NTC Banar
Khabar Dabali ९ चैत्र २०७९ बिहीबार | 23rd March, 2023 Thu

भक्तपुरको कला सङ्ग्रहालय बन्द, भवनमा रातो स्टिकर

भक्तपुर, भक्तपुरको दरबार स्क्वायरस्थित राष्ट्रिय कला सङ्ग्रहालय गत वैशाख १२ गते आएको भूकम्पका कारण क्षति पुगेपछि बन्द भएको छ । राणाकालिन दरबारको रुपमा रहेको पुरानो भवन भूकम्पले चर्केर बस्नै नहुने भएपछि सहरी विकास विभागका इन्जिनियर टोलीले रातो स्टिकर टाँसेको छ । भवनको बाहिर हातै छिर्नेगरी धाँजा फाँटेर गाह्रो चर्किएको छ भने भवनभित्रको भित्तामा नराम्रोसँग क्षति पुगेको छ । भवनको माथिल्लो तलामा कार्यालयको काम सञ्चालन हुँदै आएकोमा भूकम्पपछि माथि जानै नहुने भएको छ । सङ्ग्रहालयकी प्रमुख अरुणा नकर्मीले वैशाख १२ गतेको भूकम्पले सङ्ग्रहालयमा नराम्रोसँग क्षति पु¥याएपछि कार्यालय सञ्चालनसमेत गर्न नपाएको बताइन् । कार्यकक्षमा जान नसक्ने भएपछि सङ्ग्रहालय बन्दको सूचना टाँस गरेर सङ्ग्रहालयको तल्लो तलामा रहेको बगैँचामा बस्ने गरेको उनले बताए । सङ्ग्रहालय प्रमुख नकर्मीले भनिन्– ‘कार्यालयमा नराम्रोसँग क्षति पुगेपछि अहिले यही बगैँचामा बसेर सम्पदा नियाल्ने गरेको छु, अब यसलाई कसरी दुरुस्त बनाउने, सङ्ग्रहालयभित्र रहेका कलालाई कसरी जोगाउने, कसरी व्यबस्थापन गर्ने भन्ने चिन्तामै दिन बित्ने गरेको छ ।’ सङ्ग्रहालयभित्र जाँदा सबै हल्लिने भएपछि माथि नगएका हुन् । त्यसमाथि पनि विभागको इन्जिनियरको टोलीले रातो स्टिकर टाँसेर जानै नहुने बताएपछि यहाँका सबै कर्मचारी अहिले बगैँचामै बस्ने गरेका छन् । भूकम्पले क्षति पु¥याएपछि सङ्ग्रहालय सञ्चालनमा छैन, सङ्ग्रहालयमा आउने स्वदेशी तथा विदेशीलाई बन्द भएको सूचना देखाएर फर्काइने गरेको छ । सङ्ग्रहालय बाहिरबाटै चर्किएर जीर्ण भएपछि आउने पनि बाहिरबाटै हेरेर फर्कने गरेका छन् । टोलीले सङ्ग्रहालयसँगै जोडिएको प्रहरी बिटको भवनमा पनि रातो स्टिकर टाँसेको छ । दरबारको सुरक्षार्थ खटिने प्रहरी बिटको भवनमा पनि क्षति भएकोले विभागले रातो स्टिकर टाँसेको छ । सङ्ग्रहालयसँगै जोडिएको ५५ झ्याले दरबार भने सुरक्षित रहेको छ । दरबारसँगै जोडिएको भक्तपुर नगरपालिकाको कार्यालय भवन पनि पूर्णरुपमा क्षति भएर पस्नै नहुने भएपछि यो भवनमा पनि रातो स्टिकर टाँसिएको छ ।
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page