Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

विवादमा प्रधानन्यायाधीश, राष्ट्रपतिको शपथ कोबाट?

\"\"काठमाडौं । दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित विद्यादेवी भण्डारीको शपथ बुधबार दिउँसो ४ बजेका लागि तय गरिएको छ ।राष्ट्रपति कार्यालयले त्यसको सम्पूर्ण तयारी पूरा गर्दै विशिष्ट व्यक्तित्व, कूटनीतिक नियोगका प्रतिनिधिलगायतलाई शपथग्रहण समारोहमा सहभागिताका लागि आमन्त्रण गरिसकेको छ । राष्ट्रपतिको शपथ सर्वाेच्च अदालतका प्रधानन्यायाधीशले गराउने संवैधानिक व्यवस्था छ। तर, प्रधानन्यायाधीश गोपाल पराजुलीको ‘वैधता’ को विषयमा सर्वोच्च आफैंमा विभाजित भएपछि नवनिर्वाचित राष्ट्रपतिलाई कसले शपथ खुवाउने भन्ने गम्भीर प्रश्न उठेको छ। अाजको अन्नपूर्णमा खबर छ-प्रधानन्यायाधीशमाथि अदालतमै प्रश्न उठेपछि प्रधानमन्त्री केपी ओलीले पराजुलीसँग मंगलबार बिहान बालुवाटारमा ‘ब्रेक फास्ट’ मिटिङ गर्दै पछिल्ला घटनाका सन्दर्भमा सरोकार व्यक्त गरे। पछिल्ला घटना निरुपण गर्ने उपायको खोजीमा पराजुली स्वयं पनि सोमबार साँझैबाट लागेका छन्। कानुन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्रीले सर्वाेच्चमा घटेका पछिल्ला घटना दुःखद भएको भन्दै न्यायालयको गरिमा र साख जोगाउने विषयमा प्रधानन्यायाधीशसँग परामर्श गरेको एमाले नेता सुवास नेम्बाङले पुष्टि गरे। ‘अदालतमा देखिएका पछिल्ला घटनापछि स्वाभाविक रूपमा कानुन मन्त्रालयसमेत सम्हालिरहनुभएका प्रधानमन्त्रीले प्रधानन्यायाधीशसँग छलफल गर्नुभयो,’ नेता नेम्बाङले अन्नपूर्णसँग भने, ‘अदालतमा घटेका घटनाका विषयमा प्रधानमन्त्रीले चिन्ता र सरोकार व्यक्त गर्नुभयो।’
पराजुलीका तीन विकल्प -बिदामा बस्ने -महाभियोग सामना गर्ने -राष्ट्रपतिलाई शपथ खुवाउने
माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितको छलफलका आधारमा प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीश पराजुलीसँग छलफल गरेका थिए। छलफलमा प्रधानमन्त्रीले निर्वाचित राष्ट्रपतिको शपथ ग्रहणलाई विवादरहित बनाउन सहयोग गरिदिन पराजुलीसँग आग्रह गरेको स्रोतले बतायो। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अदालतमा घटेका घटनाका सन्दर्भमा आफू टुलुटुलु हेरेर बस्न नसक्ने जानकारी गराउँदै समस्याको उपायबारे सबैभन्दा उपयुक्त विधि प्रधानन्यायाधीश पराजुली बिदामा बस्नु भएको बताएका थिए। ओलीको त्यस्तो धारणा बुझेपछि प्रधानन्यायाधीश छलफलमा ‘मौन’ रहेर निवास फर्केका थिए। पराजुलीको सेवा १६ वैशाखमा सकिँदै छ। उनको नागरिकताका आधारमा साउनमै पदावधि सकिएको तर्क गर्दै सर्वाेच्चकै न्यायाधीश चोलेन्द्रशमशेर राणाले सोमबार ‘बेन्च बहिष्कार’ गरेका थिए। मंगलबार थप ६ न्यायाधीशले पनि न्यायसम्पादन प्रक्रियामा सहभागी नभएपछि अदालतभित्र न्यायाधीशबीचको विवाद थप पेचिलो बनेको छ। सोमबार साँझ पराजुलीले राष्ट्रपति भण्डारीसँग पौने घण्टा भेट गरी अदालतको ‘चेन अफ कमान्ड’ देखि न्यायसम्पादन र गरिमामा आँच ल्याउने काम न्यायाधीश राणाले गरेको जिकिर गर्दै राष्ट्रपतिसँग आफ्नो कुरा राखेका थिए। स्रोतका अनुसार अब प्रधानन्यायाधीशका अगाडि तीन विकल्प देखा परेका छन्। पहिलो, उनले बिदामा बस्ने, दोस्रो संसद्मा महाभियोग सामना गर्ने र तेस्रो आफैं अडानमा अडिएर राष्ट्रपति भण्डारीको शपथ खुवाउने। ‘सबैभन्दा राम्रो भनेकै प्रधानन्यायाधीश पराजुलीले बिदा बस्दा नै हुने देखिन्छ’, माओवादी केन्द्रका एक शीर्ष नेताले भने, ‘तर उहाँ (पराजुली) बिदामा बस्नु भएन भने अदालतभित्र जतिसुकै अन्तरविरोध, जटिलता, दुविधा, संघर्ष देखा परे पनि राष्ट्रपतिको निर्वाचन परिणामलाई उपादेयता दिने कुरा हुन्छ, शपथको प्रक्रिया अगाडि बढ्छ।’ मंगलबार बिहान प्रधानमन्त्री ओलीसँग छलफल गरेका प्रधानन्यायाधीशले बेलुकीसम्म बिदामा भने बसेका छैनन्। पराजुली बिदामा समेत नबसेपछि प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालले यस विषयमा शपथ अगाडिसम्म थप छलफल गर्ने तयारी गरेका छन्। ‘उहाँ (प्रधानन्यायाधीश) ले अब के गर्नुहुन्छ, त्यो उहाँकै स्वविवेकीय निर्णय हो,’ माओवादीका ती नेताले भने, ‘तर अझै शपथ अगाडिसम्म पनि छलफल होला।’ उनका अनुसार प्रधानन्यायाधीश पराजुली बिदामा पनि नबस्ने, राजीनामा पनि नदिने र यथा अवस्थामै रहने अवस्था आयो भने उहाँ (पराजुली) बाटै राष्ट्रपतिको शपथ ग्रहण हुनेछ। ‘बिदामा नबस्ने, राजीनामा पनि नदिने अवस्थामा अदालतका न्यायाधीशहरूले विद्रोह नै गरे पनि शपथ प्रक्रिया रोकिँदैन,’ माओवादीका ती नेताले थपे, ‘बिदा, राजीनामा, महाभियोगजस्ता विषय केही अगाडि आएन भने राष्ट्रपतिलाई निर्वाचित भइसकेपछि त्यत्तिकै राख्न पनि मिलेन, शपथग्रहण प्रक्रिया अगाडि बढ्छ।’ तर, प्रधानन्यायाधीश पराजुलीनिकट स्रोतका अनुसार उनले बिदामा बस्ने अहिले नै सोचेको देखिँदैन। नवनिर्वाचित राष्ट्रपति भण्डारीले पराजुलीबाट शपथ लिन अस्वीकार गरेको खण्डमा भने प्रधानन्यायाधीशले बिदामा बस्ने वा के गर्ने भन्ने निर्णयमा पुनर्विचार गर्ने योजना बनाएको पराजुलीनिकट स्रोतले बतायो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending