Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

प्रचण्ड, प्रधानमन्त्री र ओली एउटै हेलिकप्टरमा किन गए ?

काठमाडाैं, तीन दलका शीर्ष नेता बुधबार भूकम्प प्रभावित जिल्लामा पुगेका छन् । उनीहरूले भूकम्पबाट भएको क्षति र राहत वितरणको अवस्थाबारे जानकारी लिएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ –प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार एउटै हेलिकोप्टरमा धादिङ, नुवाकोट र रसुवामा पुगेका हुन् । उनीहरूले एकताबाटै विपत्तिको सामना गर्ने पनि बताएका छन् । शीर्ष नेताहरूले नुवाकोट सदरमुकाम विदुर र दुर्गम भाल्चे गाविसमा पुगेर उद्धार, राहत र पीडितहरूको अवस्थाबारे जानकारी लिएका थिए । भूकम्पको क्षति र राहत वितरणको अवस्थाबारे जानकारी लिएपछि प्रधानमन्त्री कोइरालाले पीडितबाट त्रिपाल धेरै माग भएको र मागअनुसार सबैले पाउने जानकारी दिए । वर्षा लागिसकेकाले टेन्टले मात्र झरी धान्न नसक्ने भएकाले जस्तापाताको व्यवस्था पनि सरकारले गर्ने उनले बताए । ‘भोलि नै घर बन्छ भनेर झुटो बोल्न पनि भएन । यो सम्भव पनि छैन । कमसेकम यो वर्षा अवधिभर ओत लगाउन के गर्ने भन्नेतर्फ ध्यान दिनेछौँ,’ कोइरालाले भने, ‘वर्षापछि कसरी भूकम्प प्रतिरोधी घर निर्माण गर्नेबारे योजना बन्नेछ ।’ प्रतिपक्षी नेतासँगै भूकम्पपीडितको अवस्थाबारे जानकारी लिन आएका कोइरालाले आपसी विश्वास र एकताबाटै संकटको सामना गर्न सकिने बताएका थिए । ‘राष्ट्रिय संकटको अवस्थामा हामी एक भएर सबै समस्या समाधान गछौंँ । हामी दलहरू पनि एक छौँ,’ उनले भने, ‘कठिनभन्दा कठिन परिस्थितिमा हामीले समाधान खोजेका छौँ । यो कठिन घडीमा पनि सफल हुन्छौँ ।’ प्रधानमन्त्री कोइरालाले राहत सामग्री सहज र समानुपातिक रूपमा वितरण गर्न सरकारी अधिकारीहरूलाई निर्देशनसमेत दिए । ‘कुनै किसिमको पक्षपात नगरी, यो कांग्रेस, यो एमाले वा यो माओवादी भनेर पक्षपात नहोस् । कसैले औँलो उठाउन नपाओस् । विभेद भएको कुरा आएमा राम्रो हुन्न,’ कोइरालाले भने, ‘अरूसँग माग्नुपरेको अवस्था छ । कुन ठाउँमा बढी क्षति भएको छ । त्यहाँ प्राथमिकता दिनुपर्छ । आएको सबै सामग्री गाउँलेले उपभोग गर्न पाऊन् ।’ शीर्ष नेताहरूलाई नुवाकोटका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला र फस्र्ट राइफल गणका गणपति पवन खत्रीले उद्धार र राहत वितरणबारे जानकारी गराएका थिए । सभासद् तथा कांग्रेस नेता अर्जुननरसिंह केसीले भूकम्पले घरबास गुमाएका नागरिकलाई तत्काल बस्ने व्यवस्थाका लागि प्रतिपरिवारलाई दुई बन्डल जस्तापाता उपलब्ध गराउन माग गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: