शीतलनिवासस्थित राष्ट्रपति भवनमा विशेष समारोहका बीच राष्ट्रपति विद्या भण्डारीले थापा र यादवलाई विभागीय मन्त्रीको रुपमा सपथ खुवाइसकेकी छन् । दुवैले आआफ्नो मन्त्रालयमा पुगेर कार्यभार पनि समालिसकेका छन् । मूलधारमै ररिहेका वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, अमनलाल मोदी, बिना मगर र पम्फा भुसाल सम्भावित मन्त्रीका रुपमा चर्चामा थिए । तर, उनीहरुलाई थापा र यादवले उछिने।
थापा र यादव यसअघि मन्त्री हुँदा एकएकवटा चर्चित प्रकरणसँग जोडिएका थिए । थापालाई ‘कट्वाल प्रकरण’ तथा यादवलाई ‘शौचालय प्रकरण’ सँग जोडेर हेरिन्छ । ‘कट्वाल प्रकरण’ का कारण तत्कालीन प्रधानमन्त्री दाहालले राजीनामासमेत दिनुपरेको थियो । तत्कालीन रक्षामन्त्री थापा सो प्रकरणको सूत्रधार मानिएका थिए।
थापा तत्कालीन उपाध्यक्ष मोहन वैद्यसँगै २०६९ असार ६ गते माओवादीबाट अलग भएका थिए । वैद्य माओवादीको महासचिव भएर काम गरेका थापा २०७३ वैशाख ६ गते दाहाल नेतृत्वको माओवादीमा फर्केका थिए । थापाले एमाले र माओवादीको गठबन्धन निर्माण भूमिका निर्वाह गरेका थिए । उनी एमालेसँग एकीकरणप्रति सुरुदेखि सकारात्मक रहँदै आएका छन् ।
पार्टी एकीकरणप्रति नकारात्मक देखिएका वर्षमान पुन पनि गृहमन्त्री हुन इच्छुक थिए। नवनियुक्त गृहमन्त्री थापाले ‘जनअपेक्षाअनुसार काम गर्ने, गृह प्रशासन सुधार गर्ने र प्रभावकारी बनाउने’ प्रतिबद्धता जनाएका छन । शान्तिप्रक्रियाका बाँकी कार्यभार पूरा गराउन आफ्नो कार्यकाल महत्वपूर्ण हुने उनको अभिव्यक्तिलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ । उनी राष्ट्रियसभा सदस्य हुन् ।
नवनियुक्त उद्योगमन्त्री यादव तत्कालीन एमाओवादी पार्टीबाट सबैभन्दा पहिला बाहिरिने नेता हुन् । दाहाल नेतृत्वको सरकारमा वनमन्त्री हुँदा एक अधिकृतलाई शौचालयमा थुनेपछि उनी ‘बर्खास्ती’ मा परे। त्यसपछि एमाओवादी छाडेर नेकपा माओवादी पुनर्गठन गरेको घोषणा गर्दै उनी त्यसको संयोजकसमेत बने ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: