Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

यसरी खटिरहेछन् विप्लव र उनकाे पार्टी भूकम्पपीडितको उद्धारमा

काठमाडौं, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आफ्नो पार्टी तथा जनवर्गीय संगठनहरुको केन्द्रीय टोली लिएर भूकम्पपीडितहरुलाई घरटहरा बनाउने तथा सरसफाइ गरेर महामारीको प्रकोप रोक्ने काममा व्यस्तताका साथ खटिरहेका छन् । राजधानीमा मात्र होइन, देशभरका सबै कमान्ड, राज्य, जिल्ला र इलाका तथा गाउँ–नगर कमिटीहरुलाई परिचालित गरेर देशभरका सबै पीडितहरुसम्म नेकपा माओवादीले उद्धार, राहत तथा जनचेतनाका निम्ति काम गरिरहेको सो पार्टीले जनाएको छ । वैशाख १२ गतेको विनाशकारी महाभूकम्पले भत्काएका घरहरु छाडेर अलपत्र परेका नागरिकहरुलाई बाँसका टहरा बनाएर ओतको व्यवस्था गरिदिने काममा पार्टीका कार्यकर्ताहरुसहित नेता विप्लव सक्रियतापूर्वक लागिरहेका हुन् । \"safai-640\"यसै क्रममा नेता विप्लव र उनको टोलीले आइतबार र सोमबार राजधानीको टोखामा गएर टहरा बनाइदिए मंगलबार भक्तपुरको खरिपाटीस्थित छालिङमा गएर उस्तैखाले बाँसका टहरा बनाई अलपत्र नागकिलाई आश्रय दिलाए । सँगसँगै विप्लव नेतृत्वको पार्टीसम्बद्ध लेखक, साहित्यकार, कलाकार, किसान, मजदुर, विद्यार्थी, पत्रकालगायतका संगठनहरु भग्नावेशेषबाट उद्धार गर्ने, राहतको व्यवस्थापनमा सघाउने, जनचेतना जगाउने र फोहरमैला व्यवस्थापन गरी महामारी रोक्ने कार्यमा राजधानीलगायत देशैभर खटिरहेका छन् । यसअघि उनले गोंगबुस्थित नयाँ बसपार्कदेखि कालिमाटी, कलंकीलगायतका ठाउँहरुमा कुचो लिएर सरसफाई गरेका थिए । भूकम्पमा परी घाइते भएकाहरुलाई रगतको अभाव हुन सक्ने भएकाले पार्टीसम्बद्ध युवाहरु र नेताकार्यकर्तालाई लिएर रक्तदानमा समेत नेता विप्लव आफैं सहमागी भए । नेता विप्लव र उनको टोलीले शुक्रबार प्रदर्शनीमार्गस्थित रेडक्रसको ब्लड ब्यांकमा गएर रक्तदान गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending