Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

भूकम्पपछि काठमाडौं नफर्किने निर्णयसँगै गाउँका विद्यालयमा विद्यार्थी बढे

बाजुरा, काठमाडौँको कोटेश्वर सरस्वती मावि कक्षा ९ मा अध्ययनरत १४ वर्षीया मेनुका बुढा बाजुराको मालिका उच्च माविमा भर्ना भएकी छन् । जिल्लाबाट बाहिर गएका विद्यार्थी गाउँकै विद्यालयमा भर्ना हुने क्रम बढेको छ । भूकम्पले गर्दा आफन्तले आफ्ना छोराछोरीलाई घरमा बोलाउने क्रम चलेको छ । बाजुराको पाण्डुसेन घर भएकी १४ वर्षीया मेनुका बुढा एक वर्ष पहिले काठमाडौँ मै अध्ययनका लागि गएकी थिइन् । वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि उनी बाजुरा पुगिन् । अब काठमाडौँमा नजाने निर्णय गरेर आफू मार्तडीमा रहेको मालिका उच्च माविमा कक्षा ९ मा भर्ना भएकी हुन् । घरमा खाना खाएको समयमा आएको भूकम्पले उनी काठमाडौंबाट निकै त्रसित भएको र खाना छोडेर चौरमा भागेको उनले बताइन् । त्यस्तै बाह्रबिस– ५ का सुनिल सिंह पनि काठमाडौंमा फिर्ता नहुने भएपछि स्थानीय मालिका उच्च माविमा भर्ना हुने भएका छन् । लाखौँ खर्च गरेर काठमाडौँ पढाएर के गर्ने छोरो बाँचेकामा यसमा आफूले गर्व महसुस गरेका छौँ, अब जस्तो भए पनि बाजुरामा नै पढाउने बुबा वीरबहादुर सिहंले बताए । काठमाडौँमा भूकम्प गएपछि काठमाडौँमा अध्ययन, जागिर र उतै बसोवास गर्दै आएका सुदूरपश्चिमवासी केही घर फर्किसकेका छन् भने केही फर्कने क्रम जारी छ । दहकोटका खड्क रोकाया भन्छन्, जब बसमा कर्णाली तरेपछि बल्ल बाच्ने आश जागेको बताउँछन् । चार रातसम्म खुला आकाशमुनि रात बिताए बल्ल बसको टिकट पाएपछि आफू सुदूरपश्चिम पुग्दा मात्र आत्मबल बढेको खड्कले बताए । चार दिनसम्म त काठमाडौं आफ्नो होससमेत नरहेको दुखेसो पोखे । अध्ययनका लागि काठमाडौं गएको अधिकांश सुदूरपश्चिमवासी यतै अध्ययन गर्ने निर्णय गरिरहेका छन् । अछामको मङ्लसेनका कमल भण्डारी भूकम्प आएको बेला घरबाट दौडेर आफू बाचेको बताउँछन् । आफू बस्ने घर पूरै भत्केको बताए । शनिबार धनगढी बसपार्क उनले भने अब जस्तोसुकै परिस्थिति भए पनि यस्तै बस्ने बताए । काठमाडौँ पालमा बस्दा आकाशमा हेलिकप्टर, जहाज र सड्कमा गाडी गुड्दासमेत आफूलाई भूकम्प आएको भान हुने र डर त्रासमा बसेको बताए । जब सुदूरपश्चिममा पुग्दा महाविपत्तिमा परेका हामी बल्ल सुरक्षित भएको बताए । काठमाडौंबाट घर फर्कन थालेपछि धनगढी अत्तरियाबाट पहाडी जिल्लामा जानका लागि यात्रुले बस पाउनसमेत गाह्रो भएको सुदूरपश्चिम बस व्यवसाय समिति धनगढीले बताएको छ । दैनिक हजारौँको सङ्ख्यामा घर गइरहेका छन् । उता काठमाडौंमा यातायातका साधन नपाउँदा धेरै सुदूरपश्चिमवासी घर फर्किन पाएका छैनन् । सुदूरपश्चिमबाट पठाएका बस केही पुगेका छैनन् भने पुगेका पनि यात्रु बढी भएकाले टिकट पाउन समस्या भएको काठमाडौंबाट टेलिफोनमा मनबहादुर नेपालीले बताए । सरकारले निःशुल्क भनेका बस यो क्षेत्रका लागि प्रचारमा सीमित रहेको सुदूरपश्चिमवासीले बताएका छन् । सरकारले निःशुल्क भनेका बेला आफूहरु भाडा तिरेर पनि घर फर्किन नपाएको कैलालीका सुमन चन्दले बताए । घर जान आतुर रहेको छु, आफू बसेको चारैतिरबाट दुर्गन्ध फैलिएको छ । यसले गर्दा अर्को माहामारीको चपेटामा पर्ने डर रहेको चन्दले बताए । घर पुग्दा केही सहज हुन्छ की भन्ने आशामा रहेको उनको भनाइ रहेको छ । काठमाडौँबाट दैनिक हजाौँको सङ्ख्यामा सुदूरपश्चिमवासी घर फर्किरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending