बागलुङ, गत चैत २८ गते जिल्लाको क्षेत्र नं १ मा सम्पन्न संविधानसभाको उपनिर्वाचनमा नेकपा (एमाले) बागलुङको रु आठ लाख ४६ हजार पाँच खर्च भएको छ ।
उपनिर्वाचनमा दोस्रो स्थान पाएको एमाले निर्वाचन आयोगसमक्ष खर्च विवरण बुझाउने पहिलो दल बनेको छ । बुधबारसम्म एमालेले मात्र खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी बाबुराम आचार्यले जानकारी दिए ।
उपनिर्वाचनबाट नेपाली काँग्रेसका उम्मेदवार चम्पादेवी खड्का विजेता भएकी थिइन् । एमाले उम्मेदवार मनाकुमारी केसी दोस्रो बनेकि थिइन् । निर्वाचनमा १० राजनीतिक दल र तीन स्वतन्त्रसहित १३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।
संविधानसभाको निर्वाचन ऐन २०७० अनुसार चुनावी परिणाम घोषणा भएको ३० दिनभित्र आयोगसमक्ष खर्च विवरण पेस गर्नुपर्ने प्रावधान छ । ऐनले निर्वाचनमा बढीमा रु १० लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरेको छ । उपनिर्वाचनको परिणाम चैत २९ गते घोषणा गरिएको थियो ।
ऐनअनुसार आगामी जेठ ३ गतेसम्ममा सम्पूर्ण राजनीतिक दलले विवरण बुझाउनुपर्नेछ । उपनिर्वाचनमा काँग्रेस, एमाले, एकीकृत नेकपा (माओवादी), राष्ट्रिय जनमोर्चा, नेकपा (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र नेपाल परिवार दल तथा स्वतन्त्रबाट तुलसी थापा, सरस्वती पन्त र नैनकुमारी केसी चुनावी मैदानमा थिए । चैत २८ गते विद्युतीय मतदान भएको थियो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: