Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

हुम्लामा हेलिकोप्टरबाट गाडी पुग्यो

\"\"काठमाडाैं । राष्ट्रिय सडक सञ्जालले नजोडेको हुम्ला सदरमुकाम सिमिकोटमा हेलिकोप्टरबाट गाडी ल्याइएको छ । सुर्खेत विमानस्थलबाट सेनाको हेलिकोप्टर चार्टर गरेर सिमिकोट विमानस्थलमा गाडी ओरालिएको हो । व्यवसायी चिना रावतले सुर्खेतबाट सेनाको हेलिकोप्टरमा महिन्द्राको बोलेरो जिप ल्याएका हुन् । सदरमुकाममा सञ्चालनका लागि जिप ल्याएको व्यवसायी रावतले बताए । अाजको नयाँ पत्रिकामा खबर छ- रावतका अनुसार सिमिकोट गाडी पुर्‍याउँदासम्म ३६ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।  ‘सुर्खेतबाट सिमिकोटसम्म हेलिकोप्टरको भाडामा मात्रै १० लाख ५० हजार तिरेँ,’ उनले भने ।त्यस्तै अर्का व्यवसायी विजय लामाले पनि सेनाको हेलिकोप्टरबाटै बुधबार गाडी ल्याएका छन् । उनले पनि सुर्खेत विमानस्थलबाट हेलिकोप्टर चार्टर गरेरै सिमिकोटमा गाडी ओरालेका हुन् । यी दुईसँगै सिमिकोटमा चल्ने गाडीको संख्या पाँच पुगेको छ । यसअघि लोकजंग शाही र सरोज रावतका तीनवटा गाडी चल्थे । सिमिकोटमा ११ किलोमिटर सडक हुम्ला सदरमुकाम सिमिकोटलाई कालिकोटबाट कर्र्णाली राजमार्ग र चीनको तिब्बतस्थित हिल्साबाट सीमा सडकले जोड्दै छ । उत्तरतिर हिल्साबाट नाम्खा गाउँपालिकाको ओखरथलासम्म ७१ किलोमिटर सडक बनेको छ । ९५ किमि लामो यो सडकले सिमिकोट जोड्न अझै २४ किमि बाँकी छ। सुर्खेतबाट सिमिकोटसम्म दुई सय ९० किलोमिटर कर्र्णाली राजमार्ग निर्माणाधीन छ । यसमा कालिकोटको लालुबाट बाजुरा हुँदै हुम्लाको सिमिकोटसम्म एक सय ९६ किलोमिटर सडकको ट्रयाक खोल्ने काम भइरहेको छ, भने उता सिमिकोटबाट दक्षिणतिर खार्पुनाथसम्म ११ किमि सडक बनेको छ । त्यही सिमिकोट–खार्पुनाथ सडकमा गाडी चल्ने गरेका हुन् । यसमा तीन सय ५० रुपैयाँ भाडा लाग्छ । तीन महिना लाग्यो ढुवानी गर्न सुर्खेत विमानस्थलबाट सिमिकोट विमानस्थल पुग्न एक घन्टा लाग्छ । तर, व्यवसायीहरूलाई सुर्खेतबाट सिमिकोटसम्म गाडी ढुवानी गर्न भने तीन महिना लागेको छ । ‘सुर्खेत विमानस्थलबाट सिमिकोट पुर्‍याउन तीन महिना लाग्यो,’ व्यवसायी चिना रावतले भने । उनको गाडी मंसिरमा नै सुर्खेत विमानस्थल पुगेको थियो । रावतले त्यतिवेलै हेलिकोप्टर चार्टरका लागि सेनालाई निवेदन दिएका थिए । सेनाको मुख्यालय हुँदै राष्ट्रपति कार्यालयबाट स्वीकृति पाउन तीन महिना लागेको उनले बताए । अर्का व्यवसायी बुदे बुढाको गाडी पनि सुर्खेत विमानस्थल पुगेको छ । उनले पनि हेलिकोप्टर चार्टरका लागि नेपाली सेनालाई निवेदन दिएका छन् । निवेदनसँगै ११ लाख ५० हजार भाडा पनि बुझाइसकेका छन् । उनले भने, ‘कहिले मिल्छ थाहा छैन, काठमाडौंबाटै हेलिकोप्टर आउने भएकाले एक लाख रुपैयाँ बढी तिरेको हुँ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending