Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

भतिजले शरिरभरी तेजाब खन्याइदिँदा काका गम्भीर

गौशाला, महोत्तरीको जलेश्वरमा मंगलबार एक भतिजले आफ्नै काकामाथि तेजाब प्रहार गर्दा काका गम्भीर घाइते भएका छन् । जलेश्वर नगरपालिका–६ बस्ने २० वर्षीय अजय साहले आफ्नै काका ५५ वर्षीय सत्यनारायण साहको टाउको, अनुहार, छाती र शरीरको अन्य भागमा तेजाब प्रहार गर्दा उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जलेश्वर–२ स्थित महेन्द्रचोकदेखि शङ्करचोक जाने बाटोमा महोत्तरी क्लबको अगाडि सत्तु पसल सञ्चालन गर्दै आएका काका सत्यनारायणलाई आज बिहान १० बजेको समयमा भतिज अजयले शरीरभरि तेजाब खन्याइदिँदा उनी गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताएका छन् । तेजाब प्रहारबाट गम्भीर घाइते भएका सत्यनारायण साहलाई जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि अञ्चल अस्पताल जनकपुर पठाइएको छ । सत्यनारायण साहको घरमा भाइ गौरीशङ्कर साहसँग जग्गासम्बन्धी विवाद चल्दै आएकामा आज बिहान भाइ गौरीशङ्कर र निजका छोरा (भतिज० अजय दुवै जना सत्यनारायण सत्तु पसलमा बसिरहेका बेला आएर गालीलगौज र कुटपिट गरेका थिए भने सोही क्रममा भतिजले काका सत्यनारायणमाथि तेजाब प्रहार गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । अजयको तेजाब प्रहारबाट सोही ठाउँमा झगडा मिलाउन गएका जलेश्वर–५ बस्ने सुशील साह, राकेश साह, जलेश्वर १३ बस्ने कमलेश ठाकुर तथा अन्य नाम नखुलेका थप चारजना गरी सात जना सामान्य घाइते भएका छन् । यता प्रहरीले तेजाब प्रहार गर्ने अजय साह र निजका बुबा गौरीशङ्करलाई तत्काल घटनास्थलबाटै पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा लगिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy