस बिर्तामोडका सभापति सजेश शिवाकोटीले जानकारी दिए । उक्त राहत सामग्रीका लागि भारत हरियाणाको शिव मन्दिर कोलरीबाट रु १९ लाख ५८ हजार ४००, बाबा इन्टरप्राइजेजबाट रु १३ हजार ५००, जगतबस्ती शान्ति टोलबाट रु १७ हजार ८००, विमली बन्धु समाजबाट रु ५१ हजार, पुनर्जन्म समूह नेपालबाट रु ५१ हजार १००, बिर्तामोड बजार क्षेत्रका उद्योगी व्यवसायी तथा दाताहरुबाट रु पाँच लाख १७ हजार ९४२, क्यान महासङ्घ झापाबाट रु ११ हजार, एकता हेड्सबाट रु १० हजार, व्यवसायी निर्मल भट्टराईबाट रु ११ हजार, निर्माण व्यवसायी सङ्घबाट रु २५ हजार, ओम अग्रवालबाट रु ११ हजार र वाणिज्य सङ्घ बिर्तामोडले यसअघि सङ्कलन गरेको दैवी प्रकोप राहत कोषबाट रु ७८ हजार जुटाइएको वाणिज्य सङ्घ बिर्तामोडका सचिव किरण श्रेष्ठले जानकारी दिए । बिर्तामोडबाट गोर्खा जाने टोली राहत वितरणका लागि विभिन्न सङ्घसंस्थाको प्रतिनिधित्व गर्दै बिर्तामोडबाट बलराम कार्की, किरण श्रेष्ठ, निर्मल भट्टराई, प्रशान्त भण्डारी, ओमकृष्ण विमली, दीपेश पाठक, विशाल थापा, हेम खड्का, वीरबहादुर दर्नाल, ओमप्रकाश लुइँटेल, बाबुलाल अग्रवाल, घनश्याम चौधरी, कुमार थापा, गोपाल चम्लागार्इं, हरि खनालसहित नेपाल पत्रकार महासङ्घ झापाका सचिव एकराज गिरी र फोटो पत्रकार विनोद पाण्डे गोर्खा प्रस्थान गरेका छन् । पन्ध्र लाखको राहत सिन्धुपाल्चोक यसअघि बिर्तामोडवासीको तर्फबाट सिन्धुपाल्चोकका ८५१ परिवारका लागि रु १५ लाखको राहत सामग्री लिएर आजै एक टोली त्यसतर्फ प्रस्थान गरेको टोलीका अगुवा हर्कलाल गिरीले बताए । अठार लाखको राहत प्रजिअलाई हस्तान्तरण बिर्तामोडको शनिश्चरे रोड क्षेत्रका व्यवसायी तथा स्थानीय विभिन्न टोलवासीले जुटाएको रु १८ लाखको राहत सामग्री आज प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेललाई हस्तान्तरण गरिएको छ । स्थानीय व्यवसायी तथा झापा उद्योग वाणिज्य सङ्घ शाखा बिर्तामोडका उपाध्यक्ष प्रकाश शिवाकोटीले सो राहत सामग्री प्रमुख जिल्ला अधिकारी पौडेललाई हस्तान्तरण गरे । उक्त राहत त्रिवेणी टोल समिति, त्रिवेणी युवा क्लब, बालाजी टोल, पाथीभरा टोल, देवीबस्ती टोल र अलस्का अटो मोबाइल्स प्रालिको सहयोग, समन्वयमा जुटाइएको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy