Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

वीर अस्पतालले बिरामी भर्ना लिन छाड्यो

काठमाडौं, भूकम्पले दुईवटा भवन चर्किएपछि वीर अस्पतालले नयाँ बिरामी भर्ना लिन छाडेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ –चार सय ६० शय्याको अस्पतालमा आइतबारबाट ओपिडी र आकस्मिक सेवा मात्रै सञ्चालन गरिएको छ । अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले एक सयभन्दा बढी शय्या भएका वार्डमा रातो स्टिकर टाँसिएको र बाँकी शय्या भएका वार्डमा पहेँलो स्टिकर टाँसिएपछि बिरामी भर्ना गर्न छाडिएको बताए । भर्ना गर्नुपर्ने बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । ‘अहिले त हामी क्लिनिकजस्तै अवस्थामा भएका छौँ, आएका सामान्य बिरामीको चेकजाँच गरी पठाउने र आकस्मिक कक्षमा आएकालाई परीक्षण गरी भर्ना गर्नुपर्ने भए अन्यत्र पठाउनुपर्ने अवस्था छ,’ डा. पण्डितले भने, ‘रातो र पहेँलो लगाएका ब्लकमा न बिरामी पठाउन मिल्यो, न डाक्टर जान मिल्यो । शय्या जति तिनै ब्लकमा थुनिएका छन् ।’ पहेँलो स्टिकर लगाएका ब्लक मर्मत गर्न खर्चको स्टमेट निकालेर मन्त्रालयबाट रकम निकासा भएपछि मात्रै पुनर्निर्माण हुने उनले जानकारी दिए । अस्पताल प्रशासनका अनुसार सहरी विकास मन्त्रालयबाट आएको प्राविधिक टोलीले नयाँ आइसियू भवन रहेको पश्चिमको ब्लक र अंकोलोजी विभाग रहेको दक्षिणतिरको ब्लकमा बस्न नमिल्ने भन्दै रातो स्टिकर टाँसेको छ । ती ब्लकमा रातो स्टिकर टाँसिएपछि आइसियू, क्याबिन, आवासीय चिकित्सकको ड्युटी रुम, ट्रान्सप्लान्ट सेन्टर, फिमेल वार्ड, प्लास्टिक तथा वर्न वार्डलगायतका वार्ड बन्द भएका छन् । मेडिकल अब्जरबेसन वार्ड, सर्जिकल अब्जरबेसन वार्ड, मेल/फिमेल मेडिकल वार्ड, सर्जरी, पोस्टअप वार्ड, सिटिपी, न्युरो, इएनटी, इमर्जेन्सीलगायतका विभाग तथा वार्डमा मर्मतसम्भारपछि मात्रै बस्न सकिने भन्दै पहेँलो स्टिकर टाँसिएको छ । ती विभाग तथा वार्डमा तीन सय ६० शय्या छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending