Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

सैन्य शक्तिमा नेपाल ९७ औं स्थानमा

\"\"काठमाडौ । सैन्य शक्तिको हिसाबले नेपाल विश्वको ९७ औ स्थानमा परेको छ । सन् २०१७ मा विश्वभरका एक सय ३३ मुलुकको सैन्य शक्ति र हातहतियारलाई आधार मानेर गरिएको वर्गीकरणमा नेपालले गत वर्ष भन्दा सुधार गरेको छ । नेपाल गत वर्ष ९८ औं स्थानमा थियो । विश्वभरका आधुनिक हतियार र सैन्य शक्तिको विश्लेषण तथा अनुसन्धान गर्ने संस्था ‘ग्लोबल फायर पावर’ (जीएफपी ) ले यस्तो वर्गीकरण गर्ने गर्छ। वर्गीकरणमा दक्षिण एशियाली मुलुक भुटान अन्तिम एक सय ३३ औ स्थानमा परेको छ भने पाकिस्तान १३ औ स्थानमा परेको छ । आजको नागरिक दैनिकमा खबर छ–त्यस्तै बंगलादेश ५७ औ स्थानमा परेको छ भने अफगानिस्तान ६९ औ स्थानमा परेको छ । पहिलोस्थानमा अमेरिका, दोस्रोमा रुस, तेस्रोमा चीन र चौथो स्थानमा भारत छन् । वर्गीकरणमा अमेरिका पहिलो, रुस दोस्रो स्थानमा रहेका छन् । नेपालका दुई छिमेकी चीन र भारत क्रमस तेस्रो र चौथो स्थानमा छन् । जीएफपीले सैन्य शक्तिको वर्गीकरण गर्दा परम्परागत युद्ध हतियार तथा उपकरणलाई समावेश गरिएको जनाएको छ । यसमा परमाणु हतियार भने समावेश गरिएको छैन । सैन्य शक्तिको वर्गीकरण गर्दा कति परिमाणमा हतियार छन् भन्दा पनि हतियारको विविधतालाई जोड दिइएको उक्त संस्थाले जनाएको छ । त्यस्तै उपलब्ध जनशक्ति विशेष मापदण्ड मानिएको छ । भौगोलिक कारण, सैन्य लचकता, प्राकृतिक स्रोत र स्थानीय उद्योगले अन्तिम वर्गीकरणमा प्रभाव पार्ने संस्थाले जनाएको छ । भूपरिवेष्ठित मुलुकलाई जल सैनिक नभएर वर्गीकरणमा असर नगर्ने र नाटोसँगको गठबन्धनले वर्गीकरणमा थप फाइदा पुग्ने संस्थाले जनाएको छ । जीएफपीले नेपालको सैन्य सेवामा योगदान दिनसक्ने जनशक्ति एक करोड १२ लाख १० हजार रहेको जनाएको छ । यस्तो जनशक्तिले युद्धको बेला मुलुकमा युद्ध भएको बेला सहयोग गर्न सक्ने संस्थाले जनाएको छ । त्यस्तै सेनासँग कुल एक लाख ५७ हजार सैनिक अधिकारी रहेको र त्यसमध्ये ९५ हजार सक्रिय सैनिक रहेको जनाएको छ । वर्गीकरणका लागि आवश्यक पर्ने हवाइ शक्तिमा नेपालसँग २२ वटा एयरक्राप्ट रहेको र त्यसमध्ये १८ वटा हेलिकोप्टर रहेको उक्त संस्थाले उल्लेख गरेको छ । त्यस्तै नेपालसँग एक हजार चार सय ८० बख्तरबन्द लडाकु वहान रहेको जनाइएको छ भने एक सय २० तोप तान्ने वहान (टोड आर्टिलरी) रहेको जनाएको छ । नेपाल भूपरिवेस्ठित मुलुक भएकाले जल सैनिक भने शुन्य देखाइएको छ । उक्त संस्थाले नेपालको श्रम शक्ति एक करोड ५२ लाख उल्लेख गरेको छ भने १७ हजार दुई सय ८२ किलोमिटर सडक विस्तार भएको जनाइएको छ । नेपालमा ५९ किलोमिटर रेलवे र ४७ वटा विमानस्थल सञ्चालनमा रहेको उल्लेख गरिएको छ । नेपाल सैनिक शक्तिको हिसाबले ९७ औ स्थानमा परेको विषयमा सेनाले पनि प्रतिक्रिया दिन अस्विकार गरेको छ । ‘यस विषयमा अध्ययन गरेर मात्र प्रतिक्रिया दिन मिल्छ,’ नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले भने। ‘उनीहरुले आफ्नो प्रक्रियामा रहेर वर्गीकरण गरेका होलान, त्यसबारे हामीले अध्ययन नगरी बोल्न मिल्दैन,’ भण्डारीले भने । यदी संस्थाको वर्गीकरण आधिकारिक र विश्वसनिय भएमा यसले मुलुकको सैन्य अवस्था कस्तो छ भन्ने कुरा संकेत गर्ने भण्डारी बताउँछन् । वर्गीकरणमा दक्षिण एशियाली मुलुक भुटान अन्तिम एक सय ३३ औ स्थानमा परेको छ भने पाकिस्तान १३ औ स्थानमा परेको छ । त्यस्तै बंगलादेश ५७ औ स्थानमा परेको छ भने अफगानिस्तान ६९ औ स्थानमा परेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending