Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

भूकम्पपीडितको चिन्ता ‘त्रिपालले कसरि धान्ने मनसुन ?’

काठमाडौँ,  ‘बर्खा लाग्यो, भूकम्पले घर लग्यो, बस्ने ठाउँ छैन, दिनभरि त रुखको शीतलमा जीवन बाच्ला, तर रात साँझमा कहाँ जाने बढो समस्यामा परे । बर्खासम्म ओत लाग्ने छानो कसले बनाइदेला, पैसा छैन, अन्नपात छैन ।’ बालाजुमा रहेको जनमैत्री अस्पतालमा उपचाररत नुवाकोट थानसिंहका ७५ वर्षीय रामसिंह तामाङको रोदन हो यो । यही वैशाख १२ गते गएको भूकम्पका कारण थातथालो खोसिएकाको एउटै पीडा छ, वर्षा सुरु नहुँदा त सामान्य त्रिपालमा भए पनि रात काट्न सकिएला, तर मनसुन सुरु भएपछि कहाँ जाने र के खाने भन्ने चिन्ताले अहिल्यैदेखि सताएको छ । सरकार, गैरसरकारी सङ्घसंस्थाले क्रमशः धेरै स्थानमा राहत सामग्री पु¥याएकै छ । बाँकी रहेका स्थानमा समेत खाद्यान्न, लत्ताकपडाको व्यवस्था पनि होला तर टाउको लुकाउने ठाउँ नहुँदा धेरै नागरिकलाई समस्या परेको छ यतिखेर । सिन्धुपाल्चोक भोटेचौरका ७० वर्षीय नन्दप्रसाद सापकोटालाई मनसुनसँग कसरी जुध्ने भन्ने समस्याले अहिलेदेखि नै बढ्ता चिन्तित बनाएको छ । भुइँचालोले घर ,लग्यो, आफन्त लग्यो, पशु चौपाया लग्यो, भएको सबै थोक लग्यो । सानो त्रिपालमुनी तीन परिवारले टाउको ओताएका छन् । तर मनसुन सुरु भएपछिको अवस्था झन् भयावह हुने चिन्ताले अहिलेदेखि नै सताएको छ भन्छन् सापकोटा । सापकोटाको जस्तै पीडा छ, कीर्तिपुरका राम मर्हजनको । भूकम्पले बस्दै आएको घर भत्कादियो । हाल विभिन्न संस्थाले दिएको त्रिपालमुनी दुःखको जीवन गुजारीराखिएको छ । सिन्धुपाल्चोक भोटेचौरका कृष्णबहादुर तामाङको घर भत्कियो, गोठ भत्कियो । घर बनाउने ठाँउ पनि छैन, सबैतिर भूकम्पले चिरा पारेको छ  । ‘ बर्षा नलाग्नुन्जेल त राहतमा आएको त्रिपालले जीवन धान्ला, पानी पर्न थालेपछिको अवस्था के होला रु दाजुभाइको परिवारमा १२ जना छन् । उनीहरुलाई समेत राख्नुपर्ने छ । कहाँ राख्ने होला’ गहभरी आँसु पार्दै तामाङले भने । सहरी विकास मन्त्री डा नारायण खड्काका अनुसार मुलुकभरका भूकम्पपीडितलाई बाड्नका लागि करिब पाँच लाख थान पालको आवश्यकता छ । हालसम्म करिब ५० हजार मात्रै पाल वितरण गरिएको छ । पालको आवश्यकता अझै धेरै छ । पीडितले कहिले पाल आउने होला भन्दै आश गरेको बसेको पनि आज दश दिन पूरा भएको छ । सरकार तथा गैरसरकारी संस्थाले पाल उपलब्ध गराउलान् ।तर वर्षाको समयमा कसरी टाउको लुकाउने होला भन्ने चिन्ताले सबैभन्दा बढी भूकम्प पीडितलाई सताएको छ । भूकम्पपीडितको माग जायज भन्दै सहरी विकास मन्त्री डा खड्काले मनसुन सुरु हुनुभन्दा पहिल्यै केही न केही व्यवस्था सरकारले गर्ने बताउँछन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy