Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

भग्नावशेष कुरिरहेको एउटा गाउँ : जहाँ ९१ घरसँगै एकै परिवारका ८ जनाकाे प्राण गयाे

मर्ने कसैलाई रहर हुँदैन तर नमरेकाे प्रहर हुँदैन भागेर जाउँ कुन ठाउँ जाउँ, मान्छे नमर्ने  सहर हुँदैन... हो, गीतकार कृष्णहरि बरालले सिर्जना गरेको यस मार्मिक गीत आज भूकम्पको कारण सहर गाउँ–बस्तीमा वास्तविकरुपले उजागर भएको छ । १२ गते शनिवार गएको विनाशकारी भूकम्पले हजारौं नेपालीको ज्यान लियो । हजारौंका सपनाहरु एक मिनेटमा नै माटोमा मिलाइदियो । कहिल्यै नपुरिने घाउहरु दिएर क्षणभरमै गाउँबस्तीनै उजाड बनाइदियो । भूकम्पले गाउँबस्ती मात्र होइन सहरबजार पनि भनेन, जतातजै मान्छेको जीवनलिला समाप्त पारिदियो । भत्किएका घर र संरचनाले क्षणभरमै आफन्त, धनसम्पत्ति गुमाउँदाको पीडा नभोग्ने मान्छे कम नै छन् । भग्नावशेषका टाकुरामा आफन्तको आत्मा खोजीमा तड्पिरहेका यी व्यक्तिहरु विनाशकारी भूकम्पमा आफन्त गुमाएका नुवाकोटको विकट ठाउँ खत्री गाउँको हो । स्थलगत रिर्पोटिङको शिलशिलामा सोमबार स्थानीय जनक सिलवाललाई लिएर नुवाकोट सदरमुकाम विदुरदेखि बाइकमा दुई घण्टा हिडेपछि उत्तरपूर्वमा अवस्थित गेर्खु गाविसको वडा नम्बर ६, खत्री गाउँको टाकुरामा रहेको दलित बस्तीमा पुग्यौं । दलित बस्तीबाट करिब १० मिनेट पैदल हिंडेपछि माथि डाँडोबाट खत्री बस्तीको भग्नावशेषको दृष्य देखेर हामी स्तब्ध भयौं । हृदयविदारक दृष्यपछि तरक्क आँशु नकाड्ने सायदै कोही हुन्छन् ।
मर्ने त मरेर गए, हामी बाँच्ने यही भग्नावशेष कुरेर बस्नुबाहेक कुनै विकल्प छैन
स्थानीयका अनुसार ९१ घर परिवार रहेको यस बस्तीमा भग्नावशेषबाहेक अरु केही बाँचेन । एउटा घरको एक बित्ताको गारोपनि सग्लो छैन । सबै घर माटोमा मिलेको छन् । भर्खर बनाएको कच्ची सडकमाथि दलित बस्ती र सडकमुनि नेवारबस्ती रहेछ । हामी पुगेको खत्री बस्ती जमानामै विस्थापित भइसकेको रहेछ । बस्ती खत्रीको नाममा रहेको भएपनि भक्तपुरबाट आएका नेवारहरुले यहाँ बस्ती बसालेका रहेछन् । नेवार समुदायका एकै परिवारका ८ जना, खड्का परिवारका दुईजना र दाहाल परिवारका एक जनाले १२ वैशाखको विनाशकारी भूकम्पमा परी ज्यान गुमाए । शनिवारको कहालिलाग्दो घटना सम्झँदै मृतकका आफन्त कृष्णलाल श्रेष्ठले भने, ‘१२ बजेको समय थियो । हामी सबै जना चौतारामा तास खेलेर रमाइलो गरिरहेका थियौं । एकाक्सी पृथ्वीनै घुमेजस्तै भयो । हामी आत्तियौं । ज्यान जोगाउन भाग्न खोज्यौं तर भाग्न सकेनौं । म पिपलको रुखमा समातेर बसें । तर, रुखै ढलेजस्तै भयो । हामीलाई घरमा के भइरहेको छ याद भएन ।’ विपत्तिमा आफ्नै ज्यान बचाउने ध्यानमा लागेको भन्दै उनी थप्छन्, ‘हामी भाग्न खोज्दा खोज्दै सारा बस्ती प्रलय भएजस्तै भयो । दुई धक्कामै सबै बस्ती धुलोमा परिणत भयो । धुलोमा हामी धङमगिदै बस्तीभित्र गयौं । जाँदा बुहारी, २ वटी छोरी घरले पुरीसकेछ । हामी आत्तिएर भाइकोमा गयौं । उसको पनि १३ वर्षको छोरी माटोमै मिलिसकी छे । बचेकोलाई उद्दार गरेपछि भतिजोमा गयौं । उसको छोरी मरिसकिछे ।’ त्यत्तिञ्जेलसम्म पूरै बस्तीमा रुवावासी चलेको दर्दनाक घटनालाई सम्झदै उनी भन्छन्, ‘पूरै बस्तीमा रुवाबासी भयो । गणेश खड्काका आमाबुवानै घरले पुर्यो । अर्को भाइ रमेश श्रेष्ठको ९–१० वर्षको दुई छोरा गुमाए । उ पागल जस्तै भएको छ ।’ मानिससँगै चौपाया पनि किलामै मरेको घटनाले अहिले पनि स्तब्ध बनाइरहेको भन्दै उनी भन्छन्, ‘गोठका गाइभैंसी, बाख्रा गुमायौं । धिक्कारोस् यस्तो दिन पनि देख्नुपर्दो रहेछ । त्यो दिन सम्झिदा अहिले पनि कहाली लागेर आउँछ । सपना जस्तो लाग्छ । विपनामा देख्दा मुटु भक्कानिएर आउँछ । कसरी सुनाउँ यस पीडा कसलाई सुनाउँ ।’ उनलाई भगवान पनि यति निष्ठुर हुन्छन् भन्ने कहिल्यै लागेको थिएन । ‘मर्ने त मरेर गए, हामी बाँच्ने यही भग्नावशेष कुरेर बस्नुबाहेक कुनै विकल्प छैन ।’ \"gerkhuदलित बस्तीका मानिसहरु रोजीरोटीका लागि बाहिर जाने भएकोले मानवीय क्षति हुन पाएन तर, उनीहरुको घर माटोमा मिल्यो । ‘माथि रहेको दलित बस्ति दैनिक रोजीरोटीको लागि बाहिरै जाने हुनाले कुनै मानवीय क्षती हुन पाएन तर उनीहरुको कुनै घर पनि बाँकी छैन’ उनी भन्छन्, ‘दलित बस्ती सहित ६ नम्बर वडामा सबै घरधुरी एक मिनेटमै ध्वस्त भयो ।’ माथि दलित बस्तीदेखि तल चौतारीसम्म जमिननै धुजाधुजा भएर फाटेको छ । बसन्त रितुको हरियाली भित्र बस्तीको फुङग उडेको भग्नाबशेष बाहेक केही देखिदैन । जुन शब्दमा व्यक्त गर्न समेत गाह्रो हुन्छ । वर्षायाम लाग्दै गर्दा यी फाटेका जमिन पनि उनीहरुका लागि उत्तिकै पीडा बनेका छन् । आफन्त, घर, बस्ती सबै क्षणभरमै माटोमा मिले पनि यहाँका पीडितले राज्यको मुख देख्न पाएका छैनन् । विपत्तिका बेला राज्य जनताको सहारा बन्नुपर्ने हो । महाविपत्तिको बेला राज्यले आफ्ना नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु उसको कर्तव्य पनि हो ।
रामशरण महतको टाउको फुटाउँदा समेत ज्यान हत्केलामा राखेर उनलाई बचायौं । भारी मतले जिताएर पठायौं, आज जनता पीडामा बस्तासमेत एक पटक फर्केर हेरेनन्
तर, लोक कल्याणकारी राज्यमा जनता ठूलो विपत्तिको ११ औं दिनसम्म पनि बस्ने पाल, खाने थोरै रासनसम्म छैन । ११ जना आफन्त, सयौं चौपाया तथा आफ्ना सम्पत्ति सर्वस्व गुमाएका यी जनजाति समुदाय क्रियाबस्ने ठाउँको समेत अभावमा चौतारा बस्न बाध्य छन् । यसै क्षेत्रबाट जितेर सिंहदरबारबाट देशको अर्थतन्त्र कमान्ड गरिरहेका अर्थमन्त्री रामशरण महत विपत्तिमा विदेश सयर गरे । तर, आफन्त गुमाई शोकमा रहेका यी पीडितले काजक्रियासमेत चौतारोमा गर्नुपर्ने बिडम्वना छ । \"gerkhuजिल्ला दैवी प्रकोप नियन्त्रण तथा राहत वितरणको कमान्ड सम्हालेका प्रमुख जिल्ला अधिकारी कोषराज निरौला गृहमन्त्रीको लाचार छाँया भएर गुमनाम भएका छन् । गाविसमा स्थानीय जनताको वास्तविकता रिर्पोटिङ गर्ने सचिव वेपत्ता छन् । जनता जनार्दनको नाम भजाएर कहिल्यै नथाक्ने नेता तथा सभासद पीडाको यस घडीमा राहत बाढ्ने राज्यको काम भन्दै पानी माथिको ओभानो बनेका छन् । प्राकृतिक विपत्ति मानवीय काबुभित्र पर्ने विषय होइन । तर, विपत्तिको दुई हप्तासम्म पनि पीडितलाई एक दुई थान र पाल र केही किलो चामलको व्यवस्थापनमा राज्य पुरै चुकेको छ । देश पुरै शोकमा डुबेको यहाँका जनतालाई पनि थाहा छ । यस्तो बेला उनीहरु राज्यबाट ठूलो आशा गरेका पनि छैनन् । ‘हामीसँग खानेकुरा छैन, क्रिया गर्ने खर्च छैन, ओत लाग्ने पाल छैन, मर्ने त मरेर गए, बाँँच्नेहरु कसरी बाँच्ने ?’ राज्यसँग उनीहरुको गुहार यत्ति हो । राहत वितरण र पछिको लागि पुननिर्माण कार्यक्रम ल्याइदियोस्, अपेक्षा उनीहरुको यत्तिमात्रै हो । अहिलेसम्म टाढा जिल्लाको कुरै छाडौं सदरमुकामबाट नजिक रहेका गाविसहरुमा समेत एउटा पाल पठाउन सकेको छैन । भएको अन्नपात माटोमा मिलिसकेको छ । ओढ्ने ओछ्याउने भग्नाभषेशबाट झिक्न नसक्दा रातभरी काँपेर बस्नुपर्ने अवस्था विनाशपछि बाँचेकाको छ । मित्रराष्ट्र तथा संघसस्थाबाट राहतको ओइरो लागिरहेको छ । तर, सरकार भएको राहत सामग्री जनतासम्म पुर्याउन नसकी निकम्बा सावित भएको छ । यस्तै आक्रोस व्यक्त गर्दै आफ्ना बुवाआमा गुमाएका यस बस्तीका गणेश खड्का अर्थमन्त्री रामणरण महतप्रति आक्रोसपुर्ण भाषामा धन्यवाद दिदैं भन्छन्, ‘मैले आमाबुवा गुमाएँ । सिंगो गाउँबस्तीले ११ जना आफन्त गुमाएँ । र, हामी सबैले पुर्खौली थाक थलो यस बस्ती गुमायौं । महाविपत्तिको यस घडिमा राज्यको कुनै निकाय पनि हामीलाई हेरेन ।’ पीडामिश्रित स्वरमा उनी भन्छन्, ‘चितवन रेडक्रस शाखाले दिएको १० किलो चामलको भरमा जेनतेन गुजारा चलाएका थियौं । मंगलबारदेखि भोकै बस्नुपर्ने अवस्था छ । क्रिया बस्ने ठाउँ नभएर चौतारोमा बास छ । हावा हुरी आउँदा मुन्टो लुकाउने ठाउँ छैन । यो पीडा हामी भोग्नेलाई थाहा छ ।’ उनले चुनावको स्मरण गर्दै भने– ‘रामशरण महतको टाउको फुटाउँदा समेत ज्यान हत्केलामा राखेर उनलाई बचायौं । भारी मतले जिताएर पठायौं, आज जनता पीडामा बस्तासमेत एक पटक फर्केर हेरेनन् ।’ ‘हेरौ, अब कुन मुखले यहाँ आउँछन् । हामी दिन गनेर बस्छौं ।’ उनले भने नेताहरुलाई जनताको माया छैन । यी नेताहरु भोटको मायाले आएका हुन् । उनीहरुलाई के मतलब जनता मरुन या बाँचुन् । थप आक्रोस व्यक्त गर्दै उनले भने–‘लाचार नेताहरुलाई हाम्रो भन्नु केही छैन । खबर डबली मार्फत प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै भने–‘तत्काल राज्यले प्रदान गरिएको राहत दिनुहोस् । मंगलवारदेखि क्रियाका बिधिहरु शुरुहुन्छ साथमा पैसा छैन । बस्नलाई त्रिपाल छैन । हामी साँच्चै पीडामा छौं ।’ तर, प्रमुख जिल्ला अधिकारी जिल्लालाई पुग्ने पर्याप्त रासनपानी तथा त्रिपालको व्यवस्था नभएकोले समस्या उत्पन्न भएको गुनासो पोख्छन् । जनताको पीडा थाहा भएर सोचेअनुरुप अघि बढ्न नसकेको लाचारपन स्वीकार गर्दै तत्काल त्यसबस्तीमा राहात पुर्याउने पुरानै ढर्रा दोहोर्याएका छन् । उता जनताका मत लिएर संसद् प्रवेश गरेका सभासदहरु सिडिअाेले राजनीति गरेको भन्दै पन्छिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: