Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

महाविपत्तिमा को नेता के गर्दै ?

काठमाडौ, बैशाख १२ गतेको विनाशकारी भूकम्पले सुन्दर नेपालको चित्रलाई कुरुप र क्रुर मात्रै बनाएन सुन्दरबस्तीहरु लाई खण्डहर नै बनायो । हजारौँ नेपाली र केही विदेशी नागरिकको समेत ज्यान लियो । कैयौं मानिसलाई घरबारविहीन बनायो । कतिको कोख रित्यायो त कतिलाई टुहुरो बनायो । कतिले आफन्त गुमाए त कति आफै अंगभंग भए । सहरका ठूलठूला महलदेखि दुरदराजका झुपडीसम्म यो विपतिको शिकार भए । धेरै सांस्कृतिक सम्पदाहरु नष्ट गर्‍यो । कति धनमालको क्षती भयो भन्ने अहिलेसम्म हिसाब हुन सकेको छैन । भूकम्पले घरबास उडाए पछि कति मानिसहरु खुला आकाशमुनी दिनरात कटाइरहेका छन् । ओत लाग्ने पलास्टिकको पालसमेत पाइरहेका छैनन् । बस्ने बासस्थानसँगै बर्षौ देखि सुम्पेर राखेको धन सम्पतीमा समेत विपत्तिको आँखा लागे पछि मानिसहरु भोको पेट राज्यले उपलब्ध गराउने राहत आउने बाटो हेरेर बसिरहनुको विकल्प भेटिरहेका छैनन् । यस्तो बेलामा विभिन्न विदेशी मित्र राष्ट्रहरुबाट विपत व्यवस्थापनका लागि उद्धार टोली, भग्नावशेष पुनः निर्माणका लागि आर्थिक सहयोग तथा राहत लगायतका सामाग्री आइरहेको छ । तर पनि मुलुकका सबै भूकम्प प्रभावित स्थानहरुमा राज्यको उपस्थिती हुन सहिरहेको छैन । केही नेता र मन्त्रीहरु देशमा यत्रो ठूलो विपत परिरहेको बेला विदेश भ्रमणमा गइरहेका छन् । केही नेताहरु राजधानीमा मिटिङ् गर्नमा नै व्यस्त छन् । तर केहि राजनीतिक दलका नेताहरु यो भन्दा पनि माथि उठेर जनताको सेवा गर्न भुकम्प प्रभावित क्षेत्रहरुमा पुगेका छन् र जनताका घाउमा मलम–पट्टी पनि लगाइरहेका छन् । भूकम्प आएको दश दिनसम्म को नेताले कँहा के सहयोग गरे ? खबरडबली ले तयार पारेको एक रिर्पोटः भेटघाटमा व्यस्त प्रधानमन्त्री \"Sushial_Koirala_200\"महाभूकम्पका बेला नेपालमा नभएका प्रधानमन्त्री सुशील कोइराला स्वदेश फर्किए लगत्तै पार्टी, दलका नेता र कुटनीतिज्ञसँग भेटघाट गर्दै उद्दार राहतको विषयमा छलफलमा केन्द्रित छन् ।कोइरालको काम नै राहत र उद्दारका लागि समन्वय गर्दै तत्कालीन राहत प्याकेमा कसरी ल्याउने भन्नेमा केन्द्रित छन् । यसका लागि दाता राष्ट्र र संस्थासँग समन्वय गरिरहेका छन् । भूकम्पको चारदिनपछि राष्ट्रका नाममा सम्बोधन गरेका कोइराला भूकम्प पीडितलाई भेट्न सोमबार मात्र सबैभन्दा प्रभावित सिन्धुपाल्चोक पुग्न भ्याए । त्यहाँ पनि उनले पीडित समक्ष आफू बस्ने घरसमेत चर्किएको भन्दै उल्टै गुनासो गरे । राहतको लागि कुनै प्याकेज घोषणाभन्दा संकटको बेला सबैले धैर्यधारण गर्नुपर्ने उनको भनाई थियो । वस्तुस्थिति बुझ्दै राहत बाड्दै प्रचण्ड पुर्व प्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड बैशाख १२ गते आएको भूकम्पपछि प्रभावितहरुको स्थितिबारे जानकारी लिने, देश विदेशबाट आएको राहत सामाग्री तथा उद्धार टोली व्यवस्थापनका लागि सत्ताधारी दलहरु सँग समन्वय गर्ने लगायतका काममा जुटे । घाइतेहरुलाई भेट्न वीर अस्पताल देखि बालाजुको जनमैत्री अस्पतालसम्म पुगेका थिए । संविधानसभाको चुनावमा पहिलो पटक जित हाँसिल गरेको र दोश्रो पटक पराजय भएको चुनाव क्षेत्र कीर्तिपुर पुगेरै प्रचण्डले त्यँहाका जनातालाई हामी छौँ, नआत्तिनुस भनेर सान्तवना दिए । त्यँहाको वस्तुस्थिति बुझेर फर्किएका प्रचण्डले आफ्ना सहयोगीहरु मार्फत खाद्यन सामाग्री पठाएका थिए । त्यस्तै ललितपुरको चापागाउँ, हरिसिद्धी लगायतका ठाउँहरुमा राहतका सामाग्री सहित पुगेका प्रचण्ड त्यसपछि राजधानी बाहिरको सबैभन्दा बढी प्रभावित क्षेत्र सिन्धुपाल्चोक गएका छन् । सिन्धुपाल्चोकको भिमटार गाविसमा स्थानीय माझी तथा दनुवार बस्तीमा तीनसय बोरा चामल, १ सय ५० थान त्रिपाल लगायत औषधी र अन्य राहत सामाग्री वितरण गरेका थिए । भक्तपुरकाे ददिकाेटका स्थानियबासीलार्इ भेटेर सान्तवना तथा राहतका सामाग्री समेत वितरण गरेका थिए । चुनाव क्षेत्रमा राहत र उद्दारमा नेपाल नेकपा (एमाले)का बरिष्ठ नेता माधब कुमार नेपाल विनाशकारी भूकम्प पश्चात जनतासँग प्रत्यक्ष जोडिरहेका छन् । राजधानीका विभिन्न प्रभावित क्षेत्रहरुमा पुगेर पीडितहरु सँग छलफल गर्ने देखि भूकम्प प्रभावितहरु को उद्धार तथा राहतका लागि सरकार सँग समन्वय गर्नेसम्मका कार्यमा नेता नेपाल लागिरहेका छन् । राजधानीको लप्सेफेदी–नाङ्लेभारे क्षेत्रमा १ सय ५०, पालुबारीमा सय, इन्द्रायणाीमा १ सय २८, लप्सेफेदिकै २ र ३ नम्बर वडामा ७५, घुमारचोकमा सय, भुल्बुमा ८० र डाँछीमा ८० बोरा चामल वितरण गरेका छन् । त्यस्तै सहिदगेटदेखि टुँडिखेलसम्मको फोहोर व्यवस्थापनमा प्रत्यक्ष सहभागिता जनाएका थिए । बाबुराम भूकम्पको केन्द्रमा एकीकृत नेकपा माओवादीका नेता डा.बाबुराम भट्टराई बैशाख १२ गतेको बिनाशकारी भूकम्प आएपछि पार्टी अध्यक्ष प्रचण्ड सँगै राजधानीका विभिन्न स्थानहरुमा सँगै गएर जनता सँग प्रत्यक्ष अन्तर्कियामा जोडिएका थिए । गोरखाको क्षेत्र नम्बर १ का बाट चुनाव जितेका भट्टराईले दाल, चामल, च्युरा, त्रिपाल, टेन्ट लगायतका पाँच ट्रक सामाग्री गोरखा जिल्लाको लागि वितरण गरेका छन् । साथै गोरखाका विभिन्न गाविसहरुमा त्यहाँका स्थानीय वासि सँग संवादसमेत गरेका थिए । काठमाडौं छेउछाउ झलनाथ एमाले नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाल राहतका सामग्री लिएर ललितपुरको सिद्धिपुर र काठमाडौको गोंगबु क्षेत्रमा गएर राहतका सामाग्रीहरु वितरण गरेका थिए । पीडितको मन जित्दै विप्लव नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ विनाशकारी भूकम्पले असर पारेका विभिन्न ठाउँमा आफै प्रत्यक्ष उपस्थित भएर सहयोग तथा उद्धार कार्यमा जुटिरहेका छन् । भूकम्प पश्चात आफ्नो पार्टीका जनवर्गीय संगठनहरुलाई उद्धार कार्यमा खटिन आग्रह गरेका विप्लव राजधानीको गोगंबुमा पार्टीका स्थाई समिती सदस्य खडग विश्वकर्मा ‘प्रकाण्ड’, धर्मेन्द्र बास्तोला, पोलिटब्युरो सदस्य इश्वरी दाहाल ‘असारे काका’ लगायतका नेता कार्यकर्ता सहित उपस्थित भएर सरसफाई गरेका थिए । त्यस्तै प्रभावित घाइतेहरुलाई रगतको अभाव हुन सक्ने भन्दै सबै नेता कार्यकर्ता लाई आव्हान गरेर रक्तदान पनि गरेका थिए । त्यसपछि कालिमाटी, कलंकीलगायतका क्षेत्रको सरसफाईमा प्रत्यक्ष जोडिएर काम गरेका विप्लबले राजधानीको टोखा क्षेत्रमा भत्कीएका घरहरु हटाएर बाँसका टहराहरु निर्माण गरिरहेका छन् । यसै अन्तर्गत भक्तपुरकाे छालिङमा गएर पनि उनले बाँसका टहराहरू बनाइरहेका छन् । अग्नि सापकोटा निरन्तर सिन्धुपाल्चोकमा एमाओवादीका स्थाई समिति सदस्य अग्नी सापकोटा भूकम्प आए पश्चात निरन्तर सिन्धुपाल्चोक जिल्लाका स्थानीयवासीहरु सँग जोडिएर उद्धार कार्यमा जोडिइरहेका छन् । जिल्लाका घाइतेहरुलाई काठमाडौंमा उपचारको व्यवस्था तथा, जिल्लामै स्वास्थकर्मिको टोली पु¥याएर उपचार गर्ने कार्यमा समेत उनले सक्दो प्रयास गरिहेका छन् । योगेश भट्टराई राहत संलकन र वितरणमै केन्द्रित एमाले सचिव योगेश भट्टराई पनि भूकम्प पीडितहरुका लागि राजधानीका विभिन्न ठाउँहरुमा खटेर राहत वितरण तथा उद्धार कार्यमा खटेका छन् । उनले गोगंबुका स्थानियलाई त्रिपाल, टेन्ट, खाद्यन्न र औषधी लगायतका राहतका सामाग्रीहरु वितरण गरेका थिए । त्यसपछि उनि आफ्नो चुनाव क्षेत्रका काभे्रस्थली, धर्मस्थली, मनमैजु र झोर लगायतका स्थानमा गएर स्थानियवासीसँग भेटघाट गरेका थिए । राहत जुटाउन सक्रिय गगन नेपाली कंग्रेसका युवा नेता तथा सभासद गगनकुमार थापा भूकम्प प्रभावितहरुका लागि आफ्ना सहयोगिहरुमार्फत राहत सामाग्री संलन तथा वितरण कार्य गरिरहेका छन् । उनले विभिन्न जिल्लाका पार्टीका सभापतिदेखि, अन्य चिनजानका ब्यक्तिहरुबाट समेत आर्थिक तथा राहतका लागि खाद्यन्न, त्रिपाललगायतका सामग्रीहरु संकलन गरी राजधानी र सिन्धुपाल्चोकका विभिन्न स्थानमा पठाएका छन् । भूकम्प पछिको अव्यवस्थित बसोबासले राजधानी फोहोर भएको र यस्ले महामारी फैलाउन सक्ने भन्दै सरसरफाई अभियानमा समेत उनि आफै उपस्थित भएर खटेका थिए । र, यी पनि यी बाहेकका अन्य नेताहरु पनि विभिन्न ठाउँमा सहयोग तथा उद्धारका कार्यहरुमा प्रत्येक्ष–अप्रत्यक्ष रुपमा संलग्न भइरहेका छन् । कांग्रेसकै नेताहरु शेरबहादुर देउवा राजधानीको गोकर्ण र रामचन्द्र पौडेल गोरखा, तनहुँ र लमजुङ पुगेर त्यहाँको वस्तुस्थिती बुझेका थिए । यस सँगै एमाओवादीका नेता नारायणकाजि श्रेष्ठ गोरखा गएका थिए भने, राप्रप नेपालका अध्यक्ष कमल थापा सिन्धुपाल्चोक तथा मकवानपुर पुगेर राहतका सामाग्री समेत वितरण गरेका थिए । फोरम नेपालका अध्यक्ष भक्तपुर पुगेका थिए । यि बाहेकका अन्य नेताहरु अवलोकन गर्न देशका विभिन्न स्थानहरुमा गए पनि राहतकै लागि र उद्धारै गर्न भनेर व्यक्तिगत ढँगबाट कँहि पनि गएका छैनन् । संविधान सभाका सभासदहरुले भने एकमहिना तलब बराबरको रकम दिने निर्णय गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE